ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

मासिंदै वरदान भएका वर पिपल

२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार

पाल्पा, २६ वैशाख ।

पुराना पुस्ताहरुले लगाएका सडक किनारका वर पिपलहरु धमाधम काटिंदै गएका छन् । सार्वजनिक क्षेत्रमा सय वर्ष भन्दा पुराना धार्मिक महत्व बोकेका रुख तथा तथा चौपारी आसपासका जमिन सबै आवास तथा सडकमा परिणत हुन लागेपछि वर पिपलहरु काटिएका हुन् ।

वातावरणीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण ठानिने वर पिपलका रुख रोपण भन्दा कटान हुने क्रम बढ्दै जाँदा यस्ता रुखहरु नाश हुने क्रम बढेको छ । जसले गर्दा पुराना पुस्ता मात्र होइन वातावरणविदहरुले समेत चिन्ता व्यक्त गरेका छन् । पुराना पुस्ताले रुख रोपेर रुख ठूलो भएपछि फेंदमा चौपारी बनाई बाटामा हिंड्ने बटुवाहरुलाई केही समय सुस्ताउने ठाउँ नै बनाइ दिएका थिए । सडक यातायात विकास हुन भन्दा पहिला तराई, पहाड, हिमाल जोड्ने यहाँका पुराना बाटाहरु हुन् । भारी बोकेर आउने बटुवाहरु केही समय सुस्ताउने मात्र नभइ रातै बिताउने वर पिपलका चौपारीहरु विकासको क्रमले मुडुलो हुँदा आफूलाई नरमाइलो लागेको तानसेन नगरपालिका बौघा पोखराथोकका पुराना पुस्ताका झमन सिह राना बताउँछन् ।

पहिले पहिले घोडा घोडा लिएर हिमाली भेगबाट आएका घोडा व्यापारीहरु सयौ घोडाको व्यापार गर्ने स्थल पनि पिपलको फेद नै हुन्थ्यो । बजारका सडकका किनारा अनि चौक चौकमा पिपलका रुखहरु थिए । आज यस्ता रुखहरु देख्न पाइदैन । गाउँ गाउँमा मोटर बाटो पुगेको छ । पहिला चौपारी, वर पिपलका रुख, पानीका श्रोत, सार्वजनिक धाराहरु भएका ठाउँमा सबै भवन तथा सडकले ढाके । धमाधम कटानी तथा फँडानी बढ्दै जाँदा यस्ता वनस्पती तथा चौपारी नै हराउन पुगेको तानसेनका पुराना पुस्ताका रेवन्त बहादुर श्रेत्री बताउँछन् ।

२०३६ सालको जनमत संग्रहपछि गाउँमा विद्यालय संचालनका लागि सहयोगको बहानामा सार्वजनिक जमिनलाई घडेरीका रुपमा बिक्री गर्ने प्रचलन बढेपछि बेथिती पनि त्यहींबाट थालनी भएको रिब्दीकोट गाउँपालिका देउरालीका सामाजिक अभियान्ता कविराज अधिकारी बताउँछन् । गाविस, विद्यालयले घडेरी बिक्री गर्दा ध्यान नदिदा पुराना धार्मिक तथा वातावरणीय महत्व बोकेका यस्ता प्रजातिका रुखहरु एकपछि अर्को गर्दै लोप भएको उनी बताउँछन् ।

पुरानो रुख काटेपछि त्यही स्थानमा नयाँ बिरुवा रोप्नु पर्ने हो तर रोपिएन । त्यसले गर्दा अबका केही वर्षहरुमा यस्ता रुख तथा चौपारीहरु एकादेशको कथा जस्तै हुने पुराना पुस्ताका वन प्राविधीक कृष्णबहादुर थापा बताउँछन् ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी खिल बहादुर तामाङ भन्छन्–“ठुला ठुला रुखहरुको आसपासमा घर बनाउन दिनु नै हुँदैन । रुखको नजिक घर बनाएपछि रुख काट्न अनुमति लिन आउने प्रचलन बढ्दो छ । यो नै गलत हो ।”

२०३२ सालमा अन्तिम पटक नापी भयो । यतिबेला सार्वजनिक जमिन पनि टाठा बाठाले नाप जाप गराए । पहिले मोटर बाटो थिएन । बजार पनि विस्तार भएको थिएन । पछिल्लो समयमा सडकसंगै जनसख्या र बजार बिस्तार हुने क्रममा यस्ता महत्व बोकेका वनस्पती साथै चौपारी पनि हराउँदै गएको सरोकारवाला बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?