ट्रेंडिंग:

>> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने

मेयरले हातपात गर्दा पत्रकार घाइते, मेयरमाथि कारबाहीको माग

३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

रौतहट ३० जेठ।

पत्रकार लाई दुव्यवार गर्ने कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल माथि कारबाहीको माग गरिएको छ।

पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखा र प्रेस चौतारी नेपाल रौतहट शाखाले आपत्ति जनाउँदै कारबाहीको माग गरेको हो।

महासंघका सचिव गौतम श्रेष्ठ र प्रेस चौतारी रौतहट शाखाका अध्यक्ष अशोक कुमार पाहाडीले छुट्टाछुट्टै बिज्ञप्ति निकालेर मेयर जयसवालले कटहरिया म्यूजिकल एफएमका समाचार बाचक रबिन्द्र प्रजापतिलाई गाली बेइज्जती र अर्का समाचार बाचक सागर ठाकुरमाथि गरेको आक्रमणको घटनाप्रति गम्भीर ध्यनाकर्षण भएको उल्लेख गरेको छ।

प्रेस चौतारीले जनप्रतिनिधिबाट यस्तो किसिमको व्यवहार हुनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिको हमला भएको स्पष्ट पारेको छ । सञ्चार क्षेत्रसंग आवद्ध ठाकुरलाई कुटपिट र प्रजापति लाई गाली दिनु स्वीकार्य नहुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन बिज्ञप्ति मार्फत आग्रह गरिएको छ।

के हो घटना ?

कटहरिया ५ स्थित रहेको खानेपानी आयोजनामा पछिल्लो केही दिनदेखि समस्या भएर पानी सप्लाई बन्द भएको छ। सोही समस्याबारे  समाचार बाचक  रविन्द्र प्रजापतिले सामाजिक सञ्जाल फेसबुकमा बिहीवार एउटा स्टाटस लेखेका थिए।

सोही स्टाटसमा अर्का समाचार ठाकुरले मेयर अजय प्रकाश जयसवालप्रति कडा टिप्पणी गरेका थिए। म्यूजिकल एफएमका प्रमुख तथा मेयर जैसवालका प्रेस सल्लाहकार प्रकाश श्रेष्ठका अनुसार सोही स्टेट्सको बिषयमा कुरा गर्न मेयर जैसवालले  प्रजापति र ठाकुर दुवै जनालाई श्रेष्ठकै घरमा बिहीवार बेलुकी बोलाएका थिए।

घरमा बसेर छलफल भईरहेको समय आफ्नो समर्थक सहित पुगेका मेयर जैसवालले ठाकुरलाई दुर्व्यवहार तथा हातपात गरेको प्रेस सल्लाहकार श्रेष्ठले जानकारी दिएका छन्।

चोटपटक लागेका ठाकुरको अहिले बिरगंजस्थित एक अस्पतालमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिएका छन्। त्यस अघि मेयर जैसवालले प्रजापतिलाई फोन गरेर गालीगलौज गरेका थिए। पछी उक्त अडियो सामाजिक सञ्जाल फेसबुकमा बाहिरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?