© २०२३
गुल्मी,२९ असार ।
पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका हर्मिचौर–अर्वेनी सडक खण्डको वडा नम्वर दुई गरगरेमा सडक माथिबाट ठुलो पहिरो खसेका कारण आइतबार बिहानबाट सडक अवरुद्ध भएको छ ।
सडक माथिबाट ठूलो ढुंगासहित खसेको पहिरो पन्छाउनका लागि एक्साभेटरहरु प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ । सडक माथिबाट ढुंगासहित पहिरो खसेका कारण पहिरो पन्छाउन समय लाग्न सक्ने जिल्ला प्रहरी कार्यालउ गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारीहरु छुटन सकेका छैनन् भने यात्रुहरु अलपत्र परेका छन् ।