ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

उद्यमी बन्न वनको बल

चुलो चौकामा सीमित रहने महिलाहरू अहिले बेसार उद्योग खोलेर बेसार उत्पादन र बजारीकरणमा व्यस्त छन् ।
३१ बैशाख २०८२, बुधबार
३१ बैशाख २०८२, बुधबार

बुटवल, ३१ बैशाख ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर–३ पेन्डाका महिलाहरू दैनिक चुलो चौकामा मात्रै सिमित थियो । गत बैशाख महिनामा यत्तीकै दिनभर खाली रहेका ५ जना महिलाहरूलाई जम्मा गरेर एउटा समूह निर्माण भयो । डिभिजन वन कार्यालय पाल्पाको आर्थिक सहयोगमा महिलाहरूलाई आत्मनिर्भर बनाउने गरी कुटानी पिसानी मेसीन प्राप्त भयो ।
५ जना महिलाले १०/१० हजार रूपैयाँ जम्मा गरी सुरु गरे दोभान अर्गानिक मसला उद्योग । समूहका संयोजक सिता कुँवरका अनुसार गिता शर्मा, कृष्ण राना, सिता श्रेष्ठ, विजयलक्ष्मी श्रेष्ठले सुरुवातमा बीउपुँजीको रूपमा ५० हजार सम्म गरेका थिए । सोही बाट अहिले उद्योगको रूप लिएको छ ।

भुतखोला सामुदयिक वन उपभोक्ता समूह तिनाउ–३ पाल्पाका महिला उद्यमीहरूद्वारा सञ्चालित ‘दोभान अर्गानिक मसला उद्योग’ नाम दिएर घरेलु उद्योग उनीहरूले स्थापना गर्न सफल भएका हुन । बेसार उत्पादक समूहका संयोजक सिता कुँवरका अनुसार अन्य समयमा खाली बस्नु भन्दा वन बाट आएको सहयोगले समूह निर्माण गरी आम्दानी गर्दै आएको बताउँछन् । गत बैशाख महिनाबाट सुरुवात भएका यो उद्योग घरेलु उद्योग हो, जसबाट किसानले उत्पादन गरेको बेसार संकलन गरी प्रशोधन गरेर विक्रि वितरण गर्दै आएका छन् ।

गाउँमा बेसार उत्पादन भएपनि त्यसको धुलोको रूपमा बजारीकरण हुन नसकीरहेको अवस्थामा गाउँका महिला उद्यमीहरूले सुरुवात गरेको उद्योगले गाउँको कच्चा पदार्थ गाउँमा नै खपत भैरहेको साथै स्वरोजगार बन्ने बाटो समेत सुरुवात भएको तिनाउ गाउँपालिका वडा नम्बर ३ का जनप्रतिनिधि वडा सदस्य टंकनाथ बस्याल बताउँछन् । उनका अनुसार सामुदायिक वन, डिभिजन वन कार्यालयको सहयोगमा महिलाहरूलाई आत्मनिर्भर बनाउनको लागि यो अभियान सार्थक हुने अपेक्षा समेत व्यक्त गरिएको छ ।

बेसार समुहका संयोजक सिता कुँवरका अनुसार पहिलो चरणमा बेसाल लाई प्रथामिकतादिदै उत्पादन गरिएको छ भने निकट भविश्यमा अन्य उत्पादन पनि थपिदै जाने हो । वन बाट प्राप्त गरेको मेसीनबाट त्यहाँ कुटानी, पिसानीका लागि आउने अन्य उपभोक्ताको कुटानी, पिसानीको काम पनि गरिदै आएको छ । गेडागुडी, तेजपत्ता, चामलको पिठो, अन्य कुटानी पिसानीका काम समेत गरिदै आएको छ ।

अहिले दोभानअर्गानिक मसाल उद्योगमा उत्पादन भएको बेसार बुटवल, भैरहवा सहित पाल्पा तानेसन लगायतका स्थानमा जाने गरेको छ । अन्य केमीकल नमिसाईएको गाउँको बेसार खरिद गरी सोही बाट पिठो(धुलो) बनाएर उत्पादन गर्दै आएको कारण यसको माग समेत विस्तारै बढ्दै जाने अपेक्षा समेतव्याक्त गरिएको छ । अहिले उक्त उद्योग बाट उत्पादन भएको बेसार २०० ग्रामहको १ सय रूपैयाँ र १०० ग्रामको ६० रूपैयाँमा विक्रि भैरहेको छ ।

भुतखोला समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिल कुमार रोका अनुसार डिभिजन वन कर्यालयबाट ५० प्रतिशत अनुदानमा बेसार बनाउने मेसिन प्राप्त भएको र उक्त मेसीन ५ जना सामुदायीक वन उपभोक्ता समितिका सदस्य समेत रहेका महिला उद्यमीहरूलाई सञ्चालनको लागि प्रदान गरिएको जानकारी दिईन् । उनले डिभिजन वन कार्यालय पाप्पाबाट १ लाख ३५ हजार रूपैयाँ रकम अनुदानको रूपमा प्राप्त भएको र वनले त्यसमा ५० प्रतिशत रकम थप गरेर मसला उद्योग स्थापना गरिएको अध्यक्ष रोकाले जानकारीदिईन् । उनले भनिन्–‘ महिला उद्यमशिलताको लागि वनले एउटा प्रयासगरेको छ, अर्गानिक उत्पादन बजारीकरण हुँदा समुहलाई समेत फाईदा पुग्ने अपेक्षा हामीले लिएका छौं । ’ गाउँमा उत्पादन भएको बेसार(छोरा) लाई धुलो बनाएर उपभोग गर्दा यसबाट थप राम्रो हुने समेत उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?