ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

केरामा ‘दाह्रीबा’ को तीन दशक

केरा खेतीलाई चक्रीय उत्पादनमा जोड दिँदै आएका अगुवा किसान खरालले प्रत्येक १५–१५ दिनमा एक गाडी केरा उत्पादन गर्दै आएका छन् ।
१७ चैत्र २०८१, आइतबार
१७ चैत्र २०८१, आइतबार

बुटवल, १७ चैत ।
बुटवल उप–महानगरपालिका वडा नम्बर–१६ पोखराबारीका किसान रोमाकान्त खरालले १५ कठ्ठा जग्गा भाडामा लिएर व्यवसायिक केरा खेती सुरु गरे । वि.सं. २०५२ सालमा सुरुमा रोपेको केराले १८ महिनादेखि उत्पादन दिन सुरु ग¥यो । त्यतिबेला सम्म बुटवलमा व्यवसायिक केरा खेती गर्ने किसानहरूको संख्या थिएन । बुटवल लगायतका क्षेत्रमा आउने अधिकांस केरा छिमेकी देश भारतबाट आउने गर्दथ्यो । केरामा भविष्य देखेका खरालले अहिले पनि केरा खेतीमा नै लागिरहेका छन् ।

५२ सालदेखि २९ बर्ष सम्म केरामा नै लागिरहेका उनले सुरुवाती दिनमा उत्पादन भएको स्वदेशी केराले बजार नपाएपछि उनले आफै बिक्रीका लागि बसेका थिए । बुटवल कृषि उपज थोक बजार संककन केन्द्रमा उनले २५ नम्बर सटरमा खराल कृषि फार्मकको नाममा अहिले पनि सटर रहेका छ । ‘दारी बा’ रूपमा पहिचान स्थापना गरेका खरालले ११ बर्ष सम्म मण्डीमा केरा बिक्री गरेका थिए । उनको नाममा अहिले पनि सटर छ ।११ बर्ष सम्म आफूले उत्पादन गरेको केरा र अन्य किसानको समेत केरा खरिद गरी बजारीकरण गर्दै आएका थिए । केराको बजारीकरणमा विशेष ध्यान समेत दिँदै आएका छन् । सुरुवाती चरणमा १५ कठ्ठा जग्गा भाडामा लिएर केरा व्यवसाय सुरुवात गरेका उनले पछि विस्तारै थप्दै २४ विघा क्षेत्रफलमा सम्म केरा खेती गरेका थिए । उनिले अहिले ५ विघा क्षेत्रफलमा मालभोग, जि ९ केरा लगाएका छन् ।

उत्पादन भएको केरा बुटवलमा बजारीकरणको लागि आफ्नै पसल, व्यवसायीक साथीहरूको सहकार्य भएको कारण विक्रिको लागि कुनै समस्या नभएको उनको भनाइ छ । मोतिपुर केरा तथा फलफूल समूह नै गठन गरेर उनले व्यवसायिक केरा खेती सुरुवात गरेका थिए । सामूहिक रूपमा केरा खेती सुरुवात गरेका समूहबाट अहिले एकल भएर उनले आफ्नो मात्रै केरा खेती गरेका हुन् । ५ विघा क्षेत्रफलमा अहिले १० हजार बोट केरा उनको फार्ममा छन् । प्राविधिक दृष्टिकोणबाट ५ हजार बोट हुनुपर्ने भएपनि लामो समयको अनुभव बाट त्यसलाई विस्तार गरी १० हजार बोट सानो ठुलो मिलाएर राखीएको उनको भनाइ छ । उनी भन्छन्–‘एक पटक रोपेपछि ५ बर्ष सम्म उत्पादन दिन्छ, स्याहारगर्न पनि सजिलो छ, केरामा राम्रो भविश्य छ ।’ सुरुवातमा केरा रोपेको १८ महिना पनि उत्पादन गरेपछि त्यसलाई चक्रियरूपमा खेती गर्दा जाडो वा गर्मी सिजनमा समेत नियमित रूपमा उत्पादन लिन सकिने गरी व्यवस्था गरिएको किसान खरालको भनाइ छ । उनको फार्मबाट अहिले प्रत्येक दिनमा १५–१५ दिनमा एक सानो गाडी (बलेरो) केरा उत्पादन भैरहेको छ । लामो समयको अनुभव बाट चक्रियरूपमा उत्पादन गरिएको किसान खरालको भनाइ छ । कम लगानीमा नाफा पनि राम्रो हुने भएको कारण पनि केरामा राम्रो भविष्य रहेको भनाइ छ ।

५ विघा क्षेत्रफलमा किसान खरालले प्रति कठ्ठा २ हजार रूपैयाँ खेतको भाडा तिर्दै आएका छन् । सबै खेतको क्षेत्रफल कतै धेरै त कतै थोरै हिसाब हुँदा बर्षमा ढाईलाख रूपैयाँ भाडा तिर्दै आएका छन् । यसको साथै केराको लागि नियमित मल, पानी, विषादी सहित, ज्याला समेत जोड्दा बर्षमा ६ लाख रूपैयाँ खर्च हुने उनको भनाई छ । यसरी ५ विघा क्षेत्रफलमा बर्षको ६ लाख रूपैयाँ खर्च हुँदा बर्षमा १५ देखि १६ लाख रूपैयाँ आम्दानी हुने गरेको छ । सबै खर्च कटाउँदा बर्षमा केरा खेती बाट मात्रै ६ देखि ७ लाख नाफा हुने गरेको छ । नेपालका पश्चिम क्षेत्र खासगरी बागमती, लुम्बिनी को पनि दाङ जिल्ला सम्ममा पहेलो (मालभोग) जातको केराको माग बढि भएको कारण सोही प्रकृतिको केरा उत्पादन गरी बजारीकरण गर्न सकिने संभावना समेत रहेको किसान खरालको भनाइ छ । यो क्षेत्रका उपभोक्ताहरूदले पहेँलो जातको केरा बढि मात्रामा रुचाउने गरेका छन् ।

नमुना केरा खेती गर्दै आएका खरालको केरा फार्म हेर्नको लागि विभिन्न स्थानबाट किसान, सरोकारवाला निकाय समेत भ्रमणको लागि आउने गरेका छन् । उत्पादन भएको केराको मुख्य बजार बुटवल र आसपासका क्षेत्र भएको कारण पनि किसानले व्यवसायीक रूपमा उत्पादन गरेमा बजारीकारणसँगै राम्रो आम्दानी गर्न सकिने किसानको भनाइ छ । ५ विघामा मा व्यवसायिक केरा खेती गरेमा बर्षमा १० लाख रूपैयाँ सम्म नाफा गर्न सकिने तर्क उनको छ । केरा बालीसँगै घुसुवा बालीको रूपमा मकै, पापर, बोडी, दाल बोडी समेत खती गर्न सकिन्छ । सोही अनुसार खेती समेत गर्दै आएका छन् । बुटवल उपमहनगरपालिका कृषि शाखा प्रमुख सन्तोष जिसीले बुटवल उपमहानगरपालिका भित्र व्यवसायिक कृषि कृषि गर्ने किसानहरूको लागि उत्पादन, उत्पादनमा आधारित अनुदान सहितका कार्यक्रममा सहयोग गर्दै आएको जानकारी दिए । खराल किसानको कृषि कर्मलाई सम्मान गर्दै पालिकाले केही बर्ष पहिला नै कृषक सम्मको रुपमा सम्मानित समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?