ट्रेंडिंग:

>> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने

दलिय गठबन्धनको अभ्यास फेल खादै

ठूला दलहरूले दलिय गठबन्धन बनाएर विभिन्न संघ संस्थामा चुनाव जित्ने ‘राजनीतिक दम्भ’ पालेको भएपनि नतिजाहरूले त्यसलाई उल्टाइदिएको छ ।
२४ चैत्र २०८१, आइतबार
२४ चैत्र २०८१, आइतबार

बुटवल, २४ चैत ।
गत फागुन २८ गते नयाँगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा नेपाली कांग्रेसकी मीना घर्ती (जीसी) विजयी भइन् । नेकपा एमालेका नामबहादुर कुँवरले ८०८ र स्वतन्त्र उम्मेदवार बामदेव भुसालले ७५८ मत प्राप्त गरे । चुनाबमा दलिय गठबन्धन गरेका ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेसलाई करिव करिब स्वतन्त्र उमेद्वार भुषालले टक्कर नै दिए । एमाले, माओवादी र जनमोर्चा मिलेर चुनाव लडेका एमाले गठबन्धन अध्यक्षमा हा¥यो । जीसी ८ सय १४ मत सहित विजयी भएकी थिईन् । फागुन २४ गते सम्पन्न निर्वाचनमा बुटवल वडा नं. १२ र १३ का ४,७०६ मतदातामध्ये २,६०४ जनाले मतदान गरेका थिए ।

बुटवल १२, १३ मा अधिकांस एमाले समर्थीहरूको बाहुल्यता भएको क्षेत्र मानिन्छ भने वडा अध्यक्ष भने दुई पटक १३ मा नेपाली कांग्रेस का नारायण बहादुर पुन विजयी भएका छन् । तर पछिल्लो समयमा फेरिएको माहोल अनुसार स्वतन्त्र व्यक्तिहरु दलिय गठबन्धनको विरुद्धमा चुनाव जित्दै आएका छन् भने कतिपय स्थानमा हावी समेत बन्दै आएका छन् ।
यस्तै गत चैत १३ गते बुटवल वडा नम्बर २ मा रहेको फुलबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व भएको निर्वाचनमा ठुला दलको गठबन्धनलाई पराजीत गर्दै दीर्घकालीन सहकारीका अध्यक्ष समेत रहेका अभियान्ता हिक बहादुर दलार्मी मगर विजयी भए । दोस्रो साधारण सभा तथा प्रथम अधिवेसनसंगै नयाँ नेतृत्वका लागि राजनीतिक दलका उम्मेदवारहरू छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचनमा नेपाली कांग्रेस पार्टी, नेकपा एमाले, एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र, मंगोल अर्गनाईजेसन, राष्ट्रिय जनमोर्चा, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत ३ समुह प्यानल बनाएका थिए । कांग्रेस र एमाले को छुट्टाछुट्टै प्यानल खडा गरेपछि उम्मेदवारलाई चुनौती दिँदै बेग्लै प्यानल खडा गरेका थिए । जुन प्यानलबाट दर्लामी विजयी भएका हुन । अध्यक्षमा चुनाव लडेका एमालेका सन्तोष श्रेष्ठ पराजीत भएका थिए ।

यो केही उदाहरण मात्रै हुन् । शुक्रबार रूपन्देहीकै तिलोत्तमा नरपालिका वडा नम्बर ४ मा सत्तारुढ प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई हराउँदै शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को अध्यक्षमा नेत्रविक्रम चन्द विप्लव निकट उम्मेदवार खिमलाल पाण्डे विजयी भएका छन् । सचिवमा पनि गठबन्धनका उम्मेदवारलाई बागी उम्मेदवारले फराकिलो मतान्तरले पराजित गरेका छन् । केन्द्रको चौथो अधिवेशनबाट अध्यक्षमा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार इन्जिनियर किरण खरेललाई १३५ मतान्तरले पराजित गर्दै विप्लव निकट उम्मेदवार खिमलाल पाण्डे विजयी भएका हुन् । पाण्डे यसअघि उपाध्यक्ष थिए भने खरेल कार्यसमिति सदस्य थिए ।

पाण्डेले ३९६ मत पाएर निर्वाचित हुँदा खरेलले २३४ मत पाए । राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार टिकादेवी आलेले ३९ मत पाइन् । अध्यक्षमा निर्वाचित पाण्डेलाई माओवादी केन्द्रले उम्मेदवारी नै फिर्ता लिएर साथ दिएको थियो भने एमाले र कांग्रेसका असन्तुष्ट पक्षले आन्तरिकरूपमा साथ दिएका थिए । पछिल्लो समयमा रूपन्देही सहित विभिन्न स्थानमा ठूला भनिएका दलीय गठबन्धन पराजीत हुँदै गएको पाइएको छ । ठूला दलहरूले दलिय गठबन्धन बनाएर विभिन्न संघ संस्थामा चुनाव जित्ने ‘राजनीतिक दम्भ’ पालेको भएपनि नतिजाहरूले त्यसलाई उल्टो बनाएको छ ।

नेकपा एमाले निकट युवा नेता देबराज पोखरेलले पछिल्लो समयमा राजनीतिक दलले गर्ने कार्यप्रणालीकै कारण जनस्तरबाट विरोध भैरहेको बताउँछन् । उनले राजनीतिक दलहरूमा भैरहेको ‘दम्भ नै अलोकप्रीय बादको उपज’ भएको टिप्पणी समेत गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले भनेका छन बनबाटिका हारियो, कांग्रेससंग गठबन्धन गरि भिजनरी युवा ईन्जिनियर उठाउँदा समेत हार ब्यहोर्नु पर्योे, कम्तिमा तपाईं आफैले समीक्षा गर्नुस्, यति धेरै बजेट हाल्दा, यति धेरै महत्वपूर्ण योजनाहरू अघि सार्दा समेत किन जश पाउने अवस्था बनेन’ उनले रूपन्देही क्षेत्र नम्बर २ का सांसद तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई मेन्सन गर्दै लेखेका छन् –‘मैले ४÷५ बर्ष अगाडि नै हरेक भेटमा समस्या र समाधानका बिषयमा तपाईलाई जानकारी गराएकै हो, जनमत जाँदैछ भनेकै हो फेरिपनि समस्या र समाधानका डकुमेन्ट चाहिए, बनाउन म तयार छु, तर, आत्मसमिक्षा जरुरी छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?