ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

गुल्मीमा २९ जना शिक्षकहरुले दिए राजीनामा 

१६ बैशाख २०८२, मंगलवार
१६ बैशाख २०८२, मंगलवार

गुल्मी,१६ वैशाख ।

गुल्मीमा २९ जना शिक्षकहरुले राजीनामा दिएका छन । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार गत साउन १ गतेदेखी हालसम्म २९ जना शिक्षकले राजीनामा दिएका छन् । प्राथामिक तहमा २५ जना, निम्न माध्यमिक तहमा दुई जना र माध्यमिक तहमा दुई जना गरी कुल २९ जना शिक्षकको राजीनामा स्वीकृत भएको छ ।उदय माध्यमिक विद्यालय चन्द्रकोटका माध्यमिक तहमा अध्यापन गराउने भिमबहादुर थापा र जनबोध माध्यमिक विद्यालयमा गणित विषय अध्यापन गराउने गीता भण्डारीले राजीनामा दिएका हुन् ।

थापाले बिरामी भएर र भण्डारीले तथ्याङक अधिकृतमा नाम निकालेर राजीनामा दिएको घिमिरे बताए । यस्तै २८ जना शिक्षकको अनिवार्य अवकास भएको पनि उनले बताए । पछिल्लो समयमा शिक्षण पेशामा त्यती रुचि नहुँनु र वेदैशिक रोजगारीको लहरले पनि राजीनामा दिनेहरुको सङख्यामा वृद्धि हुँदै गएको घिमिरेले बताए । राजीनामा दिनेमा करिव आधाको सङख्यामा वैदेशिक रोजगार रहने गरेको उनको भनाइ छ ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले विद्यालयहरु राजनीतिक अखडा बन्नु, शिक्षकहरुलाई जीवन निर्वाह गर्न पनि समस्या हुनु, शिक्षण पेशामा भविष्य नदेख्नु र निजामती सेवा सरह राज्यले हेर्ने दृष्टिकोण नहुनुले पनि शिक्षण पेशाबाट राजीनामा दिने गरेको तर्क गर्छन् । यहि अवस्था कायमै रहेमा भविष्मा शिक्षण पेशामा संकट देखा पर्न सक्ने उनको भनाइ छ ।

गणित, अँग्रेजी र विज्ञानका शिक्षक अभाव
गुल्मीमा गणित, अँग्रेजी र विज्ञानका शिक्षक अभाव देखिएको छ । धुर्कोट गाउँपालिकाले पालिका भित्रका विद्यालयहरुमा राहत र अनुदानका लागि गणित र विज्ञान विषयमा तेस्रो पटक विज्ञापन गरेको छ । धुर्कोट गाउँपालिका ६ को धुर माध्यमिक विद्यालयमा गणित र वडा नम्वर ३ को निन्युखर्क माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका लागि तेस्रो पटक विज्ञापन गरिएको हो ।

मुसिकोटले छैटौँ पटकमा पायो शिक्षक
केही महिना पहिले जिल्लाको मुसिकोट नगरपालिकाको मुसिकोट माध्यमिक विद्यालय र जनज्योती माध्यमिक विद्यालयका लागि माध्यमिक तहमा गणित शिक्षकका लागि छैटौँ पटक विज्ञापन गर्दा मुस्किलले शिक्षक पाएको थियो । यस्तै शिवशङकर माध्यमिक विद्यालयका लागि अङग्रेजी शिक्षकका लागि पनि छैटौँ पटकमा शिक्षक पाएकोे नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिए । यस्तै सोही नगरपालिकाको ददल्का माध्यमिक विद्यालयका लागि पनि गणित शिक्षकका लागि तेस्रो पटक ,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सीतापुर माध्यमिक विद्यालयका लागि माध्यमिक विज्ञान राहतमा मुस्किलले शिक्षक पाएको उनले बताए ।

नेपालको शिक्षण पेशामा भविष्य नदेखेका कारण वैदेशिक यात्रामा जानु र शिक्षण पेशामा सम्मान नहुनुका साथै निजामति सेवा सरह राज्यले हेर्ने दृष्टिकोण नहुँनु पनि अर्को समस्या रहेको नेपालीले बताए । लाइसेन्स नभएकालाई शिक्षामा प्रवेशमै रोक लगाइनु र लाइसेन्स भएका ब्यक्ति नपाइने गर्दा राज्यको नीतिमै समस्या रहेको उनको भनाइ छ । गुल्मीमा सामुदायीक र संस्थागत गरी ५९० विद्यालय र ५६ हजार २०३ विद्यार्थी सङख्या रहेको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले जनाएको छ । जिल्लामा बालशिक्षादेखी कक्षा १२ सम्मका विद्यालयमा राहत र दरबन्दी गरी तीन हजार १५३ जनाको दरबन्दी रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?