ट्रेंडिंग:

>> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय

 रक्तदानमा ‘अभियन्ता’ कै भर

सरकारी निकायबाट भन्दा पनि स्वतस्फुर्त रूपमा लागेका रक्तदाता अभियानताकै भरमा रगतको जोहो हुँदै आएको छ । दैनिक माग उच्च हुनु तर युवा पलायन, जनचेतना अभावको कारण रक्तदाताहरू भने घट्नु चिन्ताको विषय बनेको छ ।
१८ जेष्ठ २०८२, आइतबार
१८ जेष्ठ २०८२, आइतबार

बुटवल, १८ जेठ ।

जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा बुटवल उप–महानगरपालिका वडा नम्बर १५ मा रहेको सृजना युवा क्लबले रक्तदान कार्यक्रम आयोजना ग¥यो । नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्यमा भएको कार्यक्रममा ६५ युनिट रगत सङ्कलन भयो । क्लबले पहिलो पटक यो कार्यक्रम आयोजना गरेको थियो ।

शुक्रबार सेमलारमा रक्तदान कार्यक्रम आयोजना भयो भने शनिबार रुपन्देहीको शुद्धोदन गाउँपालिकामा रहेको योग्यदय बहुमुखी क्याम्पसमा पनि रक्तदान कार्यक्रम आयोजना भयो । स्थानी सिद्धबाबा डेनटल क्लिनिकको समन्वयनमा भएको कार्यक्रममा नेपाल नियमित रक्तदाता सङ्घको सहयोग थियो । स्वास्थ्य शिविर सहित आयोजना गरिएको कार्यक्रममा उपस्थितले रक्तदान गरे ।

शनिवार नै बुटवलमा खुल्ला वृहत् रक्तदान कार्यक्रम आयोजना गरियो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाल नियमित रक्तदाता सङ्घको सहकार्य भएको थियो । जसमा ३०० जनाले रक्तदान गरे ।

यी केही उदाहरण मात्रै हुन् । आज भन्दा करिब १० वर्ष पहिला रुपन्देहीको मर्चवार क्षेत्रमा नेपाल रेडक्रस सोसाईटीको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरियो । रेडक्रस अभियन्ता तथा रक्तसञ्चार सेवा समितिका पूर्व केन्द्रीय संयोजक नारायण प्रसाद श्रेष्ठ स्मरण गर्छन्, वृहत् रक्तदान गर्ने गरी गएको टोलीले जम्मा २ युनिट मात्रै रगत ल्याएर बुटवल आएको थियो ।

तर अहिले भने अवस्था त्यस्तो छैन । रुपन्देहीमा नै केन्द्रीय कार्यालय रहेका दुई वटा रक्तदाताहरूको संगठन पूर्ण रूपमा क्रियाशील छ । भने अर्को काठमाडौँ  केन्द्रीय कार्यालय भए पनि काठमाडौँका भन्दा बढी गतिविधि रुपन्देहीमा गर्दै आएको छ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको नेपाल नियमित रक्तदाता सङ्घ, तिलोत्तमा रक्तदाता समाज रहेका छन् भने नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीमा अझ बढी क्रियाशील छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीसंग ६०० बढी आजीवन सदस्य रहेका छन् । सदस्य भन्दा बाहिर पनि नियमित रूपमा रक्तदाता क्रियाशील छन् ।

वि.सं. २०७० साल देखि सबैभन्दा बढी रक्तदाता गरी सहभागी बनाएर सम्मानित समेत भएको नेपाल स्वयंसेवी रक्तदाता समाजले नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शनिवार र आक्सीम रूपमा पनि रक्तदान गर्दै आएको छ । समाजका केन्द्रीय महासचिव तथा रुपन्देही जिल्ला संस्थापक अध्यक्ष तथा वर्तमान अध्यक्ष समेत रहेका कृष्ण चौहान क्षेत्रीका अनुसार समाजले वार्षिक रूपमा ३५ सय भन्दा बढी युनिट रक्तदान गर्दै आएको छ ।

समाजका केन्द्रीय महासचिव चौहानका अनुसार आज भन्दा १० वर्ष पहिला रक्तदान कम मात्रामा हुने भए पनि माग अनुसार आपूर्ति नभएको कारण अधिकांश केस अन्य जिल्लामा सिफारिस हुने अवस्था थियो । जब नेपाल स्वयंसेवी रक्तदाता समाज आएपछि नियमित रूपमा रक्तदान कार्यक्रम, जनचेतनामा अभिवृद्धि पछि बिस्तारै दाताहरू, अभियान समेत दरिलो बन्दै गएको हो ।

८६ पटक रक्तदान गरेका चौहानले पछिल्लो समयमा रक्तदान गर्ने युवाहरूको सङ्ख्या विदेशीदा पनि स्वदेशमा केही मात्रामा रगत दान गर्ने मानिसको अभाव भएको महसुस गरिएको बताउँछन् । उनी भन्छन्–‘अभियान सहर केन्द्रित भन्दा गाउँ गाउँमा हामी चलाइरहेका छौँ, सहरमा पनि छ, नयाँ रक्तदाताहरूको थप्न नसकेका समस्या आउन सक्ने स्थिति पनि छ ।’

रुपन्देहीमा बुटवल र भैरहवामा करिब ६०० वटा सङ्घ संस्थाले रक्तदान गर्दै आएका छन् । तर नियमित रूपमा गर्ने सङ्घ संस्थाको भने अभाव छ । जसमा वर्षमा १००० युनिट सम्म रक्तदान गर्ने सङ्घ संस्थाको सङ्ख्या झन्डै १०० को हाराहारीमा रहेको छ । जसलाई नेपाल रेडक्रस सोसाइटीले आफ्नो कार्यक्रममा सहभागी सहित विश्व रक्तदान दिवसको अवसरमा सम्मान समेत गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका उप–सभापति तथा शुुशिल गुरुङ्गका अनुसार बुटवल र भैरहवामा दैनिक १०० देखि १२० युनिट सम्म रगत आवश्यक हुन्छ । जसको व्यवस्थापन विभिन्न सङ्घ संस्थाहरूले गर्दै आएका छन् ।

घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीका अनुसार बजारमा रक्तदाताको सङ्ख्या कमी नभएको तर एउटै बिरामीको लागि चिकित्सकबाट नै ७–८ पोका सम्म रगत चढाउनुपर्ने गरी आएको कारण पछिल्लो समयमा समस्या भइरहेको बताउँछन् ।

उनी भन्छन्–‘बुटवलमा एउटा समस्याको रूपमा एउटै बिरामीलाई ७–८ पोका सम्म रगत चढाउनुपर्ने भन्दै डाक्टरबाट आउँदा समस्या भइरहेको छ, त्यही बिरामी काठमाडौँ लैजाँदा १ पोका पनि नचढाईकन निको भएर आएको पनि हामीले पाएका छौ, जुन समस्या को रूपमा छ ।’ अनिवार्य मात्रै चढाउनुपर्नेलाई निश्चित मात्रामा मात्रै चढाउने गरी चिकित्साबाट लेखेर आउनुपर्ने उनको भनाई छ ।

यसको साथै बजारमा बिहानको समयमा रक्तदान कार्यक्रम भइरहेका हुन्छन्, तर सकारी अस्पताल र अन्य अस्पतालमा चिकित्सक भर्ना भएका बिरामीहरूको लागि राउन्डमा दिउँसो, साँझमा आउने त्यो बेला मात्रै पिआर फी (सेतो रगत) चढाउनको लागि सिफारिस गरिदिँदा बिरामीका आफन्त र अन्यलाई पनि समस्या भएको वरिष्ठ उपाध्यक्ष भण्डारी बताउँछन् ।

उनी भन्छन्–‘कमसेकम बिहानको समयमा पिआर फी चाहिने बिरामीको अवस्था चेकजाँच गरी सोही अनुसार सूचना आफन्तहरूमा प्रवाह भएमा सोही अनुसार व्यवस्थापन गर्न सकिन्छ, तर त्यसो भएको पाइँदैन, जसले थप समस्या सृजना भइरहेको छ । ’

रुपन्देहीमा हाल बुटवल र भैरहवा रक्तसञ्चार सेवा केन्द्र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गर्दै आएको छ । भैरहवाको युनिर्भसल मेडिकल कलेजमा पनि युनिट राखिएको छ । भने बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार सङ्घको सहयोगमा छुट्टै रक्तसञ्चार सेवा केन्द्र शनिवारबाट शुभारम्भ भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?