Butwal Today

गुल्मीमा एक सातामा  १८० जनाले राहदानी बनाए, नौ लाख बढी राजस्व संकलन

२१ असार २०८२, शनिबार
अ+
अ-

गुल्मी, २१  असार ।

गुल्मीमा एक हप्ताको अवधिमा १८० जनाले राहदानी बनाएका छन् । गत आइतबारदेखी शुक्रबारसम्म एक हप्ताको अवधिमा १८० जनाले राहदानीका  लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । जसबाट नौ लाख ३५ हजार रुपियाँ राजस्व सङकलन भएको प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार सोही अवधिमा १५२जनाले नयाँ नागरिकता बनाउँदा ११५ जनाले प्रतिलिपि बनाएका छन् । सोही समय अवधिमा नावलक परिचयपत्र नौ , राहदानीका लागि आवेदन सङकलन १८० , राहदानी वितरण २१४, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ३९३, परिचयपत्र वितरण ३१३ र ४२ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएका छन् ।

नागरिकहरुले नागरिकतालाई वास्था नगर्ने, जथाभावी फयाक्ने र सानातीना गल्तीहरु भएका कारण पनि प्रतिलिपि बनाउने बढेको उनको भनाइ छ । यस्तै पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रुपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकाहरुकोमा श्रीमान श्रीमती र बाबु आमाको नाम नमिल्ने कारण पनि अर्को रहेको गैरेले बताए  ।