ट्रेंडिंग:

>> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली

एसईई नतिजा २०८१ः ‘रुपन्देहीले चर्चा पायो, सामुदायिकले मान’

१५ असार २०८२, आइतबार
१५ असार २०८२, आइतबार

बुटवल, १५ असार ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) ले मुलुकमै रुपन्देहीको चर्चा चलेको छ । यहाँका धेरै विद्यालयका विद्यार्थीले जिपिए ४ ल्याएपछि चर्चा चुलिएको हो । रुपन्देहीमा सामुदायिक विद्यालय अब्बल देखिएका छन् । शुक्रबार साँझ सार्वजनिक भएको परीक्षामा अन्य संस्थागत विद्यालयको तुलनामा रुपन्देहीका सामुदायिक विद्यालयहरू अब्बल देखिएका हुन् ।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा रहेको शान्ति नमुना माविमा जिपिए ४ ल्याउने विद्यार्थी सबैभन्दा बढी छन् । जसमा कुल १८ जना विद्यार्थीले जिपिए ४ ल्याएका हुन ।

शिक्षा विकास तथा समन्वय एकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडेका अनुसार शान्ति नमुना माविका १८ जना विद्यार्थीले जिपिए ४ ल्याएका हुन । शान्तिबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए ।  शान्ति माविका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पङ्गेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुशान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले जानकारी दिए ।

विद्यालयका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पंगेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुसान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जिपिए ल्याएका हुन् ।  त्यस्तै, २२ जनाले ३.९६ देखि ३.९९ जिपिए ल्याएका छन् । ३.९ देखि ३.९५ ल्याउने १४, ३.६ देखि ३.८९ सम्म ल्याउने १७१, ३.२ देखि ३.५९ सम्म ल्याउने २०९, २.८० देखि ३.१९ ल्याउने ११२ र २.४० देखि २.७९ जिपिए ल्याउने १४ जना विद्यार्थी रहेका छन ।

यस्तै सामुदायिक विद्यालयमा रुपन्देहीमा सबैभन्दा बढी जिपिए ४ ल्याउने दोस्रो विद्यालय कालिका मानवज्ञान मावि भएको छ ।  कालिका मानवज्ञान मावि बुटवल १० बाट एईईपरिक्षामा सहभागी विद्यार्थीहरू मध्ये ६ जनाले साधारण तर्फ र १ जनाले प्राविधिक धार तर्फ जिपिए ४ ल्याएका विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । उनका अनुसार विद्यार्थी शिक्षक र अभिभावकको साझा मिहिनेतबाट नै उक्त नतिजा संभव भएको हो ।

उक्त विद्यालयबा परीक्षामा सहभागी अनिष जिसी, अस्मीना पराजुली, प्रसंसा पराजुली, प्रतिक पौड्याल, स्वरूप न्यौपाने, सुर्दशन न्यौपाने, सुजन बारघरेले जिपीए ४ ल्याएका हुन । उक्त विद्यालयबाट सहभागी विध्याता आचार्य, प्रसन्न ढकाल, रौनक आचार्यले जिपीए ३.९६ ल्याएका छन् ।  कालिका मानवज्ञान माविबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ७ जना विद्यार्थीले ४ जिपिए हासिल गरेका छन् । परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा ७ विद्यार्थीले चार जिपिए ल्याएको विद्यालयका प्रधानाध्याक दिनेश थापाले जानकारी दिए । त्यस्तै ३.६० देखि माथि २११, ३.२० देखि ३.६० सम्म २४५, २.८० देखि ३.२० सम्म १०३, २.४० देखि २.८० सम्म २६ जना र २.०० देखि २.४० सम्म २ जना ग्रेडेड भएको प्रअ थापाको भनाइ छ ।

यस्तै अर्को सैनामैना नगरपालिका वडा नम्बर १ रानीवगीयामा रहेको सैनामैना माविका ४ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यस्तै नयाँगाउँ मावि बुटवल १३ का ३ जना विद्यार्थीले जीपए ४ ल्याएका हुन । नवरत्न मावि सेमलारका २ जना जीपीएर ४ ल्याएका हुन् । जनकल्याण मावि सैनामैना, कान्ती मावि बुटवल, नवीन औद्योगीक मावि बुटवल र रामापुर मावि, सिद्धेश्वर लालकुमारी मावि बुटवल बाट १-१ जनाले जिपिए ४ ल्याएका हुन ।

रूपन्देहीबाट जिपिए ४ ल्याउने विद्यार्थीहरू कुल ८७ जना विद्यार्थीले जिपिए ४ ल्याएका हुन । संस्थागत विद्यालय तर्फ रुपन्देहीमा न्यु होराईजन ईग्लीस बोर्डिङ्ग स्कुलबाट ११ जना, अक्सफोर्ड इंग्लीस बोर्डिङ्ग स्कुलबाट १० जना, संस्कार बोर्डीङ्ग स्कुल शिवपुरबाट ३ जना, दिप बोर्डिङ्ग स्कुलबाट २ जना, देवदह बुद्ध पब्लीक बोर्डिङ्ग स्कुल २ जना, गार्गी एकडेमी स्कुल बुटवल, पश्चिमाञ्चल बोर्डिङ्ग स्कुल भैरहवा, प्रभाव बोर्डिङ्ग स्कुल सैनामैना, तिनाउ बोर्डिङ्ग स्कुल बुटवलबाट २/२ जनाले जिपिए ४ ल्याएका छन् ।

बुद्ध दिप बोर्डिङ्ग स्कुल, बुटवल ग्लोरी बोर्डीङ्ग स्कुल, ड्रीम भिजन स्कुल फार्सटिकर, एभरेष्ट बोर्डीङ्ग स्कुल बुटवल, होराईजन गौतम बुद्ध बोर्डीङ्ग स्कुल, न्युईन्भाइरमेन्ट, फर्साटिकर सिद्धार्थ स्कुल बोर्डिङ्ग स्कुल, न्यु एरा बोर्डिङ्ग स्कुल भैरहवा, सैनामैना मेमोरियल बर्माचौक सैनामैना, सिद्धी विनायक बोर्डिङ्ग स्कुल सेमलार, सुनभागा पब्लिक बोर्डिङ्ग स्कुल सैनामैना बाट १-१ जनाले जिपिए ४ ल्याएका हुन ।देशभरबाट चार जिपिए ल्याउने विद्यार्थी ५४० छन् । जसमध्ये रुपन्देहीका मात्रै ८७ जना रहेका छन् । रुपन्देहीमा यस बर्ष २२ हजार ९ सय ७५ विद्यार्थीहरू सहभागी भएका थिए ।
यसपटक रूपन्देही जिल्लाबाट २२ हजार ९७५ जना विद्यार्थी एसईईमा सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ रुपन्देहीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?