ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

चैते दशैं र यसको महत्व

२३ चैत्र २०८१, शनिबार
२३ चैत्र २०८१, शनिबार

हामीले वर्षमा दुईवटा दशै मनाउने गर्छौं । एउटा आश्विन शुक्लपक्ष (दुर्गापक्षको) प्रतिपदादेखि आरम्भ हुन्छ भने दोस्रो चैत्र शुक्ल पक्षको नवमी तिथिमा मनाउने गरिन्छ । पहिलो आश्विनको शुक्ल पक्षको प्रतिपदादेखि आरम्भ भएर सोही पक्षको कोजाग्रत पूर्णिमासम्म मनाउने गरिन्छ भने दोस्रो चैते दशैं नवमी तिथिका दिन मनाउने गरिन्छ । दुबै दशैंको आफ्नै महत्व छ । आश्विन शुक्ल पक्षमा मनाउने दशैंमा प्राय गरेर प्रतिपदादेखि दशमीसम्म र दशमी पश्चात पनि विभिन्न देव देवीको पूजाआजा गर्ने गरिन्छ । यो समयमा कोजाग्रत पूर्णिमाको दिन मात्र देवी विसर्जन गरिन्छ । चैते दशैंमा नवरात्र मनाउने त गरिन्छ तर कोजाग्रत पूर्णिमा सम्म रहे जस्तो यो दशैमा रहँदैन र सबै स्थानमा देवी विसर्जन पनि गरिदैन ।

चाहे आश्विन शुक्ल पक्षमा मनउने दशैं होस चाहे चैते दशैं होस् दुबै दशैका आफ्नै र वेग्लै महत्व रहेको पाइन्छ । हामीले आश्विन शुक्लमा रहेको दशैंलाई विदाई गरेको केही महिना वित्यो । तर चैते दशै हाम्रो घर आँगनमा आइ पुगेको छ । यसलाई पनि यसको विधि अनुसार मनाउनै पर्दछ । आश्विन शुक्लको दशैमा मान्यजनबाट टीका र आशिर्वाद थाप्ने गरिन्छ र टाढा टाढासम्म पुग्ने गरिन्छ भने यो दशैंमा टीका प्रसाद ग्रहण गरिन्छ तर सिमित मात्रामा । चैते दशैमा प्रतिपदा देखि नवमी सम्म मनाउने गरिन्छ र नवमीका दिन विशेष पूजा आजा गर्ने गरिन्छ र प्रसाद ग्रहण समेत गर्ने गरिन्छ । दुबै दशैंलाई केही मात्रामा असत्य माथि सत्यको विजयसंग जोडेर हेर्ने गरिन्छ । चैते दशैंलाई वसन्तीय दशै पनि भन्ने गरिन्छ । वसन्तीय दशैंमा रामको जन्मसंग पनि जोडेर मान्ने र हेर्ने गरिन्छ । यसकारण यस दशैंलाई रामनवमी समेत भन्ने गरिन्छ । यही राम नवमीको दिनलाई हामीले चैते दशै भनेर मनाउने गर्दछौं । त्रेता युगमा अयोध्याका राजा दशरथका पुत्रको रूपमा चैत्र शुक्ल नवमी तिथिका दिन रामको जन्म भएको विश्वास गरिन्छ । रामलाई एक आदर्श पुरुषको रूपमा लिने गरिन्छ । यही आदर्श पुरुषको जन्म भएको दिनलाई रामको संझना स्वरूपम पूजाआज गर्ने गरिन्छ । यसै दिन रामभक्तहरूले राम मन्दिरमा पुगेर श्रद्धापूर्वक रामको पूजाआजा गर्ने समेत गर्दछन् । यसै सयममा नेपाल र भारतका विभिन्न भागमा मेला समेत लाग्ने गर्दछ । नेपालको जनकपुरलाई रामको ससुराली भूमिको रूपमा लिने गरिन्छ । यस दिन जनकपुरमा भव्य मेला लाग्ने गर्दछ । अरू पुरुषको तुलनामा रामलाई आदर्श पुरुषको रूपमा चिनिने हुनाले हरेक स्थानमा रामलाई जोडने गरिन्छ । हामीले अंक गणणा गर्दा पहिलो अंक एक नभनेर राम, दुई, तिन, चार यसरी गन्ने गर्दछौं । पहिलो अंक नभनेर किन राम भनेको होला ? यसको रहश्य के हुन सक्छ ? भिरबाट लोट्नेगाईलाई काँध थाप्न सकिन्न राम भन्ने हो भन्ने उखान छ । कसैलाई घाटमा लिएर जानु परेको समयमा राम नाम सत्य हो भन्ने गरिन्छ । कसैमाथि कसैले कुनै घात गरेको सयममा पनि हामीले राम राम भन्ने गर्दछौं । कसैले कसैमाथि अन्याय गरेको दृश्य देखिएमा झट्ट मुखबाट राम राम शब्द आउने गर्दछ । यसप्रकारका उदाहरण निकै छन् । हरेकका मुखमा राम शब्द झुण्डिएको हुन्छ । यो कुरा नकार्न मिल्दैन ।

रामलाई आदर्श पुरुष भनिएको कुरा यसमा जोडन आवश्यक छ भन्ने लाग्दछ । राम सानै उमेर देखि निकै शालिन र सुशिल स्वभावका थिए । हुन त उनलाई भगवानको रूपमा पनि हेर्ने र चिन्ने गरिन्छ । त्यो बेग्लै वहस र छलफलको विषय हुन सक्छ । एउटा आदर्श पुरुष भगवानको रूपमा हुन्छ भन्दा पनि केही आपत्ति छैन । आपत्ति मान्नु पर्ने कारण पनि केही छैन् । वास्तवमा राम्रो काम गर्ने नै भगवान हुन्छ । जसबाट नागरिक बढिमात्रामा सन्तुष्ट हुन्छन् ,त्यही व्यक्तिसंग देवत्व हुन्छ । त्यही देवत्वको भावना थियो रामसंग । रामका बाबु दशरथले भोली रामलाई राज्यको जिम्मा दिने र राज्याभिशेक समेत गर्ने प्रस्ताव गरे तर भोलीपल्ट राज्याभिशेकको साटो कैकेयीको मतोमा लागेर रामलाई १२वर्ष वनवास र भरतलाई राज्य भन्ने कुरा चल्यो । रामले न त बाबुलाई कुनै दोष लगाए न त कैकेयीलाई नै दोष लगाए । पिताजीको आज्ञापालक भनेर आफू राज्य सञ्चालन छोडेर वनको लागि प्रस्थान गरे । भाइ भरतसंग पनि उनको कुनै तिक्तता भएन । भरत रामलाई वनवास बाट फिर्ता ल्याउनका लागि गएको समयमा आफू पिताको आज्ञाकारी भएकाले तिमीले राज्य सञ्चालन गर म पिताजीको आज्ञापालन गरेर फिर्ता आएर राज्य गरुँला भनेर भरतलाई फिर्ता पठाएको थिए । आजभोली कोही मन्त्री बन्न पाइएन भनेर दल बदल्ने र विद्रोह गर्ने वा पार्टी नेतृत्वमा औंला उठाउने र रामका बीचमा कति भिन्नता छ ? यही हो आदर्श पुरुष भनेको । एउटा सानो पद नपाएर विद्रोहको भाषा बोल्ने र राज्याभिशेक गर्ने तयारी भएको समयमा मुनी भेष धारण गरेर वनमा जानेका बीचमा कति भिन्नता छ ? यस्तो आदर्श पुरुषको जन्म जयन्तीसंग जोडिएर आएको दिन वा पर्व हो रामनवमी वा चैते दशैं पर्व ।

हरेक राज्यको जिम्मामा शिक्षा, स्वास्थ्य, नैतिक, साँस्कृतिक, सामाजिक, आर्थिक लगायतका कुरा रहेका हुन्छन् । यही क्षेत्रलाई हेरेर त्यो मुलुकको स्थिति र अवस्था कस्तो छ भनेर थाह पाउन सकिन्छ । रामको राज्यकालमा यी सबै कुराको राम्रो अनुभूति नागरिकले गरेका थिए भन्ने कुरा विभिन्न रामायणहरूमा उल्लेख गरिएको छ । आज यो पर्व मनाउनुको तात्पर्य वा राम जन्म दिवस मनाउनुको सार अर्थ भनेको हाम्रो राज्य पनि यस्तै हुन सकोस वा उन्मुख हुन सकोस भन्ने नै हो । हामीले यो पर्व मनाउन लागेको कति सय वर्ष वितेहोला वा कति पुस्ता विते होलान तर हाम्रो राज्यसंयन्त्रमा केही फरक हुन सक्यो कि सकेन ? मुल प्रश्न यही हो । रामले वनवासको समयमा शवरीले ल्याएको बयर जुन उनको जुठो थियो त्यो समेत सेवन गरे भन्ने भनाइ बाल्मिकी रामायणमा उल्लेख गरिएको छ । शवरीलाई आजभोली हामीले भन्ने गरेको दलित महिला हुन भनिन्छ । यसबाट के प्रष्ट हुन्छ भने राम दलितले ल्याएको त्यो पनि उनको जुठो पनि सेवन गरेर एउटा दलित तथा महिलाको सम्मान गरे भन्ने प्रश्ट हुन्छ । हामीले कागजमा छुवाछुत उन्मुलन गरेका छौं तर व्यवहारमा ? रामले रावण जस्ता दम्भीको हत्या गरेको कुरा पनि यसै रामायणमा पाइन्छ । हुन त कसैको पनि हत्या गर्नु राम्रो होइन । हत्याको साटो उसको मन बदल्न सक्नु पर्दथ्यो । हत्या भनेको अन्तिम विकल्प हो । रामका सामुमा रावाणको वध भन्दा अर्को विकल्प पनि थिएन किनकी उ आफू परिवर्तन हुन चाहँदैनथ्यो । हामीले मनाउँदै आएको चैते दशैं पर्वको अति ठूलो महत्व छ । चाहे राज्य सञ्चालनको कुरा होस चाहे आदर्शको कुरा होस जताबाट घुमाए पनि हाम्रो परिवार र समाज सुध्रिएको हेर्ने र भोग्ने आम नागरिकको चाहना रहेको छ । यसका लागि हामीले जुन पर्व मनाउने तयारी गरेका छौं, यसबाट आम नागरिकमा पनि सचेतना आओस र सत्ता सञ्चालकहरूमा पुरै सकारात्मक धारणा उत्पन्न भई पूरै परिवर्तन हुने प्रेरणा चैते दशैले दिन सकोस यही शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?