Butwal Today

इरानबाट भारतले उद्धार गरेका दुई नेपाली बेलिया हुँदै फर्किँदै 

११ असार २०८२, बुधबार
अ+
अ-

भैरहवा, ११ असार ।

भारतद्वारा इरानको मसादबाट उद्धार गरिएका २ जना नेपाली बेलिया नाका हुँदै रुपन्देही फर्किँदै छन् । भारत स्थित नेपाली दूतावासले ट्विट गर्दै रुपन्देहीको बुटवल बस्ने गणेश प्रसाद पोखरेल र सुमन गैरेको उद्धार गरेको जनाएको छ ।

२० घण्टा अगाडि गरिएको ट्विट भए पनि नेपालीहरू समाचार तयार पार्दा सम्म बेलिया आइपुगेका छैनन् । “दिल्लीबाट आफ्नै तरिकाले आउँदै हुनुहुन्छ भन्ने खबर पाएका छौ ।” रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने  “बेलहियामा इलाका प्रहरी कार्यालयले निगरानी गरिरहेको छ, सम्पर्कमा ल्याइ गन्तव्य सम्म पुर्‍याउने प्रयास गरिरहेका छौ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?