ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

सरकारी गाडी बेवारिसे, व्यवस्थापनमा छैन ध्यान

२८ बैशाख २०८२, आइतबार
२८ बैशाख २०८२, आइतबार

गुल्मी, २८ वैशाख ।

गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी नम्बर प्लेटका गाडी प्रयोगविहीन अवस्थामा यसै थन्किएर बसेका छन् । लामो समयदेखि गाडी प्रयोगविहीन भएर रहँदासमेत त्यसको ब्यवस्थापनका लागि सरोकारवाला निकाय मौन रहेको पाइएको छ ।

जिल्ला समन्वय समिति गुल्मीको परिसरमा रहेका करोडौँ मूल्य पर्ने चार वटा ल्यान्डरोभर कम्पनीका गाडी यसै थन्किएर बसेका छन् । दैनिक ती गाडीले कार्यालय प्रमुख र कर्मचारी देख्छ भने कार्यालय प्रमुख र कर्मचारीले ती गाडी नदेखेजस्तो गर्ने गरेको पाइएको हो ।

जिल्ला समन्वय समिति गुल्मीको परिसरमा चार वटा गाडी यसै कुनामा थन्किएर बसेका छन् । लामो समयदेखि ती गाडी प्रयोगविहीन अवस्थामा छन् । चार वटा गाडी मध्ये दुई वटा गाडीको कार्यालयमा अभिलेख पाइन्छ भने दुई गाडी यसै बेवारिसे छन् । बेवारिसे दुई गाडी कुन कार्यालय र कसको भन्ने नै पत्तो छैन ।

चार वटा ल्यान्डरोभर कम्पनीका गाडी मध्ये बा १ झ ६६८० र ६६८१ नम्वरका गाडी मात्रै कार्यालयको अभिलेखमा रहेको सूचना अधिकारी सृजना मिश्राले जानकारी दिइन । अन्य दुई गाडी कार्यालयको परिसरमा भए पनि अभिलेख नभएको उनको भनाइ छ । उनका अनुसार अभिलेखमा रहेका दुई गाडीको पनि लामो समयदेखी नविकरण भएको पाइदैन् । बेवारिसे दुई गाडी मध्ये एउटा गाडीको नम्वर प्लेटनै छैन भने अर्कोको राम्रोसङग बुझन सकिदैन् । प्रयोगविहीन गाडीहरुको ब्यबस्थापन गर्नका लागि कार्यालयले हालसम्म कुनै चासो नै देखाएको पाइदैन् ।

बिरामी बोक्ने एम्बुलेन्स वर्षौदेखि आफैँ बिरामी

बिरामी बोक्ने गुल्मी अस्पतालका दुई वटा एम्बुलेन्स बर्षौदेखी आफैँ बिरामी भएर थलिएका छन् । लु १ झ २७९ नम्बर र लु १ झ २३५ नम्बरको एम्बुलेन्स एउटा कुनामा रहेको गुल्मी अस्पतालका सूचना अधिकारी रमेशप्रसाद पन्थीले जानकारी दिए । लिलाम बिक्री गर्नका लागि राजस्व छुट र अनुदानमा आएका एम्बुलेन्सका लागि धेरै झन्झटिलो हुने गरेकाले समस्या भएको उनको भनाइ छ । यस्तै जिल्लामा रहेका ५६ वटा एम्वुलेन्स मध्ये १८ वटा एम्वुलेन्स बिग्रिएर बसेका छन् ।

दुरसञ्चारमा डोजरको भग्नावशेष

जिल्ला दुरसञ्चार कार्यालयको भवनअगाडि एउटा डोजरको भग्नावशेष छ । गुल्मीमा दुरसञ्चार कार्यालय स्थापना कालदेखि नै उक्त डोजर उही अवस्थामा छ । हालसम्म पनि कुनै कम्पनी वा व्यक्तिले डोजरको दाबी गर्न आएका छैनन् । उक्त डोजर आफूहरुलाई निल्नु न उकेल्नु भएको कार्यालयले जनाएको छ ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रयोगविहीन अवस्थामा रहेका गाडीको ब्यबस्थापनका लागि पहल भइरहेको बताए । लामो समयदेखी उक्त गाडीहरु नविकरण नभएकाले लिलाम बिक्रीमा समस्या रहेको उनको भनाइ छ ।

गौतमका अनुसार पहिले सवारी नविकरण नगरी लिलाम बिक्री पनि गर्न नसकिने भएकाले सम्बन्धित कार्यालयमा बजेट पनि नभएकाले समस्या रहेको छ । यसका साथै विभिन्न प्राविधिक समस्याहरु पनि रहेकाले समस्या समाधान गर्नका लागि आफूले पहल गर्दै आएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?