ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

नमुना संसदमा ‘विकासका मुद्दा’

३ चैत्र २०८१, आइतबार
३ चैत्र २०८१, आइतबार

बुटवल, ०३ चैत ।
‘सभामुख महोदय, बुटवलमा एउटा रिक्सा चालकले दुई वटा बिल बुक बोक्ने कहिले सम्म ? दोहोरो कर कोमारमा बर्षाैंदेखि अटो रिक्सा चालक भैरहेका छन्, यिनीहरूको विषयमा सरकार कहिले बोल्छ ? मलाई जवाफ चाहियो । रूपन्देहीबाट जननिर्वाचित सांसाद ईन्दिरा न्यौपानेले अटोरिक्सा चाकलको पिडा बोलिरहँदा सत्ता पक्षका सांसदले टेवल ठटाएर सर्मथन गरे ।

अर्का कपिलवस्तु बाट निर्वाचित सांसद रामु यादवले छिमेकी देशमा सयौं किलोमिटर सडक निर्माण केही दिनमा पुरा हुने तर नेपालमा केही किलोमिटर सडक बन्न पनि बर्षौ लाग्ने कस्तो विडम्बना, बुटवल नारायणगढ सडकको दुराबस्ता बारेमा कुरा उठाउँदै सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराए ।अर्का सांसद विशाल घिमिरेले बुटवल राजमार्ग चौराहदेखि गोलपार्क सम्मको सडक बर्षाै हुँदा समेत पुरा नहुने कारण बारे सरकारको जवाफ खोजे । यि सबै सुन्य समायमा व्यक्ति गरिएका भनाई हुन । त्यसपछि सभामुख काजल पाण्डेले सरकारको रुलिङ्ग गर्दै जवाफ पेश गर्न आग्रह गरिन् ।

संसदको विषय समयमा पनि मलको समस्या, प्रांगारिक मल उत्पादन, विक्रि र प्रसोधनका कुरा सहित गौशाला व्यवस्थापन सम्मा कुरा संसादले उठाए । विविशा पौडेल, सागर पोखरेल लगायतका संसादले सरकारको विशेष ध्यानाकर्षण समेत गराए ।झट्ट हेर्दा संघीय संसदको झल्को दिनेखालका विषयबस्तु उठान र प्रस्तुतीकरण थिए । यी सबै शनिवार बुटवल–१० कालिका नगरमा रहेको कालिका मानवज्ञान माविका विद्यार्थीहरूले गरेको एउटा नमुना संसदको अभ्यास थिए । जसमा प्रधानमन्त्रीले प्रधानन्त्री पदमा आफूलाई विश्वासको मत माग्ने देखि लिएर विधेयक दर्ता, पारित र कानून निर्माण र प्रमाणीकरण सम्मका अभ्यास दिनभर जसो गरिएको थियो । विद्यार्थीहरूमा नमुना संसाद अभ्यासको बास्तविक ज्ञान प्रदान गर्नको लागि संसादको भ्रमण संगै विद्यालयमा पनि यस्तो अभ्यास गरिएको विद्यालयका शिक्षक युवराज कण्डेलले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरूले दुई समुहमा सत्ता पक्ष र प्रतिपक्षको रूपमा विभाजन गरी सोही अनुसारका विकास मुद्दा, समसमायिक मुद्दामा समेत अभ्यास गराइएको हो । विद्यालयमा कानून संकायमा अध्ययनरत विद्यार्थीले ‘कालिका संसद’ को अभ्यास गरेका छन् । कानुन विद्यार्थी समाज कालिकाको आयोजनामा नमुना संसद अभ्यास गरिएको हो ।

समाजका अध्यक्ष सन्जोग न्यौपानेका अनुसार विद्यार्थीहरूको पूर्ण सहभागीतामा यस्तो प्रकृतिको अभ्यास गरिएको हो ।
शिक्षा विकास तथा संमन्वय एकाई रूपन्देहीका प्रमुख माधव बन्जाडेले पछिल्लो समयमा कानून विषय सबैको लागि अनिवार्य आवश्यकता जस्तै भएको बताएका थिए । उनले कानून व्यवहारिक विषय समेत भएकोले विद्यार्थीहरूले गरेको नमुना अभ्यास आफैमा गौरवपूर्ण भएको बताए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बोल्दै व्यवहारिक अभ्याससँगै कालिका मानवज्ञान मावि अगाडि बढिरहेको बताउँदै सबैको साझा प्रयासबाट विद्यालयको नतिजा सुधारदेखि लिएर सबै क्षेत्रमा कायपलट गर्न सकिने धाराणा राखेका थिए ।विद्यालयका पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले विद्यार्थीहरूको अभ्यास कला विकासको लागि यी र यस्ता प्रकृतिका कार्यक्रम आवश्यक रहेको बताएका थिए । उनले कानून विषय आफैमा व्यवहारिक रहेको भन्दै यसको महत्व पछिल्लोसमयमा अझ बढ्दै गएको बताएका थिए ।

कार्यक्रममा बुटवल कालिका क्याम्पसका अध्यक्ष तथा कालिका मानवज्ञान माविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष होम बहादुर ज्ञवाली, सहित विद्यालयका सह प्रध्यानाध्यापक पिताम्बर बन्जाडे, व्यवस्थापन संकाय ईन्चार्ज शेरचन्द गिरी, कानून तथा मानविकी संकाय ईन्चार्ज विमल आत्रेय लगायतको सहभागीता थियो । विद्यालयका कानून शिक्षक अधिवक्ता दामोदर घिमिरेको संयोजकत्वमा भएको कार्यक्रममा विद्यार्थीहरूले नमुना अभ्यास अन्तर्गत प्रधानमन्त्रीको चयन, सांसदमा विधेयक दर्ता देखि लिएर पारिगर्ने देखि लिएर संसदको सुन्य र विशेष समयमा समसामयिक विषयमा आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा राष्ट्रपतिको भूमिका दिया आचार्य, सभामुखको भूमिका काजल पाण्डे, प्रधानन्त्रीको भूमिका विवस पाण्डे, प्रदेश सभा सचिवको भुमिका सदिक्षा भट्टराई, उप सचिव विन्दु पौडेलले निर्वाह गरेका थिए ।विद्यार्थीहरूले शुन्य समयमा विविध समस्याको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए  भने विशेष समयमा समेत समसमायिक विषयमा आ–आफ्नो धाराणा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?