ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

बहुविवाहको कानुन प्रति बाँकेमा पनि विरोध, नारी विकास केन्द्रले बुझायो ध्यानाकर्षण पत्र

१९ श्रावण २०८२, सोमबार
१९ श्रावण २०८२, सोमबार

नेपालगन्ज, १९ साउन ।

नेपाल सरकारले बहुविवाहलाई वैधता दिने र परोक्ष रूपमा प्रोत्साहन गर्ने गरी कानुनी संशोधन गर्न लागेको भन्ने खबरप्रति बाँकेमा पनि चर्को विरोध सुरु भएको छ ।

नारी विकास केन्द्र, बाँकेले सोमबार नेपालगन्जस्थित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै यसप्रति गम्भीर आपत्ति जनाएको हो । ध्यानाकर्षण पत्रमार्फत केन्द्रले बहुविवाहलाई कानुनी मान्यता दिने सम्भावित प्रयासलाई ‘पितृसत्तात्मक सोचको खतरनाक प्रवृत्ति’ भन्दै त्यसले महिलाको आत्मसम्मानमाथि गम्भीर चोट पु¥याउने चेतावनी दिएको छ ।

केन्द्रले नेपाल संविधानले महिलालाई पुरुषसँग समान अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै महिला हिंसा र लैङ्गिक विभेदको अन्त्यका लागि प्रगतिशील कानुन निर्माण आवश्यक भएको तर्क गरेको छ ।

बहुविवाहलाई प्रोत्साहन गर्ने जुनसुकै कानुनी प्रावधान महिलामाथिको अन्याय र हिंसालाई संस्थागत गर्ने प्रयास भएको भन्दै केन्द्रले त्यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

ध्यानाकर्षण पत्रमा केन्द्रले बहुविवाह प्रोत्साहन गर्ने कानुनी मस्यौदा तत्काल खारेज गर्न, महिला अधिकार, समानता र न्याय सुनिश्चित गर्ने प्रगतिशील कानुन निर्माण गर्न, यस्ता प्रस्तावहरूमा सरोकारवालाहरू तथा पीडित समुदायको राय संलग्न गर्नलगायत चार वटा मुख्य मागहरू राखेको छ ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा नारी विकास केन्द्रमा आबद्ध महिलाहरू, महिला अधिकारकर्मीहरू तथा लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठको पनि उपस्थिति थियो । सो अवसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद श्रेष्ठले केन्द्र सरकारले बहुविवाहलाई कानुनी स्वीकृति दिने प्रयास गरिरहेको भन्ने समाचारप्रति आफू गहिरो आपत्ति रहेको बताइन् ।

उनले भनिन्, “महिलाहरूको दसकौँ लामो सङ्घर्ष, संविधानको मर्म र सामाजिक न्यायको भावना माथि कुल्चेर यस्ता कानुनी प्रस्ताव ल्याउनु आफैमा दुर्भाग्यपूर्ण र अस्वीकार्य हो ।”

नारी विकास केन्द्रकी महासचिव मेनुका वैद्य जोशीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रको बोधार्थ प्रधानमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगलाई समेत पठाइएको छ ।

नारी विकास केन्द्रले दिएको चेतावनी केवल ध्यानाकर्षण मात्र नभएर लैङ्गिक समानता, महिला सशक्तीकरण र संवैधानिक अधिकारको संरक्षणका लागि उठाइएको सशक्त आवाज रहेको महिला अधिकारकर्मीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?