ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

विकासे आयोजनाको बजेट कसको पहलमा छुट्टियो ? केन्द्रीय नेताको आ–आफ्नै दावी

२६ जेष्ठ २०८२, सोमबार
२६ जेष्ठ २०८२, सोमबार

गुल्मी, २६ जेठ ।

जेठ १५ गते सङ्घीय सरकारले बजेट ल्याइसकेपछि यति बेला गाउँगाउँमा योजना र बजेटका बारेमा चर्चा हुन थालेको छ । केन्द्रीयदेखि स्थानीय नेताहरुले आफूहरुको पहलमा बजेट ल्याएको भन्दै सामाजिक सञ्जाल भरेका छन् भने उनीहरुबिच नै आरोप प्रत्यारोपसमेत हुँदै आएको छ ।

गुल्मी क्षेत्र नम्वर १ का सांसद डा. चन्द्रकान्त भण्डारी र पूर्व मन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली दुवैले एउटै बजेटमा आफूहरुको पहलमा योजना समावेश भएको भन्दै जस लिने होड चलेपछि सामाजिक सञ्जाल यति बेला तातेको छ । दुबै जना नेताहरु यस क्षेत्रमा पालैपालो विजयी हुँदै आएका छन् भने हाल दुवै जना आवद्ध रहेको दल पनि सरकारमै छ ।

डा. चन्द्रकान्त भण्डारीको सचिवालयले रुद्रवेनी वामीटक्सार सडक खण्डका लागि १० करोड ६० लाख, कालीगण्डकी करिडोरका लागि एक अर्व एक लाखलगायत वामी टक्सार सडक खण्डमा पर्ने चार वटा पुलका लागि बजेट व्यवस्थापन गरेको सामाजिक सञ्जालमा पोष्ट गरे । सोही योजनाहरु आफूको पहलमा भएको भन्दै पूर्व मन्त्रीसमेत रहेका ज्ञवालीले पनि दाबी गरे ।

यस्तै इश्मा गाउँपालिकामा रहेको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयका लागि गाउँपालिकाका अध्यक्ष भगतसिंह खडकाले आफूहरुको पहलमा बजेट ल्याउन सफल भएको भन्दै सामाजिक सञ्जालमा राखे । त्यस लगत्तै एमालेका नेता तथा कार्यकर्ताहरुले खड्काले नभइ यसक्षेत्रका सांसद गोकर्ण विष्टको पहलमा भएको बताउँदै आएका छन् ।

यता चन्द्रकान्त भण्डारीले आफूले जितेपछि नै यस क्षेत्रको विकासमा फड्को मारेको दावी गरेका छन् । त्यस क्षेत्रमा पुललगायत सडकमा बजेट आफ्नो पहलमै भएकाले अरुले जस लिनु हास्यास्पद भएको प्रतिक्रिया दिए । आफू एक वर्ष बिरामी हुँदा विकास गरेको भए हुने थियो नि, किन नगरेको भन्दै प्रति प्रश्नसमेत गर्न पछि परेनन् । आफूले यो गरे उ गरे भन्दा पनि कर्तव्य निर्वाह गरेको उनको भनाई छ ।

पूर्व मन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीले पुराना योजनाहरुमा बजेट राखे भनेर सामाजिक सञ्चालमा पोष्ट गर्नु एकैछिनका लागि आत्म सन्तुष्ट हुनुवाहेक अरु केही नरहेको प्रतिक्रिया दिए । पाँच वर्ष पहिले कालीगण्डकी करिडोरका लागि सात अर्व बजेटको ठेक्का आफ्नो पहलमा लगाएको स्मरण गराउँदै अहिले त्यसैको निरन्तरता भएको उनको दाबी छ । पहिले ठेक्का लागेका योजनाहरुको बजेट विनियोजन नियमित भएको बताउँदै अहिले जस लिन खोज्नु उपयुक्त नहुने उनको तर्क छ । यसरी नै जस लिन खोज्ने हो भने शिक्षकहरुको तलव र सामाजिक सुरक्षा भत्ता पनि मेरो पहलमा भनेर भने भैगोनी भन्दै ज्ञवालीले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?