© २०२३
बुटवल, १८ असार । नेपाल खेलकुद पत्रकार मंच, रुपन्देहीको बुधबार भएको भेलाबाट सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
बुटवलमा भएको पत्रकारहरुको भेलाबाट मंचको उपाध्यक्ष यमलाल भुषाल, सचिव स्वस्तिक श्रेष्ठ, कोषाध्यक्ष रबि राना, सहसचिव सन्जु पौडेल, तथा सदस्यहरुमा विकास पराजुली, प्रकाश न्यौपाने, राधेश्याम बिक, कृष्ण भण्डारी, ईन्द्र खत्री र मनोज थापा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक दिनेश पाण्डेले बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुमन अधिकारीले खेल विधिलाई पहिचान दिने तथा नया युवा पत्रकारहरु उत्पादन हुने गरि कार्यकालमा रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धता जनाए ।