ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

बर्सेनि शिला शालीग्राम डुवानको चपेटामा 

२५ असार २०८२, बुधबार
२५ असार २०८२, बुधबार

गुल्मी, २५ असार ।

एसियाकै ठुलो शिला शालीग्राम वर्षेनी डुबानको चपेटमा पर्ने गरेको छ । विगत दुई वर्ष अघिदेखि शिला शालीग्राम डुबानमा पर्दै आएको यहाँका स्थानीयहरूले बताउँदै आएका छन् । गुल्मी ,स्याङ्जा र पर्वतको सङ्गम स्थल सेतीवेनीमा रहेको शिला शालीग्राममा सेतिखोलाले धार परिवर्तन गरेर बग्दा डुबानमा परेको हो । वर्सायामको समयमा काली गण्डकी नदीको बहाव बढ्नुका साथै सेती खोलाले धार परिवर्तन गरेर बग्दा पनि  यसप्रति सरोकारवालाहरू मौन रहेका छन् ।

तीन जिल्लाका स्थानीय तहहरूले आफूहरूको बजेटले नथेग्ने भएकाले प्रदेश र सङ्घीय सरकारकै भर पर्नुपरेको बताउँदै आएका छन् । यसका लागि आफूहरूले पहल गर्दै आएको  उनीहरूले बताए पनि ठोस परिणाम भने आउन सकेको छैन ।
पर्वतको विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले प्रदेश सरकार र केन्द्र सरकारले चासो नदेखाउँदा संरक्षणमा समस्या देखा परेको बताए ।

संरक्षणका लागि आफूले प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्दै आए पनि उहाँहरूले गम्भीर रूपमा लिन नसक्दा समस्या भएको उनको भनाइ छ । पालिकाको बजेटले संरक्षण गर्नका लागि सम्भव नदेखिएकाले उहाँहरूको मुख ताक्न आफूहरू बाध्य भएको उनले बताए । गुल्मीको काली गण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले शिला शालीग्रामको संरक्षणका निम्ती आफू सदैव तयार रहेको बताए । शिला शालीग्राम संरक्षणमा एक्लैको पहलले नहुँने भएकाले संयुक्त रूपमा केन्द्रबाट नै पहल हुनुपर्नेमा उनले जोड दिए ।

यता स्याङजाको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले शिला शालीग्रामको संरक्षणका लागि एक पटक संयुक्त बैठक बसेर डिपीआर गर्ने गरी योजना बनाएको स्मरण गरे । स्थानीय सरकारको बजेटबाट शिला शालीग्राम संरक्षण गर्न नसकिने भएकाले प्रदेश र सङ्घबाट उचित बजेटको ब्यबस्था गर्नुपर्ने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ ।  आफूले पहिलेदेखि पहल गर्दै आएपनि एकल प्रयासले मात्र सम्भव नभएकाले सबैको पहल आवश्यक रहेको उनले बताए ।

गुल्मी, स्याङ्जा र पर्वतको सङ्गम स्थल सेतिवेनीमा रहेको शिला शालीग्राम दर्शन गर्नाका लागि पुगेका राजन थापाले टाढैबाट दर्शन गरेर फर्किएको बताए । पहिले शिला शालीग्राम छोएरै दर्शन गर्ने गरेको बताउँदै उनले अहिले शिलासम्म जाने बाटोमा खोला बगेपछि टाढाबाटै दर्शन गर्नुपरेको बताए ।

शिला शालीग्रामको दर्शन गर्न पुग्नुभएका पर्वतका विजय तिवारीले पनि नजिकैबाट दर्शन गर्न नपाएको गुनासो गरे । शिला शालीग्राम दर्शन गर्नका लागि योजना बनाएर आए पनि नजिकैबाट दर्शन गर्न नपाएको उनले बताए । पहिले भन्दा अहिले सेती खोलाले धार परिवर्तन गरेर बगेपछि उक्त समस्या आएको तिवारीको भनाइ छ ।

यसका साथै शिला शालीग्राम संरक्षणमा पनि सरोकारवाला कसैको ध्यान जान सकेको छैन । शिला शालीग्रामको वरपरबाट लगाइएको वाल पनि भत्किएको छ । जसका कारण शिला शालीग्राम परिक्रमा गरेर दर्शन गर्ने अवस्थासमेत नरहेको र दर्शन गर्नेहरुका लागि पनि जोखिम रहेको छ । तीन जिल्ला र दुई प्रदेशको सङ्गम स्थलमा शिला शालीग्राम रहेपनि संरक्षणमा केन्द्र,प्रदेश र स्थानीय सरकारले चासो देखाएको पाइएको छैन ।

वाल भत्किएको करिब पाँच वर्ष पुग्दा समेत पुनः वाल लगाउने र संरक्षणमा कसैको ध्यान नजानुले धर्म कर्मप्रतिको विश्वास घट्दै गएको आफूलाई लागेको गुल्मीका ८३ वर्षीय खिमानन्द पाण्डेले दुखेसो पोखे । पहिले भन्दा पछि बिस्तारै धर्म कर्ममा ध्यान नगएको र नयाँ पुस्ताले मनन गर्न छाडेको हो की भन्ने आफूलाई लागेको उनको भनाइ छ ।
उक्त स्थानमा नव वर्ष,असारे ठुला एकादशी कात्तिके एकादशी, मकर संक्रान्तीमा विशेष मेला लाग्ने गर्दछ भने दैनिक रूपमा पुजा आजा हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?