ट्रेंडिंग:

>> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता

उमेर नपुग्दै बिवाह र बच्चा, उमेर पुगेपछि सम्बन्धविच्छेद

१३ बैशाख २०८२, शनिबार
१३ बैशाख २०८२, शनिबार

गुल्मी, वैशाख १३ । गुल्मी जिल्ला अदालतमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म २७९ वटा सम्बन्धविच्छेदका मुद्धा दर्ता भए । त्यी मध्ये पुरुष वादी भएर ३५ मुद्धा दर्ता भएकोमा १३ मुद्धा फर्छयौट भए भने २२ मुद्धा बाँकी रहेका छन् । यस्तै महिला वादी रहेका २४४ मुद्धाहरु मध्ये १७४ फर्छयौट भए भने ७० मुद्धा बाँकी रहेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए ।

अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्धाहरु मध्ये २० प्रतिशतले उमेर नपुग्दै बिवाह गर्ने,बच्चा जन्माउने र उमेर पुगेपछि अर्थात २० वर्ष उमेर पुगेपछि सम्बन्ध विच्छेद गर्नका लागि अदालतमा आउने गरेको पन्थीले बताए । कलिलै उमेरमा बिवाह गर्ने र बच्चा जन्माउने उमेर पुगेपछि अदालतमा सम्बन्ध विच्छेद गर्नका लागि आउने गरेको उनको भनाइ छ । अदालतमा आएका सम्वन्ध विच्छेदका २० प्रतिशत मुद्धामा १४ वर्ष उमेरकै हाराहारीमा बिवाह गरेकोसमेत पाइएको छ ।
यस्तै २० वर्षदेखी ३० वर्ष उमेर समूहका ६५ प्रतिशत सम्वन्ध विच्छेदका मुद्धाहरु अदालतमा दर्ता हुने गरेका छन् । बाँकी १५ प्रतिशत अन्य उमेरसमूहका रहने गरेको अदालतले जनाएको छ । कानूनले २० वर्ष उमेर नपुगी बिवाह गर्न बन्देज लगाए पनि समाजमा अझै उमेर नपुगी बिवाह गर्ने प्रचलन कायमै रहेको छ । जसका लागि स्थानीय सरकार र अन्य सरोकारवालाहरुले सचेतनाका कार्यक्रमहरु गर्नु पर्ने देखिन्छ । गुल्मी जिल्ला अदालत र स्थानीय तहले पनि सचेतनाका केही कार्यक्रमहरु गर्दै आए पनि त्यसको प्रभावकारीता त्यती देखिएको पाइदैन् ।

पुरुषले पनि माग्न थाले सम्बन्ध विच्छेद
गत आर्थिक वर्षमा ६५ जना पुरुषले श्रीमतीसंग सम्बन्ध विच्छेद गरी पाउँ भनि मुद्धा दर्ता गराएका थिए । पन्थीका अनुसार गत आर्थिक वर्षमा अदालतमा ३८३ सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएकोमा पुरुष वादी भएका ६५ र महिला वादी भएका ३१८ मुद्धा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७९।०८० मा ७३ जना पुरुषले श्रीमतीसंग सम्बन्ध विच्छेद गरी पाउँ भनि मुद्धा दर्ता गराएका थिए । सम्बन्ध विच्छेद सम्बन्धी परेको कुल ३८२ थान मुद्धाहरु मध्ये ७३ जना पुरुषले श्रीमतीसंग सम्बन्ध विच्छेद गरी पाउँ भनि मुद्धा दर्ता गराएका थिए ।
मुलुकी देवानी संहिता २०७४ अनुसार पुरुषले पनि सोझै अदालतमा गई सम्बन्ध विच्छेद गरी पाँउ भनि मुद्धा दर्ता गर्न सक्ने भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्धा दर्ता गराएको पन्थीले बताए ।

बिशेष गरी श्रीमान बैदेशिक रोजगारीमा रहँदा श्रीमतीले आर्थिक हिनामिना गर्ने, आन्तरिक झैझगडा र परपुरुषसंगको सम्बन्धका कारण पुरुषले सम्बन्ध विच्छेदका मुद्धा दर्ता गर्ने गरेको उनको भनाइ छ । महिलाहरुले पुरुषसंग सम्बन्ध विच्छेदका मुद्धा दर्ता गर्नुका कारणहरुमा घरेलु हिंसा , कुटपिटलगायतका कारणहरु रहने गरेको अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?