© २०२३
गुल्मी, २५ असार ।
पहिरोका कारण बुधबार बिहानदेखि बन्द रहेको काली गण्डकी कोरिडोर एक तर्फी सञ्चालनमा आएको छ । काली गण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियो ।
बिहान सडक माथिबाट ठुलो डुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको सडक साँझपखबाट एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । दुई तर्फी रूपमा सञ्चालनका लागि पहल भइरहेको उनको भनाइ छ । बर्सातको समयमा जोखिम बढी हुने भएकाले सतर्कता अपनाउन र केही समस्या भएमा नजिकको प्रहरी चौकी तथा प्रशासनमा खबर गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।