© २०२३
बुटवल, ०८ चैत ।
बुटवलका युवा व्यवसायीले उत्पादनमा समेत जोडिने योजना बनाए । ‘पारिवारिक विजनेश’ मा लागेर काम गर्दै आएका उनले बुटवलमा फलफूलको कारोबार गर्दै आएका थिए । कारोबार मात्रै होईन अव उत्पादनमा पनि लाग्नुपर्ने योजना अनुसार जन्मीयो शाह कृषि फार्म । रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर–२ कलुवामा युवा सोँचका व्यवसायी नुरुद्दीन शाहको योजना अनुसार केही विघा जग्गा लिएर सुरुवात गरिएको कृषि फार्मले अहिले देशकै ठूलो एकिकृत कृषि फार्मको रूपमा विकास भएको छ । नेपालमै पहिलो पटक अम्फान्सो जातको आँपको व्यवसायिक र ठूलो क्षेत्रमा खेती गरिएको कारण राष्ट्रिय पुरस्कार बाट समेत पुरस्कृत नुरुद्दिन शाहले यो पटक भने भारतबाट आईरहने स्टेवरी विस्तापित गर्नेगरी व्यवसायिक खेती गरिरहेका छन् । ढेड विघा भन्दा बढि क्षेत्रफलमा तरकारी खेतीमा काँक्रा, टमाटर, भिन्डी, भान्टा, खुर्सानी खेती गरिएको फार्ममा ७ कठ्ठा भन्दा बढि क्षेत्रफलमा अहिले स्टेबरी खेती भैरहेको छ । उत्पादन भएको स्टेबरी बुटवल लगायतका स्थानमा विक्रि हुँदै आएको छ ।
उनि भन्छन्–‘नेपालमा भारतबाट ल्याएर स्टेबरी बेचिरहेको थाहा देखियो, त्यपछि आफै नै उक्त स्टेवरी विस्तापित गर्ने गरी योजना बनाएर सुरुवात गरेको हो । ’ अहिले फार्मबाट दैनिक ठुलो कार्टुनको ७, ८ कार्टुन स्टेवरी विक्रि भैरहेको छ । फार्म सञ्चालक शाहका अनुसार सानो प्योटमा उनले ब्रान्डीङ्ग समेत गरेका छन् । स्वदेशी उत्पादन प्रयोग गर्दै, शाह कृषि फार्म शुद्धोन २ रूपन्देही लेखिएको उनको ब्रान्डअहिले बुटवल गायतकास्थानमा विक्री भैरहेको छ । किसान शाहले प्रति सानो पकेटको २०० देखि २५० ग्राम स्टेबरी साईज हेरिकन ५० रूपैयाँ देखि ८० रूपैयाँमा विक्री गर्दै आएका छन् । बजारमा भने उक्त स्टेबरी प्रति बट्टा १०० रूपैयाँमा विक्रि हुने गरेको छ ।
बजारमा पाईन अन्य ब्रान्ड वा भारतबाट आयात गरि, विना ब्रान्ड विक्रि गरिएको स्टेबरी लामो समय सम्म राख्नको लागि विषादी समेत प्रयोग गरिएको भएपनि उनले भने फार्मबाट तत्काल नै टिपेर बजारीकरण गर्दै आएका छन् । विहानको लागि विहान नै साँझको लागि साँझ उनले फार्मबाट टिपेर स्टेबरी बजारीकरण गर्दै आएका हुन । खानाको लागि मिठो र स्वादीलो हुने भएको कारण पनि कतिपय उपभोक्ताहरूले फार्ममा नै गएर स्टेबरी किनेर लैजाने गरेका छन् । फार्ममा जाने उपभोक्ताको लागि पूर्णरूपमा अर्गानिक, विषादी प्रयोग नगरिएको स्टेबरी बजार मुल्य भन्दा सस्तोमा पाईने शाह बताउँछन् । उनी भन्छन्–‘स्वदेशी उत्पादन प्रयोगमा बढावा दिनको लागि हामी अन्य भन्दा सस्तो र राम्रो उत्पादन दिँदै आएका छौं । ’
यो स्टेबेरी शरीरलाई धेरै स्वास्थ्य लाभ पनि प्रदान गर्दछ । यो धेरै आवश्यक पोषक तत्वहरूको उत्कृष्ट स्रोत हो । स्टेबरी सामान्यतया काँचो र ताजा उपभोग गरिन्छ । यो केकहरूमा टपिंगको लागि प्रयोग गर्न सकिन्छ । यसबाहेक यसलाई दही वा ओट्ससँग पनि प्रयोग गर्न सकिन्छ । स्टेबरीको चम्किलो रङ र मीठो स्वादका कारण बालबालिकालाई पनि मनपर्छ ।
बोसो मुक्त भएकोले, यसलाई तौल घटाउने आहारमा पनि थप्न सकिन्छ । भिटामिन सीको उत्कृष्ट स्रोत भएकाले स्टेबरीलाई प्रतिरक्षा प्रणालीका लागि वरदान मानिन्छ । स्टेबरीमा धेरै मुख्य भिटामिन र लवणहरू हुन्छन् स्टेबरीमा धेरै प्रमुख भिटामिन र लवणहरू पाइन्छ । शरीरलाई फाइदा गर्नुका साथै सौन्दर्य बढाउन पनि यसको प्रयोग हुने गरेको छ । स्टेबरीमा भिटामिन सी, भिटामिन ए र के पाइन्छ ।
यसका साथै यसमा क्याल्सियम, म्याग्नेसियम, फोलिक एसिड, फस्फोरस, पोटासियम र डाइटरी फाइबर प्रशस्त मात्रामा पाइन्छ । विशेष कुरा के हो भने यसमा सोडियम, कोलेस्ट्रोल र फ्याट नगण्य हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्ट र प्लान्ट कम्पाउन्डले मुटुको स्वास्थ्य र ब्लड सुगरलाई नियन्त्रण गर्न राम्रो गर्छ । मुटुको स्वास्थ्यका लागि फाइदाजनक स्ट्रबेरीले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यो फलले रक्तचाप नियन्त्रण र खराब कोलेस्ट्रोलको स्तर नियन्त्रण गरेर हृदय रोगको जोखिम कम गर्न सक्छ । स्ट्रबेरीमा पाइने एन्टिअक्सिडेन्टले अक्सिडेटिभ तनाव र सूजन कम गर्न मद्दत गर्छ । क्यान्सरबाट बचाउँछ स्ट्रबेरीमा पाइने फोलिक र भिटामिन सीले शरीरलाई क्यान्सरजस्ता रोगबाट बचाउँछ । यसमा पाइने पोषक तत्वले शरीरमा क्यान्सर जन्माउने कोशिकाहरूलाई नष्ट गर्छ र क्यान्सरलाई बढ्न नदिने कृषि अधिकृत सन्तोष जिसी बताउँछन् ।
उनका अनुसार स्टेबरीले छालाको लागि धेरै लाभदायक छालालाई नरम र गोरो बनाउन स्ट्रबेरी निकै फाइदाजनक हुन्छ । यसमा पाइने अल्फा हाइड्रोक्सी एसिडले मृत छालालाई नयाँ जीवन दिन्छ र नयाँ कोशिकाहरू बनाउँछ । यसमा सेलिसिलिक एसिड र इलाजिक एसिडको ट्रेस मात्रा पनि हुन्छ । यसले छालाको कालो धब्बा हटाएर छालालाई सफा र गोरो बनाउँछ ।
वजन नियन्त्रण गर्छ स्टेबरीमा नाइट्रेट पनि पाइन्छ । रगतसँगै यसले शरीरमा अक्सिजनको प्रवाहलाई नियन्त्रण गर्छ । यसरी तौल घटाउनुका साथै बोसो हटाउन पनि मद्दत गर्छ । यति मात्र होइन, नियमित रूपमा स्टेबरी खाँदा आँखाको ज्योति बढ्छ र मोतियाबिन्दु जस्ता रोगबाट पनि छुटकारा पाउन सकिन्छ । यसले पाचन प्रक्रियालाई पनि निको पार्छ र कलेजो र पेटसँग सम्बन्धित धेरै समस्याहरू हटाउनमा महत्वपूर्ण मानिने कृषि अधिकृत सन्तोष जिसी बताउँछन् ।