Butwal Today

काली गण्डकी कोरिडोर एकतर्फी सञ्चालनमा

२७ असार २०८२, शुक्रबार
अ+
अ-

गुल्मी, २७ असार  ।

पहिरोका कारण अवरुद्ध भएको काली गण्डकी कोरिडोर एकतर्फी रूपमा सञ्चालनमा आएको छ । बिहीबार रातीदेखि परेको अविरल वर्षाका कारण काली गण्डकी गाउँपालिका वडा नम्बर ६ बरल्वामा  सडक माथिबाट पहिरो खस्दा कोरिडोर अवरुद्ध भएको थियो ।

सडक माथिबाट ठुलो ढुङ्गासहित खसेको पहिरो हटाइ  शुक्रबार दिउँसोबाट सडक एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । दुईतर्फी रूपमा सडक खुलाउनका लागि प्रयास भइरहेको उनको भनाइ छ ।

बर्सातको समयमा जोखिम बढी हुने भएकाले सर्तकता अपनाउन र केही समस्या भएमा नजिकको प्रहरी चौकी तथा प्रशासनमा खवर गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।