ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

मर्चवार घुम्न योग्य, तर पुग्न गाह्रो

७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

भैरहवा, ०७ साउन  ।

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा मर्चवारी मन्दिर अवस्थित छ । मर्चवारी मन्दिरबाट नै रुपन्देहीका तीन वटा पालिकाहरूको संयुक्त क्षेत्र मर्चवारको नामले चिनिन्छ ।

मर्चवारी मन्दिरमा मर्चवारका मात्र नभई भैरहवा, नवलपरासी लगायत सीमावर्ती भारतीय श्रद्धालुहरूको अपार श्रद्धा पनि छ । तत्कालीन राजाहरू यस क्षेत्रमा कुनै कार्य विशेषले आउँदा मर्चवारीमाईको दर्शन अनिवार्य हुन्थ्यो ।

अहिले पनि पूर्व राजा भैरहवा आउँदा मर्चवारीमाई दर्शनको लागि आउने गरेका छन् ।  शान्त पोखरी, ठुलो शिलाको रूपमा रहेको मर्चवारीमाईको मूर्ति, हनुमानको जिल्लाकै ठुलो मूर्ति लगायत अजिमाको रूपमा रहेको समयमाईका प्रतीकहरू मर्चवारीमाई मन्दिरका मुख्य विशेषता हुन ।

अहिले प्रदेश सरकारको सहयोगमा मन्दिरको गुरुयोजना बनाइ  सोही अनुरूप भव्य मन्दिरको निर्माण गरिएको छ ।
मर्चवारमा मर्चवारी मन्दिर मात्र हैन कोटहीमाई, सम्मरीमाई, पिपरहवा दुर्गा मन्दिर लगायत बुद्धकालीन देउरवा बाबा, सगरहवा ताल, हस्तिनापुर समकालीन भूमिगत सहर अजमा, सिद्धनाथ मन्दिर लगायत मर्चवार क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको छ ।

यस बाहेक अन्य प्रसिद्ध धार्मिक स्थल, रमणीय नदी तट तथा अन्न भण्डारको रूपमा रहेको मर्चवार कृषि पर्यटनको लागि प्रचुर सम्भावना भएको क्षेत्र हो ।  मर्चवार पर्यटकीय दृष्टिले प्रचार सम्भावना रहे पनि स्थानीय तहहरूहरूले यसमा ध्यान दिन नसक्दा यसको विकास अगाडी बढ्न सकेको छैन ।

स्थानीय तहहरूमा दूरदर्शिता नहुँदा मर्चवारले “माल पाएर पनि चाल नपाएको” उखान चरितार्थ भएको छ । मर्चवार क्षेत्रबाटै पत्रकारिता गर्ने पत्रकार रामविकास चौधरी पर्यटन आर्थिक, सांस्कृतिक र सामाजिक पक्षमा ठुलो योगदान गर्ने उद्योग भएको बत्ताउँछन् ।

स्थानीय सरकारले पर्यटनको क्षेत्रमा मौलिक कला, संस्कृति र परम्पराहरूको संरक्षण गर्दै, पर्यटकीय गन्तव्यको व्यवस्थापन, सुरक्षा र वातावरणमैत्री विकासमा प्रमुख भूमिका निर्वाह गर्नुपर्ने उनको सुझाव छ ।

“प्रायः पालिकाले पर्यटनका लागि प्राथमिकतामा मन्दिर मात्र निर्माण गरेका देखिन्छ, जसले अपेक्षित आर्थिक फाइदा हुन सकेको छैन ।” चौधरीले भने “पर्यटनका दृष्टिले उपेक्षित मर्चवारका महत्त्वपूर्ण तीर्थस्थलको योजनाबद्ध विकास र दिगो पर्यटनको लागि व्यावसायिक, सृजनात्मक र जनसहभागितामूलक योजना जरुरी छ ।”

बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरबाट पर्यटक ओइरिइरहँदा बुद्ध कालसँग सम्बन्धित रुपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न स्थानमा छरिएर रहेका प्राचीन सभ्यताका पुरातात्त्विक संरचनाको संरक्षणप्रति सरोकारवालाको चासो नै छैन । यहाँको पर्यटन क्षेत्रलाई अझ बलियो बनाउन पर्यटनको विविधीकरण, प्रवर्धन र पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता छ ।

यहाँका ग्रामीण क्षेत्रहरूको पर्यटनमा अपार सम्भावना रहेको छ, र त्यसको विकासको लागि स्थानीय सरकार, सञ्चार र निजी क्षेत्रको समन्वय सहकार्य आवश्यक छ ।

कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठी लुम्बिनीको नजिक रहे पनि लुम्बिनीबाट पाउनुपर्ने कुनै पनि फाइदा मर्चवारका पालिकाहरूले पाउन नसकेको गुनासो सुनाए ।

स्थानीयहरूले लुम्बिनीमा जग्गा दान गरे पनि त्यसको फाइदा पाउन नसकेको उनको भनाई छ । लुम्बिनीसँगै जोडिएर रहेको पालिकाको पर्यटकीय स्थलहरूको विकासमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । “यो पालिकाहरूको प्रयासले मात्र सम्भव छैन, यसको लागि ठुलो लगानीको आवश्यकता रहेको छ ।”

त्रिपाठीको भनाइ छ “मर्चवारमा पर्यटनको विकास गर्न केन्द्र सरकारले नै बृहत् योजना नबनाए सम्म यहाँ प्रचुर सम्भावना रहे पनि यसको विकास सम्भव छैन ।”

पालिकाले अहिले कोटहीमाई गाउँपालिको “मर्चवार दर्शन” नाम दिएर मर्चवारको पर्यटकीय र सांस्कृतिक सम्पदाहरू जोडिने गरी बाटो निर्माणको तयारी थालिएको उनी बताउँछन् ।

“अहिले सम्म हामीहरू मर्चवारमा धान गहुँ मात्र उत्पादन हुन्छ र त्यसैले समृद्धि हुन्छ भन्ने साेंचमा थियौँ ।” त्रिपाठीले भने “तर अब मर्चवारमा पर्यटनबाट पनि समृद्धि ल्याउन सकिन्छ भन्ने सोचमा पुगेका छौँ र आगामी दिनमा यसैलाई आत्मसात् गरेर नीति तथा कार्यक्रममै ल्याउने छौँ ।”

मर्चवारमा धेरै किसिमका पर्यटकीय सम्पदाहरू रहेका छन् । तर ती सम्पदासम्म पुग्न, अवलोकन गर्न र रमाउनको लागि घुम्न चाहनेहरूले ठुलै कष्ट बेहोर्नुपर्ने बाध्यता छ ।

बाटोघाटोको असुविधा, सञ्चारको असुविधा, बास बस्ने ठाउँको अभाव, पर्यटकीय सूचनाको कमी, पर्यटनमैत्री संस्कारको कमीजस्ता कारणले गर्दा मर्चवारमा पर्यटन विकासमा तगारोको काम गरिरहेको छ ।

सबै सम्भाव्य पर्यटकीय स्थलहरूमा भौतिक पूर्वाधारहरू पुर्याउने र स्थानीय बासिन्दालाई पर्यटन मैत्री संस्कार र सिप सिकाएर उनीहरूलाई नै पर्यटकहरूको सेवा सत्कार र व्यापारमा लाग्ने अवसर प्रदान गर्न सकियो भने सबै ठाउँमा पर्यटकहरूलाई रमाएर घुम्ने,बस्ने र खर्च गर्ने वातावरण मिल्न सक्छ ।

मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले मर्चवारको पर्यटन प्रवर्द्धनमा स्थानीय तहबाट हुन सक्ने पर्याप्त कामहरू हुन नसकेको स्विकार्दै यसलाई एउटा छुट्टै फाँट नै खडा गरी काम गरिने बत्ताउँछन् ।

“चालु आर्थिक वर्षमै मर्चवारीमा पर्यटन फाँट खडा गरी दक्ष जनशक्ति राख्नेछु, स्थानीय पत्रकारहरूको सहयोगमा यसको प्रवर्द्धनको थालनी गर्ने सोच बनाएको छु ।”

बरईले भने “अहिले सम्म पर्याप्त काम भएको छैन, केही बजेटको अभाव र केही सरकारी अवहेलनाको कारण मर्चवारको पर्यटन विकास हुन सकेको छैन, तर अब यसको विकासमा हामी आफै लाग्नेछौँ ।”

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद श्री वास्तव मर्चवारमा रहेका तीन वटै पालिकाले मिलेर यसबारे ठोस योजना बनाउन आवश्यक रहेको बत्ताउँछन् । उनले अब कुरा गर्नुको सट्टा मर्चवारको विकासको लागि सबै एकजुट भएर काम गर्नुपर्ने बताउँदै यसको लागि सबै लाग्नुपर्ने बताए ।

उनले अहिले सम्म मर्चवारमा पर्यटकीय क्षेत्रको पहिचान नै गर्नै नसकेको बताउँदै बल्ल अब यसको सुरुवात भएको टिप्पणी गरे ।

पालिकाले स्थानीय पर्यटनको विकासमा प्राथमिक भूमिका खेल्छ । उनीहरूले पर्यटकीय स्थलहरूको अध्ययन गरेर विभिन्न पर्यटन योजनाहरू बनाउँछन् जसले पर्यटकहरूको आकर्षण बढाउन मद्दत गर्दछ । पालिकाले पर्यटन क्षेत्रसँग सम्बन्धित संरचनात्मक र भौतिक पूर्वाधारको विकास गर्न सक्दछन् ।

पर्यटकीय स्थलहरूमा सफाइ, सार्वजनिक शौचालय, पहुँच मार्ग निर्माण, र सुरक्षा व्यवस्थापन जस्ता आधारभूत पूर्वाधारको सुनिश्चितता गर्ने जिम्मेवारी पालिकाहरूको हो । यी सबै पहलहरू पर्यटकहरूको अनुभवलाई सकारात्मक बनाउँछन् र पर्यटन प्रवर्धनमा मद्दत पुर्‍याउन सकिने सम्मरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?