ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

कृषि र पशुपालन व्यवसायबाट आत्मनिर्भर बन्दै दाङका किसान

३१ बैशाख २०८२, बुधबार
३१ बैशाख २०८२, बुधबार

दाङ,३१ बैशाख ।

दाङको तुलसीपुर उपमहानगरपालिका –१५ का चन्द्रलाल चौधरीले तीन भैसी,एक गाई र ६ वटा बाख्रा पालेका छन् । उनले तरकारी खेती पनि गरेका छन् ।

९ वर्ष मलेसिया बसेर फर्किएका चौधरीले घरपरिवारसंग बसेर स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचाइ आएर पशुपालन र तरकारी खेती सुरु गरेको बताए । गाईभैसीको दुध बिक्री गर्दा गाउँमा बिक्री हुने दरमै बिक्री गर्ने गरेको तर तरकारीको भने व्यापारीले मूल्य निर्धारण गर्ने गरेको बताए ।

दैनिक ४० लिटर दुध बिक्री गर्ने गरेको छु, उनले भने, ६ जनाको परिवार छ सबै खर्च कृषि  पेसाबाट भएको आम्दानीबाट चलेको छ । जुनसुकै काम गर्दा योजना बनाएर गर्नुपर्ने, बजारको मूल्य समय समयमा बुझ्नु पर्ने ज्ञान उनलाई आएको छ । मुक्त कमलरी बिकास मञ्चले सञ्चालन गरेको मुक्त कमलरी सशक्तिकरण परियोजना अन्तर्गत आफ्नो व्यावसाय शुरु तथा सुधार सम्वन्धि पाँच दिने तालिम लिएपछि चौधरीले व्यावसाय गर्ने सीप विकास भएको बताए ।

तुलसीपुर उपमहानगरपालिका– १५ का जोखनी चौधरी गाउँमा गठन भएको हरियाली महिला कृषक समूहको सदस्य हुन् । उनले चार कठ्ठा जमिनमा तरकारी खेती गरेकी छन्  । तरकारी बिक्री गर्न तुलसीपुर वजार आउने र ग्रहाकले भनेको मूल्यमा तरकारी बिक्री गर्ने गरेको उनले बताइन् । मुक्त कमलरी सशक्तिकरण परियोजना अन्तर्गत आफ्नो व्यावसाय शुरु तथा सुधार सम्वन्धि तालिम लिएपछि व्यवसायलाई व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा  जानकारी लिएको उनको भनाइ छ ।

लमही नगरपालिका –३ वनगाँउका रिता चौधरी लालिगुँरास महिला पशुपालन सशक्तिकरण समुहको सचिव हुन् । उनले आठ कठ्ठा जमिनमा बोडि, भिन्डी, करेला र सिमि खेती गरेकी छिन् । तालिमपछि उनले पानीको अवस्था हेरेर खेती गर्नुका साथै तरकारी बिक्री, पैसाको हिसाब, आम्दानी अनुसारको वचत गरेर मात्रै खर्च गर्ने कुरा सिकेको बताइन्  ।

समुहका अध्यक्ष माया चौधरीले भनिन् ‘प्रत्येक महिना दोस्रो सोमबार बैठक बस्ने र ५० रुपैया बचत गर्ने गरेका छौ ।’ ‘गाउँमा समूह नहुँदा दिनभरी घरमै बस्थ्यौ पैसा बचत गर्ने र आम्दानी गर्ने बारेमा केही जानकारी थिएन । समुहमा आबद्ध भएपछि पैसा बचत गर्न र आम्दानी गर्न जानेका छौ,’उनले भनिन् । गाउँका प्रत्येक टोलमा समूह छन् । गाँउमा कृषक समूह, मौरीपालन समूह, पशुपालन समूह र किराना पसल समूह  खोलिएकाछन् ती सबै समूहमा महिला र पुरुष पनि सदस्य छन् ।

घोराही उपमहानगरपालिका उद्योग व्यावसाय प्रवद्धन शाखा उद्यम बिकास सहजकर्ता चन्द्रबुढा मगरले तालिमले सीप दिने र सीपले आत्मनिर्भर बनाउने बताए  । सबैले आफ्नो व्यवसायमा हुने घाटा नाफाको हिसाव गरेर व्यवसाय बढाएर स्वदेश मै आत्मनिर्भर बन्नु सुझाव दिए  । महिलाहरु आम्दानीमा जोडिएपछि घरपरिवारमा पनि सौहार्दपूर्ण वातावारण भएको उनले बताए ।

कमलरी सशक्तीकरण परियोजनाले परियोजना लागु भएको घोराहीमा २० वटा समूह, लमहीमा १० वटा समुह र तुलसीपुरमा १० वटा समुह गरी ४० समुहमार्फत कार्यक्रम गर्दै आएको छ । २०२१ देखि लागू भएको उक्त परियोजनाबाट हालसम्म १२ सय बढी लाभान्वित भएका मुक्त कमलरी विकास मञ्चले जनाएको छ ।

मुक्त कमली विकास मञ्चले परियोजनामार्फत मुक्त कमलरी, सिमान्तकृत, जनजाति, हिंसा पीडित, एकल महिलाहरुको उत्थानका लागि आयआर्जनमा आधारित कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?