ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

कालीगण्डकी करिडोरः कालोपत्रे गर्ने काम धमाधाम

२३ बैशाख २०८२, मंगलवार
२३ बैशाख २०८२, मंगलवार

गुल्मी ,२३ वैशाख  ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा कालोपत्रे गर्ने काम धमाधम भएको छ । करिडोरको गुल्मी सडक खण्ड हर्मिचौरदेखि वलेवा सडक खण्डको ४५ किलोमिटर सडकमा स्तरउन्नतीसँगै कालोपत्रे गर्ने कामले गति लिएको छ । अहिले हर्मिचौर वलेवा सडक खण्डमा ३० किलोमिटर सडक कालोपत्रे गर्ने काम सकिएको कालीगण्डकी करिडोर गौडाकोट,राम्दी मालढुङगा सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिए । बाँकी १५ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम भइरहेको उनको भनाइ छ । यहि गतिमा काम भएमा जेठ मसान्तसम्ममा सम्झौता अनुसारको काम सम्पन्न हुने उनले दाबी गरे ।

५५ करोड भुक्तानी बाँकी
निर्माण ब्यवसायी कालिका कन्ट्रक्सनका परियोजना ब्यवस्थापक महेस सुवेदीका अनुसार करिव ५५ करोड भुक्तानी लिन बाँकी रहेको छ । तीव्र गतिमा काम गर्दा पनि राज्यबाट भुक्तानी पाउँन नसक्नु दुःखद पक्ष भएको उनले गुनासो गरे । बिटुमिन (अलकत्र) भारतबाट ल्याउनुपर्ने हुँदा सबै नगदमा गर्नुपर्ने भएकाले पनि समस्या भएको उनको भनाइ छ । उक्त सडक खण्डमा अलकत्रकै काम भएकाले रकम भुक्तान नभएमा काम अगाडि बढाउन नसकिने उनले बताए ।

केन्द्रबाट बजेट नआएका कारण निर्माण ब्यवासायीलाई भुक्तान गर्न नसकिएको कालीगण्डकी करिडोर गौडाकोट,राम्दी मालढुङगा सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिए । केन्द्रमा बजेट माग गरिएकाले काम नरोक्नका लागि कार्यालयले निर्माण ब्यवसायीलाई आग्रह गर्दै आएको उनको भनाइ छ ।

हर्मिचौर वलेवा खण्डको ४५ किलोमिटर सडक स्तरउन्नतीसँगै कालोपत्रे गर्ने कार्य कालिका कन्ट्रक्सनले गरेको छ । कुल तीन अर्व ३३ करोडको लागतमा सम्पन्न हुने उक्त सडकको करिव ९५ प्रतिशत भन्दा बढी भौतिक प्रगति भइसकेको खत्रीले बताए । कार्यालय र निर्माण ब्यवसायीबीच २०७९मङसिर २६ गते सम्झौता भई २०८२ मङसिर २५ गते सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

चट्टानसहितको भीर चार वर्ष पहिले नेपाली सेनाले बम विष्फोट गरी खोलेका ट्याक अहिले कालोपत्रेको काम भइरहेको छ । रिडी हर्मिचौर सडक खण्डको २१ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र हस्तान्तरणको कार्य बाँकी रहेको सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिए । ६२ करोड ३६ लाखको लागतमा २०७७ साल भदौ १४ गते सम्झौता भई २०८१ साउनमा सम्पन्न गर्ने गरी शर्मा सगुन जेभीले उक्त कार्य गरेको खत्रीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?