ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

गुल्मीमा आगलागीका घटनामा वृद्धिः ५७० घटनामा १६ जनाको मृत्यु, १० करोड बढी क्षति

१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

गुल्मी,१८ वैशाख ।

पछिल्लो समय गुल्मीमा आगलागीका घटनाहरु वृद्धि हुँदै गएका छन् । पछिल्लो चार आर्थिक वर्षको तथ्याङक अनुसार जिल्लामा ५७० वटा आगलागीका घटनामा १६ जनाको मृत्यु भएको छ भने १० करोड बढीको क्षती भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सुारुका अनुसार आथिक वर्ष २०७८/०७९ मा ६९ वटा घटनामा तीन जना पूरुषको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा १२६ वटा आगलागीका घटनामा दुई जना पूरुष,एक बालक र तीन जना ज्येष्ठ नागरिक गरी छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा २८४ वटा आगलागीका घटनामा परी दुई जना महिला, एक जना पूरुष,एक जना बालक र एक जना ज्येष्ठ नागरिक गरी पाँच जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ९१ वटा आगलागीका घटनामा एक जना महिला र एक जना बालक गरी दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

१३२ घर र १८७ गोठ जले
सोही समय अवधिमा १३२ वटा घर र १८७ गोठ जलेर नष्ट भएका छन् । सोही समय अवधिमा तीन वटा सरकारी कार्यालयमा पनि आगलागीका घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उक्त समयमा आठ वटा सवारी साधनमा पनि आगलागीका कारण क्षती भएको छ । चार वर्षको अवधिमा आगलागीका कारण २६० पशुचौपाय मरेका छन् भने ९३ घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङकमा उल्लेख छ ।

१० करोड बढीको क्षती
गुल्मीमा आगलागीका कारण दश करोडभन्दा बढीको क्षति भएको छ । आव २०७८/०७९ देखी २०८१/०८२ को हालसम्म यस जिल्लामा आगलागीका ५७० घटना हुँदा दश करोड ३० लाख ४७ हजार ७०० रुपियाँ बराबरको क्षति भएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दमकल खरिद गर्ने निर्णय मात्रै सीमित
२०७७ साल वैशाखमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा तत्कालिन प्रमुख जिल्ला अधिकारी भरत शर्माको अध्यक्षतामा जिल्ला विपद् ब्यबस्थापन समितिको बैठकले जिल्लामा स्थानीय तहहरुको समन्वयमा दमकल खरिद गर्ने निर्णय भयो । सकेसम्म एक्लै र नभए पायक पर्ने दुई स्थानीय तहले एक दमकल खरिद गर्ने निर्णय भएपनि उक्त निर्णय निर्णयमा मात्र सीमित भएको छ । जिल्लामा रेसुङगा नगरपालिकामा मात्र एउटा दमकल छ रहेको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दमकल खरिद गर्ने निर्णय ए पनि कार्यान्वयन भने गर्न नसकेको स्वीकार गरे । आफूहरुसँग बजेट नहुने र स्थानीय तहसँग समन्वय गर्नुवाहेकको विकल्प नरहेको उनको भनाइ छ । आगलागीका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि सुरक्षा निकायले विभिन्न समयमा डेमो प्रस्तुती गर्दै आएका छन् भने डिभिजन वन कार्यालयले सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको जनाएका छन् ।

डिभिजन वन कार्यालय गुल्मीका नायव सुब्बा मेघलाल पाण्डेका अनुसार आगोलागीलाई नियन्त्रणमा लिनमा लागि जिल्लाका सुरक्षा निकायलाई अग्नी नियन्त्रक उपकरणहरु प्रदान गर्ने र सञ्चार माध्यमहरुमा सूचनामूलक सन्देशहरु प्रशारण गर्दै आएको छ । यता जिल्ला समन्वय प्रमुख दोर्णबहादुर खत्रीले दमकल खरिदमा आफूले समन्वय गर्ने बताएका छन् । आफू तत्कालिन समयमा चन्द्रकोट गाउँपालिकाको अध्यक्ष हुँदा भएको निर्णय कार्यान्वयन गर्न नसकिए पनि अहिले समन्वय गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?