ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

 कालिकोटको पचालझरना पर्यटकीय गन्तव्यको सूचीमा

८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

कालिकोट ।

नेपालको सबभन्दा अग्लो भनिएको कालिकोटको पचालझरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ ।

आर्थिक वर्ष ०८२/०८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा प्रमुख पर्यटकीय गन्तव्य छनोट गर्दा पचालझरना ६४ औँ स्थानमा सूचीकृत गरेको हो ।

झरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्युआर कोड बनाएर पर्यटन बोर्डले गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

पचालझरना कालिकोटको खाँडा चक्र नगरपालिका र पलाता गाउँपालिकाको बिचमा पर्छ ।पचालझरनामा बग्ने पानी चुलिमालिकाको छेउबाट मूल फुटेर बग्ने गर्छ ।

कर्णाली कोरिडोरको लाफागाडबाट ३ घण्टाको उकालो बाटो कच्ची सडक हुँदै पचालझरना पुग्न सकिन्छ । झरनाको शिरमा डाँफे कालिजलगायतका चराचुरुङ्गी पाइन्छन् ।

पचालझरनाकाे आसपासमा घोरल, कस्तुरी, बनेल, हिमाली कालो भालुलगायतका वन्यजन्तु पाइने स्थानीय महाजित ऐडीले बताए  । यहाँ झरना मात्र छैन महत्त्वपूर्ण वन्यजन्तु पनि रहेका छन् ।

पर्यटकलाई खान, बस्न खार्दु गाउँका ५ घरमा होमस्टे सञ्चालन गरिएको गाउँपालिकाको उपाध्यक्ष अल्किना बमले बताए ।समुद्री सतहबाट ९ सय ७० मिटर उचाइमा रहेको पचालझरना ३८१ मिटर अग्लो छ ।

नेपालको सबभन्दा अग्लो भनिँदै आएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र छ । एक ठाउँमा थोरै ठोकिएको लम्बाई जोड्दा त पचालझरनाको लम्बाई ४ सय १५ मिटर रहेको प्राविधिक कुलप्रसाद न्यौपानेले ब बताए ।

०७३ को नयाँ संरचनामा साबिकका बदालकोटको सिकु, खयरकोट, धमाली, राम्नाकोट र नानीकोट गाविस मिलाएर यहीको झरनाको नामबाट गाउँ पालिकाको नाम पनि पचालझरना राखिएको छ ।

गाउँपालिकाले ०७५ वैशाख ३ मा झरनाको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको केन्द्रमा महोत्सव आयोजना गरेको तत्कालीन गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए ।

पचालझरनासम्म पुग्ने सडक, पैदल मार्ग, सूचना केन्द्रलगायतका पूर्वाधार विकासका लागि १२ करोड खर्च भएको गाउँपालिकाले जनाएको छ ।

भारतको रूपैडियादेखि तिब्बतको हिल्सा जोड्ने कर्णाली करिडोर खुली सकेकोले मानसरोवर जाने पर्यटकलाई आकर्षित गर्न सके यस क्षेत्रका बासिन्दाको जीवनस्तर फेर्न सकिने गाउँपालिका अध्यक्ष देवजंग शाहीले बताए ।

पचालझरनाकाे प्रचारप्रसार र आवश्यक पूर्वाधार अझै पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?