© २०२३
गुल्मी, २९ असार ।
गुल्मीमा एक हप्ताको अवधिमा झन्डै आठ लाख राजस्व सङ्कलन भएको छ। गत आइतबारदेखि शुक्रबारसम्म एक हप्ताको अवधिमा १५० जनाले राहदानीका लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जसबाट सात लाख ९५ हजार रुपियाँ राजस्व सङ्कलन भएको प्रशासनले जनाएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार सोही अवधिमा १४७ जनाले नयाँ नागरिकता बनाउँदा १०२ जनाले प्रतिलिपि बनाएका छन् । सोही समय अवधिमा नावलक परिचयपत्र तीन , राहदानीका लागि आवेदन सङ्कलन १५० , राहदानी वितरण २३०, राष्ट्रिय परिचयपत्रका लागि आवेदन २६४, परिचयपत्र वितरण २३४ र ४६ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको छ । सोही समयमा तीन वटा संस्था नवीकरणबाट छ हजार पाँच सय,राष्ट्रिय परिचयपत्रबाट १४ हजार पाँच सय रुपियाँ गरी कुल आठ लख १६ हजार राजस्व सङ्कलन भएको गैरेको भनाइ छ ।