ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

आस्थालाई ‘उद्यमको’ आश

भैरहवा स्थायी घर भएकी विद्यार्थी आस्था बुढाप्रीतीले सामाजिक सञ्जालबाट सिकेर आफूले उत्पादन गरेका विभिन्न सामग्री सामाजिक सञ्जालबाटै बिक्री गरेर युवामाझ विद्यार्थी उद्यमीको छाप छाड्न सफल भएकी छिन् ।
५ जेष्ठ २०८२, सोमबार
५ जेष्ठ २०८२, सोमबार

बुटवल, ०५ जेठ ।
भैरहवाकी आस्था बुढाप्रीती आज भन्दा डेढ बर्ष पहिला बिरामी भइन् । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्नातकमा भर्ना भएकी उनी क्याम्पस जान नसक्ने अवस्थामा घरमा नै बसेकी थिइन् । घरमा बस्दै गर्दा उनमा एउटा एउटा सोँच आयो ‘बिरामी हुँदा थप तनाव पनि नहुने माईन्ड डाईभर्ट पनि हुने, यसो बुनाइको काम सिकौं ।’ घरमा पहिलादेखि नै सिलाई बुनाईको काम भएपनि उनले उनीको धागोबाट कपडा, बुन्ने गरेकी भने थिइनन् ।

विभिन्न सोसल मिडिया हेर्दै उनले उनको धागोबाट विभिन्न सजावटका सामग्रीहरू, प्रयोग गर्न मिल्ने सामान, कि रिङ्ग, डल लगायत बनाउन थालिन्, आफैले बनाएका सामग्रीहरू उनिले सामाजिक सञ्जालमा समेत राख्दै गईन् । विभिन्न स्थानबाट माग समेत आउन थाल्यो । विरामी निको भएपनि उनि बुटवलमा बस्न थालिन्, तर उनलाई उद्यमी बन्ने ‘लतले छाडेको’ थिएन् ।

नेपाली कटन धागोलाई हातले बुनेर उनले विभिन्न सजावटका, सौन्दर्यका साथै महिलाले प्रयोग गर्न मिल्ने कपडा (ब्रा) पनि उत्पादन गर्न थालिन् । बुटवलको लुम्बिी बाणिज्य क्याम्पसमा अहिले स्नातक तह दोस्रो समेष्टरमा अध्ययन गर्दै गरेकी उनले विद्यार्थी उमेर देखि नै ‘उद्यमी यात्रा’ सुरुवात गरेकी छिन् ।

कालिका मानवज्ञान मावि बाट कक्षा १२ सकेर उनि लुम्बिनी बाणिज्यमा अध्ययन सुरुवात गर्दै गर्दा उनले विद्यालय समय बाहेक अन्य समयमा ती सामग्री बनाउनको लागि लागिपरेकी हुन्छिन् । उनी भन्छिन्–‘विरामी भए, बिरामीले मलाई उद्यमी बनायो ।’ पहिला सौखको रूपमा बनाएकी उनले पछिल्लो समयमा विजेनश मुड आएको छ । कटनको धागोको बनाएको, ब्याग, कस्टम, कि रिङ्ग, डल, खेलानाका अन्य सामग्रीहरू समेत उनले बनाएकी छिन् । हातबाट बनेका सामग्रीहरू विभिन्न स्थानबाट अर्डर समेत आउने गरेका छन् ।

बुटवलका विभिन्न स्थानबाट उनले आफुलाई चाहिने सामग्रीहरू खरिद गर्दछन्, अन्य अलि बढी मात्रामा चाहिएमा उनले धागो थोकमा भैरहवाबाट नै खरिद गर्दै आएकी छिन् ।हरेक महिनाको शनिबार विहान लाग्ने बुटवलको ‘खस्यौली बजारमा’ पनि उनले आफ्ना उत्पादन बिक्रीका लागि लैजाने गरेकी छिन् । स्वदेशमा उत्पादन भएको युवा विद्यार्थी उद्यमीले उत्पादन गरेका सजावटका सामाग्रीहरू सहित अन्य कस्टम सहित कि रिङ्ग उपभोक्ताको रोजाईंमा पर्ने गरेको उनको भनाई छ । आफूले उत्पादन गरेका सामग्रीहरू उनले क्याम्पसमा आयोजना हुने विभिन्न कार्यक्रममा समेत विक्रिका लागि राख्र्दै आएकी छिन् ।

डेढ बर्ष अघिबाट सुरुवात गरिएको उनको यो ह्यान्डीक्राप्ट उद्यमीको यात्रा यत्तीकै रोकीनेवाला छैन । उनी भन्छन्–‘यसलाई अझ एक्सप्लान गरी बृहत बनाउने, थप ईम्प्लोई पनि थप्ने योजना छ । ’ परिक्षाको समयमा यो काम राक्ने र अन्य समयमा भने उनिले क्याम्पस समय भन्दा अन्य बचेको समयमा भने कार्य गर्दै आएको बताउँछिन् । ‘विद्यार्थीहो समय व्यवस्थापनमा केही समस्या त हुन्छ तर म म्यानेज गरिरहेको छु ।’ आस्थाको भनाई छ । आफ्नो उमेरका अन्य साथीहरूले खाली समय यत्तीकै व्ययतीत गरेको आफुले देखेको भन्दै उने तर यसको लागि आफूले भने केही नयाँ काम गर्नको लागि यो काम अगाडी बढाएको बताउँछन् ।

उद्यमी सुरुवात गरेको धेरै नभएको भन्दै उनले महिनामा ५० हजार रूपैयाँ जति आम्दानी गर्दै आएको बताईन् । उनिले भनिन्–‘भखरै मात्रै सुरुवात गरेको खासमा धेरै आम्दानी छैन, अझै काम बढाउँदै छु, ५० हजार भन्दा बढी होला, अब ।’ परिवारबाट समेत पूर्ण साथ पाएको कारण आफ्नो ‘विजेनश आईडीया’ लाई अझ विस्तारको लागि योजना समेत बनाएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?