ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बाघ भालुसँग बच्ने विश्वासमा  ४९ गाउँका थारु समुदाय मिलेर सामूहिक पूजा

२१ जेष्ठ २०८२, बुधबार
२१ जेष्ठ २०८२, बुधबार

नेपालगन्ज, २१ जेठ । 

बाँकेको राप्ती सोनारी ३ स्थित प्रसिद्ध धार्मिक स्थल भूवरभवानी मन्दिरमा ४९ गाउँका थारु समुदायले सामूहिक पूजा गरेका छन् । यो पूजा पहिलो पटक गरिएको भने होइन । बाघ भालु लगायतका वन्यजन्तुको आक्रमण नहोस् भन्ने कामना गर्दै सदियौँदेखि पूजा गर्दै आएको थारु समुदायका अगुवाहरू बताउँछन् । वर्षमा दुई पटक जेठ र मङ्सिर महिनामा सामूहिक रूपमा पूजा गर्दै आएको राप्ती सोनारी ३ गलराबाजका ६१ वर्षीय भेदु थारुले बताए । उनका अनुसार जेठमा गरिने सामूहिक पूजालाई थारु भाषामा धुर्या पूजैया तथा मङ्सिरमा गरिने पूजालाई लवाङ्गी पूजैया भन्ने गरिन्छ । उनले भने, ‘यो पूजा कहिले र कुन तिथि मितिबाट सुरुवात भएको हो भन्ने एकिन जानकारी छैन तर, हाम्रा बाउ बाजेको पालामा पनि यो पूजा गरिन्थ्यो भन्ने मलाई बचपनदेखिको सम्झना छ ।’ बाँकेको साबिक बैजापुर, विनौना र कचनापुर गाविस अन्तरगत पर्ने ४९ वटा गाउँका थारु समुदायले सदियौँदेखि यो पूजालाई निरन्तरता दिँदै आएका छन् ।

राप्ती सोनारी ५ बन्जरीयाका ६५ वर्षीय सुक्खु थारुले यो पूजा राजी समुदायका एक जना गुर्वाले सुरुवात गरेपछि बाघ, भालु लगायतका वन्यजन्तुबाट हुने जोखिम कम भएको बताउँछन् । उनी भन्छन्, ‘यस क्षेत्रमा पहिलो पटक बस्ती बसाल्ने क्रममा दैनिक रूपमा बाघले मान्छे खान थालेपछि राजी समुदायका गुर्वाले एउटा काठको खम्बा गाडेर पूजा गरे, बाघले मान्छे खान छोड्यो अनि यहाँ मानव बस्ती बस्न सफल भयो ।’ राज गुर्वाले हाल भूवर भवानी मन्दिर रहेको स्थान, समय भवानी र कोटही देवी मन्दिर रहेको स्थानमा एकै साथ पूजा गरेको थारु समुदायका गुर्वाहरूले बताउँदै आएको उनले सुनाए । उनले भने, ‘अहिले सम्म राजी समुदायका गुर्वाहरूको बान–धुप नै पूजैयामा प्रयोग गरिन्छ ।’

साविक बैजापुर गाविसका पूर्व अध्यक्ष ७६ वर्षीय तुलसीराम थारुले पनि भेदु र सुक्खु थारुले भने जस्तै भूवरभवानीको इतिहास बारे मिल्दोजुल्दो कुरा सुनाए । भूवर भवानी मन्दिरको विषयमा विभिन्न खोज अनुसन्धानका अनुसार १७ औँ शताब्दीदेखि नै थारु समुदायले पूजा गर्न थालेको उनले उल्लेख गरे । उनका अनुसार यस क्षेत्रमा मानव बस्ती बस्ने क्रममा बाघ भालुले मानिस र पशु चौपाया नखाएको दिनै थिएन, जङ्गलको बिचबाट बगिरहेको राप्ती नदीमा माछा मार्दै गरेका राजी समुदायका एक दम्पती भेटिए । ती दम्पती दिनभरि माछा मारेर जङ्गलमै बास बसेको देख्दा स्थानीय थारु समुदाय अचम्मित भए ।

बाघ भालुको त्रास देखाएर गाउँमा बास बस्न आग्रह गर्दा पनि राजी दम्पती जङ्गलमै बस्ने अडान लिए । महिनौँ दिन सम्म पनि ती राजी दम्पतीलाई बाघ भालुले नछोएको र गाउँमा मानिस तथा पशु चौपायालाई बाघले सखाप पार्न थालेपछि राजी दम्पतीले नै काठको खम्बा गाडेर बाघ भालुले क्षति नगरोस् भन्ने कामना सहित पूजा गरिदिएको कथन रहेको छ । थारु समुदायलाई त्यसै गरी पूजा गर्न सिकाएको बताउँदै उनले भने, ‘जनजाति अन्तर्गत पर्ने राजी समुदाय हाल बर्दियाको बाँस गढी र रम्मापुरमा छन्, हामी बर्दिया गएर राज गुर्वाबाट बान–धुप ल्याएर वर्षमा दुई पटक सामूहिक पूजा गर्दै आएका छौँ ।

भूवर भवानी मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका तुलसीरामले भने, ‘यो सदयौंदेखि चल्दै आएको पूजामा सुँगुर, बोका, भेडा र भालेसहित ७ वटा बली दिने गरिएको छ ।’ पूजामा चाहिने सबै सामाग्री ४९ वटा गाउँका थारु समुदायले मिलेर जोहो गर्ने गर्दछन् । धु¥या पुजैया र लवाङ्गी पूजैयामा एउटै कामना गरिने भए पनि लवाङ्गी पूजैयाको महत्व धेरै रहेको उनले बताए । उनका अनुसार लवाङ्गी पूजैयामा ४९ वटै गाउँका गुर्वाहरू जम्मा भएर पूजा पाठ गर्नुका साथै देवता चढेर रात भरी गुर्वाको शरीर काँप्ने गर्दछ, अनि बिहान मात्र पूजा सम्पन्न हुन्छ ।
स्थानीय थारु समुदायका ज्येष्ठ नागरिकहरूका अनुसार भूवरभवानी मन्दिर रहेको स्थानमा पहिले काठको खम्बा मात्र थियो । विक्रम सम्वत २०१३ साल पछि मात्र सोही ठाउँमा स्थानीयले मन्दिर स्थापना गरेको मन्दिरका पूजारी ७७ वर्षीय वलराम रेग्मीले बताए । उनले भने, ‘मन्दिर स्थापनाकालदेखि म यहीँ छु, यो पूजा प्रत्येक वर्ष चल्दै आएको छ ।’

मन्दिरमा पहिले थारु समुदायकै देवताका मूर्ति राखिएको र थारु समुदायकै पुजारीमार्फत पूजापाठ गर्ने गरेको उनको भनाई छ । लुम्बिनी प्रदेशका निवर्तमान मुख्य मन्त्री डिल्ली चौधरीले पनि आफ्नो कार्यकालमा बाघमा सवार देवीको मूर्ति भूवर भवानी मन्दिरमा स्थापना गरेको उनले जानकारी दिए । पछिल्लो समय अन्य देवी देवताको मूर्ति राखेर अन्य समुदायले पनि पूजा गर्न थालेका छन् । अहिले थारु समुदायका देवताको मूर्तिलाई अन्य मूर्ति भन्दा पछाडि रातो कपडाले छोपेर राखिएको छ । पछिल्लो पीढीलाई उक्त मन्दिरमा थारु समुदायका देवताको मूर्ति छ भन्ने समेत जानकारी छैन । उनले भने, ‘पहिले यहाँ थारु बाहेक अन्य समुदाय थिएनन् अहिले पो यो मन्दिर सबै समुदायको धार्मिक आस्थाको केन्द्र बनेको छ ।’ जेठमा गरिने पूजा थारु समुदायले गत शनिवार सम्पन्न गरेका छन् ।

बाँकेको ऐतिहासिक वागेश्वरी मन्दिर पछि भूवरभवानी मन्दिर पनि परिचित छ । जेठ र मङ्सिरमा थारु समुदायले विशेष पूजा गरे पनि उक्त मन्दिर अहिले सबै समुदायको आस्थाको केन्द्र बनेको छ । अन्य समयमा सबै समुदायका मानिसहरूले पूजा गर्दै आएका छन् । माघे सङ्क्रान्तिमा भारतीय भक्तजनहरू पनि ठुलो सङ्ख्यामा मन्दिर दर्शन गर्न आउने गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?