ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

बुटवलः शैक्षिक गुणस्तरमा देशकै अग्रणी

७ असार २०८२, शनिबार
७ असार २०८२, शनिबार

बुटवल, ७ असार ।

लुम्बिनीको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बुटवल पछिल्लो समयमा भने शैक्षिक हवको रुपमा विकास हुँदै गएको छ । देशका सबैभन्दा बढि विद्यार्थीहरु रहेको ठुला विद्यालय रुपन्देहीमा ५वटा छन् भने बुटवलमा मात्रै ४ वटा विद्यालय रहेका छन् । ति विद्यालयहरुले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरमा पनि आफुलाई अब्बल बनाउँदै लगेका छन् ।

बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेका कालिका मानवज्ञान माध्यमिक विद्यालय देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा पटक पटक सम्मानित भएको छ । प्राविधिक धार तर्फ नेपालमै पहिलो भएर पुरस्कृत समेत पाएको छ ।

यस्तै बुटवलको अर्को समुादायिक विद्यालय कान्ति माध्यमिक विद्यालय पनि शैक्षिक गुणस्तरमा अग्रणी रहेको छ । बुटवल ६ मा रहेको यो विद्यालयमा खुल्ला शिक्षा तर्फको पनि अध्यापन हुँदै आएको छ ।

यसको साथै बुटवल ११ देविनगरमा रहेको नविन औद्योगक कद्दर बहादुर रिता रायमाझी मावि पनि प्राविधिकतर्फ सिभिल ईन्जीनीयरिङ्गमा नेपालकै अब्बल विद्यालयको रुपमा रहेको छ । यसको साधारण साधारण शिक्षातर्फ पनि नविन औद्योगिक कद्दर बहादुर रिता मावि पनि अग्रणी विद्यालयको रुपमा रहेको छ ।

नेपालका १० उत्कृष्ट विद्यालयको सूचीमा बुटवलका तीनवटा विद्यालय रहेका छन् । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय, नविन औद्योगिक कद्दर बहादुर रिता रायमाझी माध्यमिक विद्यालय र कान्ति माध्यमिक विद्यालय विद्यार्थी संख्या र शैक्षिक गुणस्तरका हिसाबले पनि बुटवलका उत्कृष्ट विद्यालय हुन् ।

त्यसपछि तिनाउ पारीको विद्यालयको रुपमा रहेको नयाँगाउँ माध्यमिक वबद्यालय शैक्षिक गुणस्तर र नतिजाका आधारमा उत्ृकष्ट सामुदायिक विद्यालयको रुपमा रहेको बुटवल उपमहानगरपालिकाका जनाएको छ । नयाँ गाउँसँगै नहरपुर मावि र तिलोत्तमा माविले पनि शैक्षिक सुधार गर्दै आएका छन् ।

शिक्षा क्षेत्रमा बुटवल उपमहानगरपालिकाको लगानी, विद्यार्थीको चाप र गुणस्तरीय शिक्षाको उपलब्धिले बुटवललाई पश्चिम नेपालको ‘शिक्षा राजधानी’ बनाउने सम्भावना बढेको छ ।

बुटवलमा ९७ वटा विद्यालय तहका विद्यालयहरु रहेका छन् । त्यसमध्ये ३९ वटा सामुदायिक विद्यालय र ५८ वटा संस्थागत विद्यालय रहेका छन् । यहाँका विद्यालयहरुले विज्ञान प्रविधि, व्यवस्थापन, स्वास्थ्य, कानून, शिक्षा, इञ्जिनियरिङ, सूचना प्रविधि, नर्सिङ जस्ता बहुविषयगत कक्षा सञ्चालन गरेका छन् ।

विद्यालयदेखि विश्वविद्यालय, प्रविधि, स्वास्थ्य, कृषि, व्यवस्थापनदेखि अनुसन्धानसम्मका शैक्षिक आयामहरू विस्तार हुँदै गएको बुटवलले अबको केही वर्षमा लुम्बिनी प्रदेश मात्र होइन, देशकै प्रमुख शैक्षिक केन्द्रको रूपमा आफूलाई स्थापित गर्ने संकेत देखिएको छ । ९७ वटा विद्यालयमध्ये ३९ वटा माध्यमिक तहका विद्यालयहरु छन् । जसमध्ये सामूदायिकतर्फका २२ वटा मावि तहको अध्ययन हुने विद्यालय रहेका छन भने १७ वटा आधारभूत तहको अध्ययन हुने विद्यालयहरु रहेका छन् ।

बुटवलमा मात्रै ७१ हजार बढी विद्यार्थीले विद्यालय तहमा अध्ययन गरिरहेका छन् । सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याब स्थापनासँगै प्रयोगात्मक शिक्षालाई प्रवद्र्धन गरिएको छ ।

बुटवलमा पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, बाँके, बर्दिया, प्यूठान र रोल्पाका विद्यार्थीहरू उच्च शिक्षाको लागि बुटवल आउने गरेका छन् । विद्यालय शिक्षा अध्ययनका लागि पनि बर्दघाटदेखि कपिलवस्तुसम्मका विद्यार्थीहरु आउने छन् ।

विद्यालय तहदेखि स्नातकोत्तर तहसम्मका नतिजामा बुटवलका विद्यार्थीहरू देशैभरीमा अब्बल देखिदै आएका छन् । त्यसको उदाहरणका लागि पछिल्लो तीन वर्षमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रदेशकै उच्चतम नतिजा दिने विद्यार्थीहरू बुटवलका विद्यालयबाट पर्ने गरेको नगरप्रमुख पाण्डेयको भनाई छ ।

देशभर विद्यार्थी संख्या धेरै भएका सामुदायिक विद्यालयमध्ये ३ वटा कालिका मानवज्ञान मावि, नविन औद्योगिक कद्दरबहादुर रिता मावि र कान्ति मावि बुटवलमा अवस्थित छन् । यी विद्यालयहरूले शैक्षिक उपलब्धिमा मात्र होइन, भौतिक पूर्वाधार, प्रविधि प्रयोग र सामाजिक उत्तरदायित्वमा पनि उदाहरणीय भूमिका निर्वाह गर्दै आएका छन् ।

नगरप्रमुख पाण्डेयले बुटवललाई मुलुककै आकर्षक शैक्षिक हब बनाउने गरी काम भइरहेको बताए । उनले शिक्षा क्षेत्रको व्यापक सुधारका लागि नीति तथा कार्यक्रममा शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा ६३ करोड रुपमा बजेट बिनियोजन गरेको थियो । जुन कुल बजेटको २६ प्रतिशत बजेट हो ।

बुटवलका सामुदायिक विद्यालयहरूले नतिजा पनि व्यापक रुपमा सुधार गरेका छन् । एसइईको नतिजा २०८० लाई हेर्दा सामुदायिक विद्यालयले समग्रमा ६२ दशमलव ८७ प्रतिशत नतिजा ल्याएकोमा बुटवलका ४ वटा विद्यालयले ६९ प्रतिशतमाथि नतिजा ल्याएका छन् ।

बुटवलको नयाँ गाउँ माविले ६९ दशमलव १८ प्रतिशत नजिता ल्याएको छ । त्यसै गरी नविन औद्योगिक विद्यालयले ७४ दशमलव ३ प्रतिशत, कान्ति माविले ८१ दशमलव ९७ प्रतिशत र कालिका मानव ज्ञानले ८६ दशमलव २२ प्रतिशत नजिता ल्याएको शिक्षा अधिकृत यादव चन्द्र बिष्टले जानकारी दिए ।बुटवल उपमहानगरपालिकाले विद्यालयस्तरीय पूर्वाधार निर्माण, शिक्षक तालिम, डिजिटल शिक्षा कार्यक्रम, सीपमूलक तालिम तथा छात्रवृत्तिमा समेत प्राथमिकता दिएको बिष्टको भनाई छ ।

बुटवलमा हाल ३९ सामुदायिक र ५८ संस्थागत विद्यालय छन् । त्यस्तै, चार मदरसा, एक धार्मिक विद्यालय र तीन प्राविधिक शिक्षालयहरू सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयअन्तर्गतका २५ वटा क्याम्पसहरू बुटवलमा सञ्चालनमा छन् । बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस (सरकारी), बुटवल कालिका क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस (संस्थागत) रहेका छन् ।

बुटवलमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, समाजशास्त्र, ग्रामीण विकास, होटल म्यानेजमेन्ट, कानून, सामाजिक मनोविज्ञान जस्ता विषयहरूमा पढाइ हुँदै आएको छ ।

बुटवलमा दुईवटा सरकारी प्राविधिक शिक्षालय–कोरिया नेपाल प्राविधिक शिक्षालय र बुटवल टेक्निकल इन्ष्टिच्युट (बीटीआई) बाट अटो, मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इञ्जिनियरिङतर्फ हजारौं प्राविधिक जनशक्ति उत्पादन भइरहेको छ ।

बुटवलको शैक्षिक विकासमा विगतदेखि नै पहलहरु भइरहेका छन् । विगतमा जनप्रतिनिधिहरू विशेषतः उपमहानगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरु, प्रदेश सांसद्, शिक्षा समितिका सदस्यहरूको पहलमा सिंगो बुटवल एक विद्यालय, सामूदायिक विद्यालयहरूमा स्मार्ट क्लासरूम, इन्टरनेट, पुस्तकालय र विज्ञान प्रयोगशालाको विकासमा जोड दिइएको थियो । सोही बमोजिम सामूदायिक विद्यालयहरुमा विज्ञान र कम्प्युटर प्रयोगशालाहरु स्थापना भएका थिए । अहिले यसलाई अझ व्यापक, विस्तार र विद्यार्थीहरुको रोजाइ अनुरुप काम अगाडि बढाइएको छ ।बुटवलले शिक्षा क्षेत्रमा केही असल अभ्यास र उपलब्धीहरु पनि प्राप्त गरेको छ । बुटवल उपमहानगरपालिकाका अनुसार सूचना तथा प्रविधिमार्फत शिक्षाको प्रवद्र्धन गर्न स्मार्ट कक्षा स्थापना गरेको छ । नगरका विभिन्न विद्यालयहरूमा स्मार्ट बोर्ड, प्रोजेक्टर, इन्टरनेट सेवा लगायतका प्रविधियुक्त कक्षा सञ्चालनमा ल्याइएको छ ।

बुटवल उपमहानगरपालिकाले सन् २०७६–२०८१ सम्मको पाँचवर्षे शिक्षा योजना निर्माण गरी सार्वजनीकिकरण गरेको छ । हाल सो योजना कार्यान्वयनको अन्तिम चरणमा रहेको छ । यसका साथै दोस्रो पाँचवर्षे शिक्षा योजना (२०८१÷८२–२०८६÷८७) को मस्यौदा अन्तिम चरणमा पुगेको उपमहानगरले जनाएको छ । जसले शिक्षामा दिगो विकासका लागि मार्गनिर्देशन गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?