Butwal Today

रातभरको वर्षाले गाेरूसिंगे-सन्धिखर्क सड्क अवरुद्ध

१९ श्रावण २०८२, सोमबार
अ+
अ-

अर्घाखाँची, १९ साउन ।

लगातार परेको वर्षाका कारण सन्धिखर्क–गोरुसिङ्गे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

उक्त  सडक खण्ड अन्तर्गत शितगंगा नगरपालिका–२ लाहुरे बजार नजिकै ठुलो पहिरो खसेको छ। पहिरोसँगै ठुलो ढुङ्गा सडकमा खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी चौकी नरपानिले जनाएको छ ।

रातभर परेको झरीसँगै सडक माथिबाट माटो, ढुङ्गा र रूखसहितको पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको हो। पहिरोले सडकको दुवै तर्फका सवारी साधन अलपत्र परेका छन्।

सन्धिखर्क–गोरुसिङ्गे  अर्घाखाँची जिल्लालाई जोड्ने प्रमुख मार्गमध्ये एक हो। सडक खुलाउने कार्यका लागि सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी डोजर परिचालन गर्ने तयारी भइरहेको छ।स्थानीय प्रशासनले यात्रुहरूलाई अत्यावश्यक नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?