ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

धार्मिक पर्यटनको संभावना खोज्दै ‘हरिहर मुक्तिधाम गया क्षेत्र’

२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

बुटवल, २९ वैशाख ।
श्रद्धालुहरू १ सय ८ वटा पिपलको श्रद्धाविधीपूर्वक पुजा–आजा गर्छन, जलार्पण गर्छन्, वृक्षमा डोरी बाँध्छन्, अबिर लगाउँछन् र फूलअक्षता चढाउँछन् । यसो हेर्दा लाग्छ, यहाँ कुनै महायज्ञ वा धार्मिक अनुष्ठान भैरहेको पो छ की ? अझै बढी बैशाख महिनाको शनिबार स्वतःस्र्फुत रूपमा टाढा–टाढा बाट समेत श्रद्धालुहरू आएर ‘धार्मिक मेलाको झल्को आउँछ ।
यो दृश्य बुटवल उप–महानगरपालिका वडा नम्बर–१५ मा रहेको ‘हरिहर मन्दिर मुक्तघाट गया क्षेत्र’ को हो । प्राकृतिक रूपमासमेत पिपलको बृक्षको महत्व रहेको बेला उक्त क्षेत्रमा रोपीएका १ सय ८ पिपलले श्रद्धालुहरूलाई विस्तारै आकर्षण गर्दै गएको पाइएको छ ।

खासगरी बैशाख महिनाको शनिबार देशका अन्य विभिन्न स्थान पुर्वमा चितवन, काठमाण्डौ देखि पश्चिमा बाँके बर्दिया र भारतबाट समेत श्रद्धालुहरूको आगामन हुने गरेको छ । लहरै रोपीएका पिपलले विस्तारै रुखको आकार लिँदै गर्दा थप आकर्षण प्रदान गरेको पाइन्छ । बुटवल उप–महानगरपालिका –१७ रतनपुरका स्व. देविराम उपाध्यायले सर्वप्रथम १ सय ८ वटा पिपलको रुख रोपे । विस्तारै पिपलका विरुवाले रुखको रूपधारणा गरेपछि अहिले बुटवल उपमहानगरपालिका वडा नम्बर–१५ मुक्तीधाम टोल कार्साघाट क्षेत्रमा धार्मिक श्रद्धालुहरूको गन्तव्य रूपमा विकास हुँदै गएको छ ।
वि.सं. २०६५ सालमा हरिहर मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिको स्थापना पश्चात करिव ढाई विघामा फैलिएको यो क्षेत्रमा बर पिलमा जलार्पण गर्नको लागि प्रत्येक शनिवार भिडभाड लाग्ने गर्दछ । निकट भविश्यमा बुटवलको मात्रै नभएर देशकै मुख्य धार्मिक गन्तव्यको रूपमा विकास गर्ने गरी कार्य अगाडी बढाइएको छ ।

खासगरी शनि संकटा ग्रह लागेका व्यक्तिहरुले एक पटक १ सय ८ बर पिपलको पूजाआजा गरी जलार्पण गर्न सकेमा शनि शंकटा ग्रहदशा पारलाग्ने धार्मिक जनविश्वास रहेको कारण उक्त क्षेत्रमा मुख्य रूपमा बैशाख महिनाको ४ वटा शनिबारको दिन अन्य दिनमा भन्दा उल्लेख्य मात्रामा धार्मिक पर्यटक आउने गर्दछन् । पछिल्लो समयमा विभिन्न स्थानमा यसको प्रसार–प्रसार गरिएको कारण रूपन्देही सहित दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी, चितवन र भारतबाट समेत धार्मिक पर्यटक आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुक्तिराम खनाल बताउँछन् ।बुटवल उपमहानगरपालिका वडा नम्बर १५ र १६ को सिमाना क्षेत्र, सैनामैनाको नजिकै पूर्वपश्चम राजमार्ग देखि नजिकै भएको कारण पनि श्रद्धालुहरूको विस्तारै आकर्षण बढ्दै गएको हो ।

मुक्तिराम खनाल
अध्यक्ष
हरिहर मन्दिर संरक्षण तथा सम्बद्र्धन समिति

देशकै उत्कष्ठ धार्मिक गन्तव्य विकास गर्ने गरी अहिले उक्त क्षेत्रमा काम भैरहेको छ । निकट भविश्यमा उक्त स्थानमा १ सय ८ वटा शिव लिंङ्ग र १ सय ८ वटा धारा समेत निर्माण गरी एकै पटक मा श्रद्धालुहरूले १ सय ८ बर पिपलको पूजाआजा, एकै पटक १ सय ८ धारा र १ सय ८ शिवलिंङ्गको पुजा गर्न मिल्ने गरी योजना अगाडी बढाइएको अध्यक्ष खनालको भनाई रहेको छ । ढाई विघा क्षेत्रफलमा फैलिएको यो क्षेत्रमा अहिले बुटवल उपमहानगरपालिका बाट कम्पाउन्ड वालको लागि ६ लाख रूपैयाँ विनियोजन गरी काम सकिएको छ भने यस्तै प्रदेश सरकारबाट पानी टैंक निर्माण मुक्ताघाट र मन्दिरको लागि १० हजार लिटरक्षमताको लागि १५ लाख मा टेन्डर भएर अहिले काम भैरहेको छ । उक्त धाम क्षेत्रमा थप २० लाख रूपैयाँ बराबारको बुटवल उपमहानगरपालिका बाट बजेट विनियोजन भै कम्पाउन्ड वाल लगाउने काम भैरहेको छ । मन्दिर क्षेत्रमा खानेपानीको आवश्यकतालाई मध्यनजर गर्दै स्थानीय समाजसेवी चिन्तामणी आचार्यले साढे ३ लाख रूपैयाँ बढीको लागतमा बोरिङ्ग स्थापना गरेका छन् ।

मुक्तिधाम टोल विकास संस्थाका अध्यक्ष तथा हरिहर मन्दिर संरक्षण समितिका सदस्य प्रेम पौडेलका अनुसार सबैको साथ र सहयोगबाट अहिले सम्म मन्दिर व्यवस्थापनले काम गर्दै आएको बताए । बुटवल उपमहानरपालिकाको आर्थिक सहयोगबाट ४८ लाखको गुरुयोजना निर्माण गरी पेश समेत गरिएको उनले जानकारी दिए । हाल बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तथा प्रवक्ता शिव रानाले उक्त हरिहर धार्मिक क्षेत्रको विकास तथा प्रर्वद्धनको लागि सहयोग गर्दै आएको जानकारी दिए ।हहिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुक्तीराम खनालका अनुसार भगवान विष्णुको बासस्थान भएको स्थानको रूपमा समेत उक्त क्षेत्रलाई चिन्ने गरिन्छ । कासगरी शनि एकदशी वा बैशाख महिनामा पर्ने शनिवार को दिनमा श्रद्धालुहरूले आउने गर्ने जानकारी दिए ।

प्रेम पौडेल
अध्यक्ष,
मुक्तिधाम टोल विकास संस्था

उक्त हरिहर क्षेत्रमा गणेश मन्दिर, शिव मन्दिर, विष्णु मन्दीर, नाग देवताको मन्दिर, शनि देवताको मन्दिर पनि रहेको छ । मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा गर्ने गरी काम भैरहेको उनको भनाई छ । उनी भन्छिन्–‘शनिबार विष्णु देवताको पुजा गर्दा संकटा समेत टर्ने जन विश्वास रहेको छ ।’ निकट भविश्यमा साधु सन्तहरूको लागि आवास क्षेत्र समेत निर्माण गर्ने गरी काम भैरहेको अध्यक्ष खनालको भनाई छ । विष्णु भगवान्को मन्दिर र अन्तीम संस्कार गर्ने स्थान पनि नजिकै रहेको कारण यसको धार्मिक महत्व अझ बढी रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?