ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

नामको मात्रै मदन भण्डारी राजमार्गः खाल्टै खाल्टाले जोखिम बढ्दो

१६ श्रावण २०८२, शुक्रबार
१६ श्रावण २०८२, शुक्रबार

गुल्मी,१६ साउन ।

गुल्मीको मदन भण्डारी रागमार्ग नामको मात्रै राजमार्ग भएको छ । राजमार्गको सडकमा खाल्टै खाल्टा र सडकमै पानी जम्मा भएर पोखरी बनेको छ जसकारण दुर्घटना निम्तिने जोखिम पनि बढेको छ ।

गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–छल्दी सडक खण्ड भत्कीन थालेसँगै र सडकका घुम्तीहरुमै खाडल भएपछि दुर्घटनाको जोखिम बढेको हो ।

उक्त सडक खण्डको नालीमा घाँस र माटो भरिएर सडकमै पानी जम्मा हुँदा थप दुर्घटना बढ्दै गएको त्यस क्षेत्रमा यात्रा गर्ने यात्रुहरुले गुनासो गर्दै आएका छन् ।

राजमार्गका विभिन्न स्थान र घुम्तीहरुमा कतै खाल्डा र कतै पानीका पोखरी जस्तै बन्दा पनि सडक मर्मतमा सरोकारवाला निकायले चासो देखाएको पाइदैन् ।

६ वर्ष पहिले कालोपत्रे भएको तम्घास–सिमलटारी सडक खण्ड अहिले जीर्ण बन्दै गएको छ । समयमै सडक हस्तान्तरण र मर्मत नहुँदा सडक जीर्ण बन्दै गएको हो ।

कालोपत्रे सडकको जोखिम ठाउँमै भत्कीन थालेसँगै राजमार्ग भएर यात्रा गर्ने सवारी साधनहरुले सास्ती खेप्न बाध्य भएका छन् । रातको समय उक्त सडकको यात्रा गर्दा निकै जोखिम मोलेर यात्रा गर्न बाध्य भएको सवारी चालक लोकेन्द्र खत्रीले गुनासो गरे ।

लामो समय बित्दासमेत सडक मर्मत नहुनु दुःखद पक्ष भएको उनले बताए । अटो चालक केशव कुँवरले सडक जीर्ण बन्दै जान थालेपछि साना सवारी सधानहरुलाई समस्या पर्दै गएको दुःखेसो पोखे । राजमार्गमा यात्रा गर्दा घुम्तीहरुमा पनि ठूला सवारी सधानहरुले पेलेर आउदा निकै जोखिम मोल्नु परेको उनको पनि गुनासो छ । राजमार्गको २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निमार्ण सम्पन्न भएको थियो ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले सडकमा सामान्य मर्मतको काम पनि नगर्दा थप जोखिम बढेको सरोकारवालाहरुले गुनासो गर्दै आएका छन ।

सडकको छल्दी लगायतका धेरै ठाउँमा सहायक सडक बिस्तारको क्रममा फालिएको माटोले कालोपत्रे सडक दिनहु जीर्ण बन्दै गएको छ ।

करिब एक अर्बको लागतमा कालोपत्रे गरिएकोमा राजमार्ग भएर गुल्मी क्षेत्र नम्बर–२ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारी साधान चल्ने गर्दछन् ।
यता मदन भण्डारी राजमार्ग, योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी इन्जिनियर हुमानाथ पौडेलले सडकका खाल्टा खुल्टीहरु पुर्नका लागि ठेक्का लगाएको बताए । बल्लतल्ल बजेटको ब्यबस्थापन गरी अन्तिम चरणमा ठेक्का लगाएकाले वर्षायाममा काम गर्न नसकिएको उनको भनाइ छ । वर्षायाम सकिए लगत्तै तम्घासदेखि सिमलटारीसम्मका खाल्डाखुल्डीहरु मर्मत गर्ने पौडेलले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?