ट्रेंडिंग:

>> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै

सुत्केरीलाई पोषण र आहार, भेट्दा रैथाने भाले !

२१ जेष्ठ २०८२, बुधबार
२१ जेष्ठ २०८२, बुधबार

गुल्मी, २१ जेठ ।

महिला गर्भवती र सुत्केरी हुँदा अन्य समय भन्दा बढी पोषणयुक्त खानपानको आवश्यक पर्ने गर्दछ । यस समयमा स्वास्थ्यको अरु समय भन्दा बढी ख्याल गर्नुपर्ने चिकित्सकहरुले बताउँदै पनि आएका छन् ।

यही अवस्थालाई मध्यनजर गर्दै कालीगण्डकी गाउँपालिकाले गर्भवती र सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाभित्र यो कार्यक्रम प्रभाकारी हुँदै गएको गाउँपालिकाले जनाएको छ ।

सुत्केरी अवस्थामा झोलिलो र पोषिलो खाने कुरा आवश्यक पर्ने भएकाले सुत्केरीलाई लोकल भाले कोशेली स्वरुप लिएर भेट्न जाने गरेको उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताइन् ।

गर्भवती र सुत्केरीको साथमा उपाध्यक्ष कार्यक्रममार्फत पहिलो प्राथमिकतामा रैथाने लोकल भाले र लोकल भाले उपलब्ध नभएमा एक किलो घिउ लिएर भेट्न जाने गरेको उनले बताइन् । चालु आर्थिक वर्षको हालसम्म पालिका भित्रका ८० जना सुत्केरीलाई लोकल भाले र घिउ वितरण गरिएको छ । सुत्केरी अवस्थामा बढी आराम गर्नुपर्ने, झोलिलो र पोषिलो खानेकुराहरु खानुपर्ने, स्वास्थ्यको ख्याल गर्नुपर्ने भन्दै सम्झाउने गरेको दर्लामीले बताइन् ।

यसका साथै परिवारका सदस्यहरुलाई पनि साथमै राखी स्वास्थ्यकर्मीहरुले स्वास्थ्यको बारेमा सम्झाउने र बुझाउने गरेको स्वास्थ्य शाखा प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

यस्तै गर्भवती महिलाहरुलाई सुत्केरी हुनुपूर्व दुई पटक पोषण प्याकेज वितरण गर्ने र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने गरेको स्वास्थ्य शाखाले जनाएको छ । पोषण प्याकेजमा एक क्यारेड अण्डा र चना दिने गरिएको छ । यसका साथै सफा र सुग्घर रहनुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि सावुन र नङकट वितरण गर्ने गरिएको थापाले बताए ।

गर्भावस्थामा पोषणसहित र सुत्केरी पश्चात भाले लिएर गाउँपालिका आउँदा स्थानीय सरकार आफूहरुको साथमा रहेको अनुभूति भएको वडा नम्वर ७ भुर्तुङकी सुत्केरी मीना क्षेत्रीले बताइन् ।

घरमा आर्थिक अवस्था राम्रो भएकाहरुलाई भन्दा पनि आर्थिक अवस्था कमजोर भएकाहरुलाई यस कार्यक्रमले ठुलो राहत मिल्ने गरेको उनको भनाइ छ । यसका साथै पोषणमा थप सुधार गर्न र यस कार्यक्रमलाई निरन्तरता दिइराख्न अर्की सुत्केरी सपना थापाले स्थानीय सरकारलाई आग्रह गरिन् ।

गर्भवती र सुत्केरीको साथमा उपाध्यक्ष कार्यक्रम प्रभावकारी बनेको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले बताएका छन् । यस कार्यक्रमले पोषणमा थप सुधार ल्याउने, गर्भावस्थामा नियमित चेकजाँच गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि थप टेवा पुग्ने गिरीले दाबी गरे ।

आगामी आर्थिक वर्षका लागि यसै कार्यक्रमलाई निरन्तरता दिँदै जाने गरी आफूले योजना बनाएको उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताइन् । यसका साथै ग्रामीणस्तरका महिलाहरुलाई आय आर्जनमा जोड्नका लागि पनि पालिकाले प्राथमिकता दिएको उनको भनाई छ । महिलाहरुलाई चुलो चौकोमा मात्रै सीमित नगराई व्यावसायिक रुपमा कृषि र पशुपालनमा जोड्दै आयआर्जनमा वृद्धि गराउने गरी पालिका लागेको दर्लामीले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?