© 2026
काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आजको खेलमा सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स आमनेसामने हुँदैछन्। खेल हैदराबादमा साँझ ७:४५ बजे (नेपाली समय) शुरू हुनेछ।
अहिलेसम्म १० खेल खेलिसकेको दिल्ली क्यापिटल्सले ६ जित र ४ हारसहित १२ अंक बटुल्दै अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। त्यसैगरी, समान १० खेल खेलेको सनराइजर्स हैदराबादले मात्र ३ खेलमा जित निकाल्दै ६ अंक सहित नवौं स्थानमा रहेको छ।
आजको खेल हैदराबादका लागि महत्वपूर्ण रहनेछ, किनकि जित निकाल्दै अंकतालिकामा सुधार ल्याउने प्रयासमा रहनेछ। दिल्लीले भने शीर्ष चारमा आफ्नो स्थान मजबुत बनाउने लक्ष्यसहित मैदानमा उत्रिनेछ।