ट्रेंडिंग:

>> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग

लुम्बिनी प्रदेश सरकारको लगानी बालुवामा पानी

१२ जेष्ठ २०८२, सोमबार
१२ जेष्ठ २०८२, सोमबार

गुल्मी, १२ जेठ ।
गुल्मीमा लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएका संरचनाहरू प्रयोगविहीन भएका छन् ।  जिल्लामा प्रदेश सरकारले लगानी गरेका योजनाहरू यसै प्रयोगविहीन हुँदा प्रदेश सरकारको लगानी बालुवामा पानीसरह भएको हो । सदरमुकाम तम्घासमै रहेको थ्रिडी पार्कमा रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा निर्माण भएको पार्क यसै प्रयोगविहीन अवस्थामा छ । त्यस पश्चात् रेसुङ्गा नगरपालिकाले पटक पटक गरी १० लाख रुपियाँ भन्दा बढी रकम मर्मतमा खर्च गरिसकेको भए पनि उक्त पार्क बेवारिसे जस्तै भएको छ ।

सरकारलाई खबरदारी गर्ने जिल्ला प्रशासन अगाडि रहेको पहिलेको लाकुरी मञ्चको नाम निसानै सकेर बनाइएको पार्क प्रयोगविहीन हुँदा पहिलेकै लाकुरी मञ्चकै रूपमा अगाडि बढाउनुपर्नेमा कतिपयले जोड दिँदै आएका छन् । यस पार्कमा घाँसले झाडी भएको थियो,सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरूमा समाचार प्रकाशन भएपछि केही दिन पहिले घाँस मात्रै काटिएको छ । प्रयोगमा ल्याउने विषयमा भने अझै अन्योल नै देखिएको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्र अर्जुनमा लुम्बिनी प्रदेश सरकार उद्योग वन  तथा वातावरण मन्त्रालयको १४ लाख ४० हजार र उपभोक्ता समितिको तर्फबाट एक लाख ४४ हजार गरी १५ लाख ८४ हजारको लागतमा सेल्फी टावर निर्माण गरिए पनि अहिले प्रयोगविहीन नै बनेको छ  ।  यस्तै सदरमुकाम तम्घासकै उनायचौरमा १३ लाख ३८ हजार ९११ रुपियाँमा निर्माण भएको  ट्रीहाउस पनि अहिले प्रयोगविहीन अवस्थामा रहेको छ । उक्त हाउसको २०७६ सालमा तत्कालीन उद्योग वन तथा पर्यटन मन्त्री लीला गिरीले तामझामका साथ उद्घाटन गरेका थिए  ।अहिले उक्त संरचना प्रयोगविहीन अवस्थामै रहेको छ ।

दीर्घकालीन रूपमा योजना नबनाई सस्तो लोकप्रियका लागि बनाइएका संरचनाहरू अहिले प्रयोग विहीन अवस्थामा रहेका हुन् । प्रयोगविहीन भएका संरचनाहरुलाई सञ्चालनमा ल्याउनका लागि सरोकारवाला निकायले कुनै ध्यान नै दिएको पाइदैन् । नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले राज्यको रकम खर्चेर बनेका संरचनाहरूलाई संरक्षण र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । जे उद्देश्यका साथ निर्माण भएको हो सोही अनुसार नै सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ । दीर्घकालीन रूपमा योजना नबनाई सस्तो लोकप्रियताका लागि बनाएका संरचनाहरू  अहिले गलपासो जस्तै भएको उनको तर्क छ ।

यता रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता रामजी पन्थीले प्रयोग विहीन संरचनाहरू सञ्चालनका लागि प्रदेश सरकारसँग रकम माग गरिएको बताएका छन् । प्रदेश सरकारसँग रकम माग गरिएको बताउँदै प्रदेशबाट रकम नआए पनि नगरको बजेटबाटै भए पनि संरचनाहरूलाई सञ्चालनमा ल्याएरै छाड्ने उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?