ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

चिदीचौर खेलमैदानमा जोखिम बढ्दो

१ श्रावण २०८२, बिहीबार
१ श्रावण २०८२, बिहीबार

गुल्मी, १ साउन ।

गुल्मीको सदरमुकाम तम्घास, तम्घासको मुटु चिदीचौर । सरकारी कार्यालयको नजिकै चिदिचौर खेल मैदान । उक्त मैदानमा अहिले पानी जम्मा गर्ने स्थलको रुपमा परिणत भएको छ । पानी पर्दा पानी जम्मा भएर जोखिम भएको छ भने नपर्दा पनि खाडल भएर जोखिम बढेको छ ।

प्रत्येक दिन त्यहाँ खेल खेल्ने र साँझपख फ्रेस हुनका लागि जाने स्थानमा अहिले पानी जम्मा भएर पोखरी जस्तै बनेको छ । यहाँ साँझपख फ्रेस हुन आमा बाबुहरुसँगै आउने बालबच्चाहरु उक्त पोखरीमा परेर दुर्घटना हुन सक्ने जोखिम बढेको छ । यस स्थानको पोखरीमा अहिले बालबालिकाहरु आमाबाबुको आँखा छलेर खेल्नेसमेत गरेका छन् ।

चिदीचौरलाई अहिले पोखरी जस्तै बनाएर दुर्घटना निम्त्याउने स्थलका रुपमा परिणत गर्नु दुःखद पक्ष भएको उक्त खेल मैदानमा नानीबाबु लिएर आएका प्रकास घर्तीले दुखेसो गरे । कोठामा बालबच्चालाई राखिराख्नु भन्दा साँझपख बाहिरको वातावरणसँग घुलमिल गराउन यहाँ ल्याउँदा पछिल्लो समय झन दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ । राम्रो बनाउने नाममा यसलाई ब्यवस्थापन गर्न नसक्नुका साथै समयमा काम नगरी असारे विकासमा जोड दिनाले पनि जोखिम बढेको खेल मैदानमा आएकाहरुको गुनासो रहेको छ ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले उक्त स्थानमा के हुँदै छ भनेर आम नागरिकलाई जानकारी दिनका लागि सूचना पार्टी पनि नराखिनु र दुर्घटना निम्त्याउने गरी खाडल खनेर छाड्नु दुःखद पक्ष भएको टिप्पणी गरे । समयमै काम नगर्नु र सरोकारवालाहरुको उदासिनताले थप दुर्घटना निम्त्याउन सक्ने भएकाले समयमै ब्यवस्थापन गर्न लाग्नुपर्नेमा उनले जोड दिए ।

रेसुंगा नगरपालिकाका योजना अधिकृत विनोद मरासिनीका अनुसार यस चौरको एक भागमा पानी उम्रिने भएकाले यसलाई अन्डरग्राउण्ड गरि ब्यवस्थापन गर्ने कार्य अगाडि बढाइएको बताए । जमिनमुनीबाट पाइप लगाएर ब्यबस्थापन गर्ने र बाहिरबाट मलिलो माटो ल्याई दुवो लगाउने कार्य हुने भएकाले नगरपालिकाको समन्वय मात्रै रहने उनको भनाइ छ । सबै कार्य सामाजिक विकास डिभिजन कार्यालय पाल्पाबाट हुने भएकाले आफूहरुले सहजिकरण मात्रै गर्दै आएको उनले बताए ।

यता सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका इन्जिनियर विकास कुँवरका अनुसार बहुवर्षे ठेक्का अन्र्तगत एक करोडको लगानीमा रामेछाप कन्ट्रक्सन काठमाडौले काम गरिरहेको बताए । अहिले उक्त स्थानमा पोखरी जस्तै भएको आफूले जानकारी पाएको बताउँदै तत्काल पाइपहरु ल्याएर ब्यवस्थापन गर्नका लागि निर्माण ब्यवसायीलाई अनुरोध गरेको उनको भनाइ छ । पहिलो चरणमा निर्माण ब्यवसायीले पाइपहरु ल्याएर अन्डर ग्राउण्ड गर्ने बताएकोले केही स्वरुप परिवर्तन हुने कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?