ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

पाणिनि तपोभूमिमा साउने मेला, भक्तजनहरूको घुँइचो

१४ श्रावण २०८२, बुधबार
१४ श्रावण २०८२, बुधबार

अर्घाखाँची, १४ साउन

अर्घाखाँची जिल्लाको ऐतिहासिक र धार्मिक स्थल पाणिनि तपोभूमिमा साउन महिनाभरि लाग्ने साउने मेलाका कारण चहलपहल बढेको छ। भक्तजनहरूको भीडसँगै धार्मिक वातावरण थप जीवन्त बनेको छ।

पाणिनि तपोभूमि व्यवस्थापन समितिको आयोजनामा प्रत्येक वर्षझैँ यस वर्ष पनि साउन महिनाभर एक महिनाको मेला आयोजना गरिएको हो। मेलाको क्रममा रूद्री पूजा, बोलबम यात्रा, श्रावणी मेला लगायतका धार्मिक गतिविधिहरू भइरहेको तपोभूमि संरक्षण समितिका अध्यक्ष पुष्करनाथ पोख्रेलले जानकारी दिए।

 

साउनको पहिलो सोमबार भक्तजनहरूले रिडीधामबाट पवित्र जल लिएर पाणिनि तपोभूमिमा ल्याई शिवलिङ्गमा जलार्पण गरेका थिए। दोस्रो सोमबार त्रिवेणीधामबाट जल ल्याई दुर्वाशेश्वर गुफा र पाणिनि दहमा अर्पण गरिएको संरक्षक बाबा योगिराजले बताए।

मेलामा अर्घाखाँचीसहित पाल्पा, गुल्मी, कपिलवस्तु, रूपन्देही लगायतका जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरू आउने गरेका छन्। विशेषगरी सोमबारको दिन भक्तजनहरूको भीड अत्यधिक हुने गर्दछ। पोखरीमा स्नान गरी पूजा–अर्चना गर्ने परम्परा छ।

 

पाणिनि तपोभूमि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ। पौराणिक मान्यताअनुसार झन्डै २५ सय वर्षअघि पाकिस्तानको लाहोरबाट पाणिनि नाम गरेका ऋषि यहाँ आएर कठोर तपस्या गरेका थिए। धार्मिक मान्यता अनुसार, उनका तपस्याबाट प्रसन्न भएर भगवान शिव नर्तकको रूपमा प्रकट भई डमरु बजाउँदै नाचेका थिए। डमरुको ध्वनिबाट ‘अइउण्’, ‘ऋलृक’ जस्ता १४ सूत्र उत्पन्न भएको र सोही सूत्रहरूबाट पाणिनिले संस्कृत व्याकरणको रचना गरेको भनिन्छ।

 

संस्कृत भाषाको उत्पत्तिस्थल मानिने पाणिनि तपोभूमि अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका–१ र २ को सीमामा, दहको लेकमा अवस्थित छ। यहाँबाट उत्तरतर्फ हिमशृंखला, दक्षिणतर्फ तराईका फाँटहरू र भारतीय भूमि गोरखपुरसम्म देख्न सकिन्छ, जसले यो स्थानलाई पर्यटकीय दृष्टिले पनि महत्त्वपूर्ण बनाएको छ।

साउन महिनाभर लाग्ने मेला, पूजापाठ, जलार्पण र सांस्कृतिक चहलपहलले पाणिनि तपोभूमिलाई धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा झन् समृद्ध बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?