ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

ओमसतिया गाउँपालिकाको बजेट ४९ करोड २५ लाख

८ असार २०८२, आइतबार
८ असार २०८२, आइतबार

भैरहवा, ८ असार ।

रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न १७ औ गाउसभाको बैठकमा पालिकाको उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २५ लाख १४ हजार रुपैयाँ बराबरको आम्दानी खर्च भएको बजेट सार्वजनिक गरेकी हुन ।

पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमान तर्फ ११ करोड ६६ लाख, सशर्त अनुदान तर्फ १६ करोड ५ लाख, समपुरक अनुदान तर्फ ४० लाख अनुदान प्राप्तिको अनुमान गरेको छ ।

यसै गरी प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमान तर्फ  ८० लाख ७३ हजार, सशर्त अनुदान तर्फ १ करोड ५५ लाख, समपुरक अनुदान तर्फ  ७५ लाख अनुदान प्राप्तिको अनुमान गरेको पालिकाले बाँडफाँडबाट प्राप्त राजश्व अन्तर्गत सङ्घीय सरकारबाट  ९ करोड ४२ लाख ६४ हजार, प्रदेश सरकारबाट ८७ लाख ७७ हजार र स्थानीय राजश्व बाँडफाँडबाट २ करोड ५० लाख रुपैयाँको प्राप्तिको अनुमान गरेको छ ।

गाउँपालिकाको आन्तरिक श्रोत तर्फ ३ करोड ७३ लाख गरी कुल जम्मा ४९  करोड २५ लाख १४ हजार राजश्व तथा अनुदान प्राप्तिको अनुमान गरिएको चौधरीले बताइन ।

यस्तै खर्चतर्फ  गाउँपालिकाको चालु खर्च तर्फ ३२ करोड १८ लाख ४१ हजार र पुँजीगत खर्च तर्फ १७ करोड ६ लाख ७३ हजार रुपैयाँ गरी ४९ करोड २५ लाख १४ हजार खर्चको प्रक्षेपण गरेको उनले बताइन ।

आइतबार नै पालिकाले नीति तथा कार्यक्रम पनि ल्याएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय नारालाई आत्मसाथ गर्दै समृद्ध ओमसतिया भन्ने मुल मन्त्रका साथ “ओमसतियाको शान सुन्दर शान्त समृद्ध गाउँपालिका हाम्रो अभियान” भन्ने मूल नारा लिई  नीति तथा कार्यक्रम तयार पारिएको बताए ।

पालिकाले खाली जग्गामा वृक्षारोपण, हरियाली प्रवर्द्धन तथा बनको संरक्षण गरी जल, जमिन तथा वातावरणको संरक्षण गरिने नीति लिएको छ । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन तथा जलवायु उत्थानशील योजना तर्जुमा गरी सो अनुसार विपद् पूर्व तयारी, विपद् न्यूनीकरण, प्रतिकार्य र पुनर्स्थापनाको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइने यादवले बताए ।

कर प्रणालीमा सुधार गर्दै प्रगतिशील कर प्रणालीको सिद्धान्तमा रही आर्थिक वर्ष २०८२/०८३ लाई कर सहभागिता वर्षको रूपमा मनाइने बताउँदै यादवले । राजश्व प्रशासनलाई चुस्त बनाउँदै विद्युतीय माध्यमबाट कर तिर्ने प्रणालीको विकास गरी राजश्व सङ्कलनलाई क्रमशः फेसलेस र क्यासलेस  बनाउँदै लगिने जनाए ।

“सेवाको बरिपरी जनता होइन जनताको वरिपरि सेवा” भन्ने अवधारणालाई आत्मसाथ गरी मुस्कान सहितको छरितो र एकीकृत घुम्ती सेवा कार्यक्रम सञ्चालन गरिने नीति लिएको यादवले बताए । गाउँपालिकाभित्रका नागरिकहरूको गुनासो तथा सेवा सम्बन्धी जिज्ञासा सुन्नेको र सोको सम्बोधन अनलाइन प्रणालीको माध्यमबाट गर्ने नागरिक गुनासो व्यवस्थापन प्रणाली तयार गरी लागु गरिने उनले बताए ।

गाउँपालिकामा कायम भएको असुल उपर बेरुजु असुल गरी बेरुजु कम गरी नीतिगत बेरुजु हटाउन आवश्यक संयन्त्र निर्माण गरी महालेखा परीक्षक समक्ष पेस गरिने पालिकाले नीति लिएको छ। बेरुजु आउने खालका कार्यक्रमहरू सञ्चालन गर्न रोक लगाइने र वेबसाइटमा प्रकाशित गर्ने कार्यलाई निरन्तरता दिइने उनले बताए । छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?