Butwal Today

रुपन्देहीमा चट्याङ्ग लागेर महिलाको मृत्यु 

९ असार २०८२, सोमबार
अ+
अ-

भैरहवा, ९ असार ।

सोमबार बिहान चट्याङ लागेर रुपन्देहीको मर्चवारमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही मर्चवारी गाउँपालिका वडा नम्बर ३ महाराजगन्ज बस्ने ४५ वर्षीय प्रमीला यादव रहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।

साउदको अनुसार सोमबार बिहान घारबाट करिब १ सय मिटर पूर्व रहेको आफ्नै खेतमा रोपाइ गर्न गएको अवस्थामा बिहान साढे ६ बजे यादवलाई चट्याङ लागेको थियो ।चट्याङ लागेर बेहोस भएकी  यादवलाई भैरहवा स्थित भीम अस्पतालमा पुर्‍याएको र त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको साउदले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?