ट्रेंडिंग:

>> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति

झाडी फाँडेर ‘परोपकार कुञ्ज पार्क’

५ चैत्र २०८१, मंगलवार
५ चैत्र २०८१, मंगलवार

बुटवल, ०५ चैत ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १५ भाटा प्रगति टोलमा रहेको जग्गा नदी उकास जग्गा लामो समयदेखि स्थानीयले संरक्षण गर्दै आएका थिए । झाडी पलाएर कहिले निल गाई त कहिले जंगली जनवारबाट बस्तीमा र खेतमा पस्दा त्यहाँका किसानहरू समेत आजित थिए । लामो समय देखि यत्तीकै झाडीको रूपमा रहेको यो जग्गामा अहिले ‘परोपकार कुञ्ज पार्क’ अभियान जनस्तरबाट जोडतोडका साथ अगाडी बढेको छ ।जसमा बुटवल उपमहानरपालिका वडा नम्बर १५ले समेत साथ र सहयोग दिएपछि पार्क निर्माणको काम अगाडि बढेको हो । परोपकार कुञ्जधाम निर्माण गर्ने लक्ष्य राखेर श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ समेत केही समय पहिला सञ्चालन गरिएको थियो । गत फाुगन ४ देखि १२ गते सम्म उक्त प्रस्तावित ‘परोपकार कुञ्ज पार्क’ निर्माण स्थलमा यज्ञ समेत सञ्चालन गरी आर्थिक संकलन समेत गरिएको छ ।
राष्ट्रिय परोपकार महासंघ नेपालका संरक्षक एवम् भागवत भास्कर कमलनयन गौतमको पहलमा उक्त स्थानमा पार्क निर्माणको काम अगाडी बढेको हो । जसको लागि उनले आठ दिन सम्म कथाबाचन समेत गरेका थिए ।

प्रकृति र हिमाल संरक्षणका लागि कल्पवृक्ष अभियान, बृद्वबृद्वाहरूका लागि ज्येष्ठ नागरिक चौतारी तथा उनीहरूलाई दीवा तथा आवश्यकता अनुसार आवासीय सुविधासहितको आवास केन्द्र, अनाथ असहाय बालबालिकाका लागि बाल तथा गुरुकुल आश्रम, गौशाला सञ्चालन, ओझेलमा परेका तीर्थस्थलको व्यवस्थापन, मनमोहक उद्यान र स्वदेश तथा विदेशमा रहेका नेपालीलाई खुला विद्यालयको सञ्चालन गर्ने ‘परोपकार कुञ्ज पार्क’ को दिर्घकालिन उदेश्य राखीएको अभियान्ता गौतमको भनाइ छ ।कल्पवृक्ष अभियान अन्तर्गत वर, पिपल, स्वामी, आँप, डुम्री र पाकरी गरी पाँच प्रजातिका विरुवा उक्त स्थानमा रोपीने छन् भने विरुवा रोप्ने मात्र हैन, हुर्काउने र चौपारी बनाउने समेत कार्यक्रम समेत रहेको छ । पहिलो पटक महायज्ञबाट संकलन भएको रकम १ करोड ७२ लाख रूपैयाँ बाट ३४ लाख यज्ञ सञ्चालनको लागि खर्च भएको छ । बाँकी रकमबाट प्राप्त भएको जग्गाको पहिलो चरणमा बाउन्ड्रवाल निर्माण गरिने छ भने दास्रो चरणमा स्वागत गेट सहित, चौकीदार बस्ने भवन, समेत निर्र्माण गरिने छ ।

यज्ञ मुल सम्पादन समितिका संयोजक तथा पूर्व सेमलार गाविस अध्यक्ष हरिध्वज मल्लका अनुसार योग तथा ध्यान शिविर सहितका कार्यक्रम समेत नियमित रूपमा सञ्चालन गरिने छ । निर्माण भएका भौतिक संरचनामा विस्तारै अगाडी बढाउनको लागि अर्को बर्ष पनि यज्ञ सञ्चालन गरेर अर्थ संकलन गरिने योजना रहेको मल्ल बताउँछन् । एउटा खुल्ला बैदिक गुरुकुलको अवधारणा सहितको असमेत अगाडि बढाएको छ ।बुटवल उपमहानरपालिका वडा नम्बर १५ का अध्यक्ष तथा नगरप्रवक्ता शिव रानाले पार्कको अवारणा राम्रो रहेको कारण वडा बाट निर्णय गरेर यज्ञमा १० लाख रूपैयाँ सहयोग गरिएको जानकारी दिए । उनले लामो समय देखि स्थानीयले संरक्षण गरेर राखेको नदिउकास जग्गाको संरक्षण संगै हरियाली, धार्मिक पर्यटकको समेत आकर्षण बढाउनको लागि पार्क फलदायी हुने अपेक्षा समेत व्यक्त गरे । जनजनका मन मनमा सेवाभाव जागृत गर्ने उद्देश्यले महासंघ वि.सं २०६४ सालमा स्थापना भएको हो ।

सहयोगी दातालाई सम्मान
यसैविच बुटवल १५ सेमलारमा भाट प्रगतिटोलमा फागुन ४ गत देखि ११ गते सम्म सञ्चालन भएको महायज्ञबाट १ करोड ७२ लाख रूपैयाँ संकलन भएको छ । यज्ञ मुल सम्पादन समितिको आयोजनामा सोमबार एक कार्यक्रमको आयोजना गरी आयव्यय सार्वजनिक तथा यज्ञमा दान गर्ने, सहयोग गर्ने विभिन्न व्याक्ति तथा संघ संस्थालाई सम्मान समेत गरिएको छ ।
कुल संकलन गरिएको १ कोड ७२ लाख रूपैयाँ मध्ये यज्ञ सञ्चालनको लागि मात्रै ३४ लाख रूपैयाँ खर्च भएको यज्ञ सम्पादन मुल समितिका संयोजक तथा पुर्व सेमलार गाविसका अध्यक्ष हरिध्वज मल्लले जानकारी दिए । राष्ट्रिय परोपकार महासंघ नेपाल रूपन्देहीको तत्वावधानमा परोपकारकुञ्ज धाम निर्माण गर्ने उद्देश्यसहित उक्त महायज्ञ आयोजना गरिएको थियो ।सम्मान कार्यक्रममा बोल्दै महासंघका प्रमुख संरक्षक तथा मुख्य कथा बाचक भागवत भाष्कर कमलनयन गौतमले सबैले परिकल्पना गरेको कुञ्जपार्क निर्माणको महाअभियानको थालनी भएको बताए । उनले सबैको सहयोगबाट मात्रै धामले सार्थक रूप पाउने भन्दै यसको लागि सहयोगी दाताहरू प्रति हार्दिक अभार सहित कृतयज्ञता अर्पण समेत गरे ।
राष्ट्रिय परोपकार महासंघ नेपालले देशका विभिन्न जिल्लामा आफ्ना अभियानहरू सञ्चालन गर्दै आइरहेको संकल्पकर्ता एवं कथाबाचक भागवत भाष्कर पण्डित कमलनयन गौतमले बताएका थिए ।

कार्यममा बोल्दै यज्ञ मुल सम्पादन समितिका संयोजक हरिध्वजमल्ले महायज्ञ अवधीभरमा सहयोग गर्नेै सबै श्रद्धालुमहानुभवहरूलाई हार्दिक आभर व्यक्त गरेका थिए । उनले अर्को बर्ष पनि धामको गुरुयोजना अनुसारको कार्य सम्पादन गर्नको लागि सोही मितिमा महायज्ञ लगाउने तयारी गरिएको जानकारी दिदै धामले सार्थक स्वरूप प्राप्त गर्नेमा आफू विश्वस्त भएको बताएका थिए । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका पूर्व नगर प्रमुख तथा महासंघका आजिवन सदस्य, सल्लाहकार हरिप्रसाद अधिकारीले बोल्दै महासंघको अभियान सार्थक बनाउनको लागि सबैले साथ दिनुपर्ने आफूले पनि हर हिसावबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।सोही महायज्ञबाट संकलन भएको दान रकम बाट उक्त वडामा बासोबास गर्दै आएका ६ जना मृगौला पिडीत व्यक्तिलाई ६/६ हजार रूपैयाँका दरले सहयोग समेत प्रदान गरिने यज्ञ सम्पादक मुल समितिका सह सहयोजक पूर्व वडा अध्यक्ष डम्बर बहादुर भण्डारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?