ट्रेंडिंग:

>> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने

प्रतिगामी चिन्तनविरुद्ध ‘कविता’

१० चैत्र २०८१, आइतबार
१० चैत्र २०८१, आइतबार

बुटवल, १० चैत ।

“चिहानबाट जागेर को सक्छ फेरी आउन,
प्रतिगमनकारी त्यो कसरी सक्छ व्यूँतन ?’’

भन्ने नारासहित रूपन्देहीको मणिग्राममा शनिबार सडकमै कविता गुन्जीए । दोस्रो जनआन्दोलन २०६२/०६३ मार्फत नेपाली जनताले बिदा गरिसकेको पुरातनवादी व्यवस्थालाई पुनःस्थापित गर्ने प्रयासको विरोधमा प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीको संयोजनमा लुम्बिनी प्रदेशको आयोजनामा “प्रतिगामी चिन्तन विरुद्ध सडक कविता’’ बाचन गरिएको हो ।तिलोत्तमा नगरपालिका, मणिग्राम चोकमा आयोजित कार्यक्रममा साहित्यकार तथा सर्जकहरूले कविता, गजल, मुक्तक, गीत तथा लघुकथा मार्फत लोकतन्त्र विरोधी प्रवृत्तिहरूको भण्डाफोर गरेका थिए ।कार्यक्रममा प्रगतिशील लेखक सङ्घ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डा. मुरारि पराजुलीले इतिहासमा पछाडि फर्कने प्रयास सधैं असफल हुने भन्दै साहित्यकारहरूले लोकतान्त्रिक चेतना उजागर गर्नुपर्ने आवश्यकता औंल्याए । प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीका अध्यक्ष कृष्ण गाउँलेले जनताले संघर्ष गरेर उखेलिसकेको व्यवस्थाको पुनरागमन असम्भव भएको भन्दै निरन्तर साहित्यिक लगायतका विभिन्न माध्यमबाट सचेतना अभियान आवश्यक रहेको बताए । नेपाली लेखक सङ्घ, रूपन्देहीका अध्यक्ष लिलाधर पाण्डेले साहित्य सिर्जनात्मक प्रतिरोधको बलियो माध्यम भएकाले यसलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा डा. मुरारि पराजुली, डा. हरिप्रसाद भण्डारी, रूद्र ज्ञवाली, कविराज पौडेल, कृष्ण गाउँले, लिलाधर पाण्डे, सीता ढुङ्गाना काफ्ले, सुवास रिजाल, ज्ञानु के. सी., हरिप्रसाद पौडेल, नारायण प्रसाद भण्डारी, सागर के. सी., मुकुन्द भट्टराई, केशव बेलबासे, खेम बहादुर गुरुङ, उद्दव देवकोटा, यदु लामिछाने, तिलक लामिछाने, दुर्गा थापा मगर, कमला भण्डारी लगायतका साहित्यकारहरूले आफ्ना सशक्त रचनाहरू प्रस्तुत गरे ।वाचित रचनाहरू लोकतान्त्रिक चेतना प्रवद्र्धन गर्ने, राजतन्त्र पुनःस्थापना गर्ने षड्यन्त्रको भण्डाफोर गर्ने, सामाजिक न्यायको पक्षपोषण गर्ने र जनताको अधिकारको संरक्षण गर्ने खालका थिए । कतिपय कविताहरूले नेपाली जनताले इतिहासमा गरेको बलिदान र संघर्षको स्मरण गराए भने केही रचनाहरूले प्रतिगमनकारी मानसिकताको विरोध गर्दै वर्तमान समयको राजनीतिक सचेतना उजागर गरे। गजल तथा मुक्तकहरूमा व्यक्तिगत स्वतन्त्रता, समाजमा विद्यमान अन्यायको भण्डाफोर र चेतनाको प्रकाश फैलाउने सन्देश समेटिएको थियो । गीतहरूमा लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा, जनताको जागरणको आव्हान गरिएको थियो ।

कार्यक्रममा समाजमा व्याप्त पछौटेपन, अन्याय, उत्पीडन तथा लोकतन्त्रलाई उल्टाउने प्रयासको विरोध गर्दै साहित्यले सचेतनाको नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गरियो । प्रस्तुत रचनाहरूमा विद्रोह, जनताको अधिकार र प्रजातान्त्रिक चेतनाको पक्षपोषण गरिएको थियो । कार्यक्रम कवि, लेखक साहित्यकारहरू कृष्ण प्रसाद पाण्डे, कुलप्रसाद शर्मा, विन्दु सुवेदी, आकांक्षा भण्डारी, विष्णु प्रसाद ढकाल, कमला भण्डारी, मिनाक्षी न्यौपाने, विजु पौडेल, शान्ति तिवारी, राजेश थापा, शारदा भट्टराई, दिवश थापा, अग्नि कुमार भट्टराई, रून्जता ज्ञवाली, दिलिप ज्ञवाली, कृष्ण पाण्डे, प्रश्रित थापा, नेत्र थापा, सीता चापागाईं, हिरालाल धामी, रीता बुढाथोकी लगायतको उपस्थित थियो । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा यस्तै साहित्यिक कार्यक्रमहरू सञ्चालन गरिएको आयोजक समितिले जानकारी गराएको छ। प्रगतिशील लेखक सङ्घ, नेपाल लुम्बिनी प्रदेशका अनुसार यस्ता गतिविधिहरूले साहित्यको माध्यमबाट लोकतान्त्रिक चेतना फैलाउने लक्ष्य लिएको छ । सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङका सह व्यवस्थापक राकेश झाले ४२ ठाउँमा सडक विस्तार जारी रहेको बताए ।‘हामीले सडक विस्तारसँगै पुल निर्माणमा जनशक्ति केन्द्रित गरेका छौँ’, उनले भने ‘सडक कालोपत्रे र पुल निर्माणसँगै कल्भर्ट, सब बेस, बेस, फिलिङ, ड्रेनेज, ग्याबीनलगायत ६५० भन्दा बढी कामदार परिचालन गरेर काम गरिरहेका छौँ ।’तर दाउन्ने सडकको भूगोलमा भने यात्रुले सास्ती भोगिरहेका छन् । गाडी बिग्रीएको अवस्था उक्त सडकमा सडक नै जाम हुने गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?