Butwal Today

लुम्बिनी प्रदेश सभाको दोस्रो बैठक आज बस्दै, यस्तो छ कार्यसूची

१ जेष्ठ २०८२, बिहीबार
अ+
अ-

देउखुरी-

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन अन्तर्गत दोस्रो बैठक आज बिहीबार दिउँसाे १ बजे बस्दैछ ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार सम्भावित कार्यसूची अन्तरगत बैठकमा तीन मुख्य विषयहरु तय गरिएको छ ।

आजको बैठकमा एउटा विधेयक पेश हुने, सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सदस्यहरुको अनुपस्थितिको जानकारी सभामा गराउने, प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा मन्तव्य राख्ने कार्यसूचीमा समावेश गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा बैठकमा पेश गर्ने सम्भावीत कार्यसूची रहेकाे प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?