© २०२३
गुल्मी ।
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ७ द्धानेटास्थित शनिबार बिहान विद्युतको पोलमा चढी विद्युत बनाउने क्रममा सोही स्थानका ४० वर्षीय झविन्द्र घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका घिमिरेलाई गुल्मी अस्पतालमा उपचारका लागि ल्याउँदा डाक्टरले मृत घोषण गरेको उनले बताए यता नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले भने आफूहरुको आधिकारीक कर्मचारी नभएको जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।