ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

पाहुना सहकारीः साबधानी नभए डुब्नसक्छ बचत

बाहिरी जिल्लामा दर्ता भई रूपन्देहीमा शाखा विस्तार गर्ने, केही दिनमा नै लाखौं रकम संकलन गर्ने र फरार हुने सहकारीलाई उच्च निगरानी शुरु भएपछि बचतकर्ताको रकम जोगिन थालेको हो ।
१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

बुटवल, १४ चैत ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा केही दिन पहिला काठमाडौंमा शाखा कार्यालय भएको एउटा सहकारी आयो । शाखा विस्तार सहितको योजना बाहिर देखिएपनि भित्री कुरा भने रकम उठाउने र फरार हुने योजना थियो । यो कुरा स्थानीय सरकारको रूपमा रहेका पालिकाका प्रमुख रामकृष्ण खाँण, उप प्रमुख जागेश्वर देवि चौधरीलाई जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त प्रसाद ढकालले जानकारी दिए । पालिकामा आएको सहकारीले धमाधम पैसा उठाएर भाग्ने योजना बनाएको विषयमा पालिका प्रमुख र उप प्रमुखलाई जानकारी गराएपछि ३ दिनमा ३ लाख भन्दा बढि रकम उठाएको उक्त रकम फिर्ता नै गराईयो । अध्यक्ष ढकाल भन्छन्–“धन्न समयमा नै थाहा पाइएछ, मेयर उप मेयरलाई जानकारी गराएपछि ३ दिनमा ३ लाख बढि रकम जम्मा गरेको रहेछ, थाहा पाएपछि फिर्ता गराईयो, अहिले त्यो सहकारी यहाँ छैन । ’
यति मात्रै होईन रूपन्देहीको देवदह क्षेत्रमा पनि पालिका भन्दा बाहिरको सहकारी आएर ४० लाख बढि स्थानीयको बचत संकलन गरेको कुरा जानकारी पाएपछि सहकारी सहकारीकर्मीहरूको पहलमा उक्त रकम बचतकर्तालाई नै फिर्ता गराइयो । स्थानीयहरूको ४० लाख रूपैयाँ रकम संकलन गरेपछि भाग्ने तयारीमा रहेको उक्त सहकारीलाई देवदह नगरपालिकाको विशेष पहलमा बचतकर्ताको रकम फिर्ता गराइएको हो । अहिले उक्त सहकारी देवदहमा छैन ।
यी दुई वटा केही प्रतिनिधि सहकारीको नाममा हुन खोजेको ठगीको उदाहरण मात्रै हुन । जिल्लामा दर्ता भएको भनिएको ‘दर्ता प्रमाणपत्र लिएर’ केही स्थानीयहरूको समेत साथ लिएर स्थानीय पालिकामा आउने, शाखा विस्तार गर्ने, आकर्षक तलब दिएर कर्मचारी र चर्को भाडा तिरेर आर्कषक कार्यालय बनाउने, निश्चित समयपछि उक्त बचत रकम लिएर भाग्ने सहकारीहरू पहिला देशभरी नै थिए । तर पछिल्लो समयमा भने स्थानीयस्तरमा रहेका सहकारी अभियान्ताहरू, जिल्ला सहकारी संघ, जिल्ला बचत संघ सहितका सहकारी सञ्जालहरूको पहलमा यी र यस्तै आर्थिक अपचलन गर्न खोज्ने सहकारीलाई स्थापना नै हुन नदिई शेयर सदस्यहरूको बचत रकम फिर्ता गराउने कार्य भइरहेको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड रूपन्देहीका अध्यक्ष बसन्त प्रसाद ढकाल भन्छन्–‘आगन्तुक सहकारीको कारण सिंगो सहकारी अभियान नै बदनाम भएका थिए, पछिल्लो समयमा हामी १६ वटै पालिकामा गएर पालिका प्रमुख, उप प्रमुख, सहकारी शाखालाई अनुरोध गर्दै कारवाही, नियमनको बाटोमा लाग्न अग्रह गरिरहेका छौ, जसको कारण सहकारीको नाममा हुने अनैतिक गतिविधि कमी भएका छन् ।’पछिल्लो समयमा पालिकाले नीति नै बनाएर सहकारी को स्थापना वा शाखा विस्तारको लागि स्थानीय वडा कार्यालयको र सम्बन्धीत पालिकाको अनिवार्य सिफारिसमा चाहिने प्रावधान ल्याउनको लागि पनि पटक पटक आग्रह गरिएको सहकारी अभियन्ता डोलराज अर्याल बताउँछन् ।
सहकारी महासंघ नेपालका केन्द्रीय लेखा समिति संयोजक तथा अभियान्ता भिम प्रसाद तुलाचनका अनुसार पछिल्लो समयमा रूपन्देहीका केही वाहिरबाट शाखा विस्तार गर्ने भन्दै आएका सहकारीको कारण सिंगो सहकारी नै बदनाम भएको पाइएको भन्दै नियमक निकायको अभावको कारण समस्या भैरहेको बताउँछन् ।

उनका अनुसार सहकारी कर्जा सूचना केन्द्र, स्थायीत्वकरण कोष, अनुगमन र नियमन सहितको सहकारी ऐनमा विषय समेट्नुपर्ने माग सहित पटक पटक सरकारी निकायमा कुरा भएपनि कतिपय समयमा सहकारी अभियान्ता, स्थानीय तह र सरकारकै कारण सहकारीहरू बदनाम भएका हुन् । सरकारले संघीयता स्थापना पुर्व देशभर ३८ वटा सहकारी डिभिजन स्थापना गरेपनि सहकारीलाई स्थानीय तह, प्रदेशको अधिकारी सूचीमा राखेपछि अहिले भने डिभिजन कार्यालय खारेज भएका छन् । सहकारी महासंघका लेखा समिति संयोजक तुलाचनका अनुसार नियमन गर्ने निकाय नै अभावको कारण पछिल्लो समयमा सहकारीको शाखा खस्कीएको बताउँछन् । उनि भन्छन्–‘नियमक निकायको अभावको कारण अहिलेको अवस्था आएको हो, खासगरी प्रदेशमा स्थापना भएको सहकारी दार्ता अधिकारीको कार्यालय र स्थानीय पालिकामा रहेका सहकारी शाखा वा महाशाखाले पनि कानून बमोजिक कारवाहीको काम गर्न नसक्दा थप समस्या सृजना भएको हो ।’

सहकारीहरूको नियन्त्रण, नियमन, सुपरिवेक्षणको लागि पहिलाकै संरचनामा रहेको डिभिजन सहकारी कार्यालय वा प्रत्येक जिल्लामा एक-एक वटा सरकारी निकायको खाँचो रहेको सहकारी अभियान्ताहरूले जोड दिएका छन् । सहकारी प्रदेश बचत संघका अध्यक्ष श्रीकृष्ण नेपालले नियामक निकायको अभावको कारण समस्या सृजना भएको भन्दै अधिकारको बाँडफाँडमा समेत निस्र्कौल नहुँदा समस्या सृजना भएको बताउँछन् ।रूपन्देही जिल्लामा केही समय पहिला सुप्रीम सहकारीले यस्तै बाहिरबाट दर्ता भएर आएर शाखा सञ्चालन गरेपछि समस्याग्रस्त घोषणा पछि अहिले बचता कर्ताहरूले लाखौं रकम फिर्ता पाउन सकेका छैनन । यस्तै बुटवलमा नै शाखा विस्तार गरेको शिवशिखर सहकारीका पनि लाखौं रकम जम्मा गरेका बचत कर्ताहरूले पनि रकम पाउन सकेका छैनन । भैरहवामा पनि सुुप्रीम सहितका केही सहकारीहरू अन्य जिल्लामा दर्ता भएर शाखा विस्तार गर्दैै काम गरेर लाखौं रकम उठाएर फरार भएका थिए ।
रूपन्देही जिल्लामा हाल जिल्ला बचत तथा ऋण सहकारी संस्थामा कुल २ सय ५४ वटा सहकारी संस्था आवद्ध भएका छन् । यस्तै ९२ वटा सहकारी अझै पनि संघमा आवद्ध भएका छैनन । यस्तै जिल्ला सहकारी संघमा ४ सय ६ वटा सहकारी आवद्ध छन् । जिल्ला भरमा कुल ९ सय ६० वटा सहकारी रहेको अप्रमाणीत तथ्यांक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?