ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

चैतका अन्तिम साता होटल तथा रेष्टुरेन्ट ब्यवसायीको अधिवेसन

२० फाल्गुन २०८१, मंगलवार
२० फाल्गुन २०८१, मंगलवार

बुटवल, २० फागुन ।
पर्यटन ब्यवसायीहरुको साझा संस्था होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीको २४ साधारण सभा तथा १२ अधिवेसन चैतको अन्तिम साता हुने भएको छ । संघको सचिवालयमा बसेको बैठकबाट आउदो चैत २४ र २५ गते अधिवेसन गर्ने निर्णय गरेको संघका महासचिव अर्जुन थापाले बताए । अधिवसेनको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको उनले बताए । नया नेतृत्व चयनको समेत कार्य हुने हुदा यसका लागि आवश्यक तयारी थालेको उनले बताए । अधिवेसनमा सहभागी हुने सम्पूर्ण सदस्यहलाई चैत १० गतेभित्र संस्थाको नबिकरण गरिसक्नुपर्ने समेत उनले जानकारी दिए ।

यसैबिच ईलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भई आउनुभएका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानालाई होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीद्वारा विशेष स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले होटल ब्यवसायी र प्रहरी एकअर्काबिच सहकार्यको सम्बन्ध जरुरी रहने भन्दै समयमा नै होटलमा हुने ससाना घटनाहरुमा सचेत भएमा प्रहरीलाई खबर गर्दा ठुलो घटना रोकिएको उनले उदाहरणहरु पेश गरे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख नायव उपरीक्षक इन्द्र बहादुर रानाले बुटवल क्षेत्रको शान्ति सुरक्षा तथा व्यवसायिक वातावरणलाई अझ मजबुत बनाउन निरन्तर सहकार्य गरेर जानेमा प्रतिवद्धता जनाए ।

यसैबिच संघको वार्षिक कार्यक्रम अन्तरगत संस्कृति संरक्षण गर्ने गरि मनाउदै आएको होलिमिलन कार्यक्रम गर्न संघका सदस्य दामोदर पौडेलको संयोजकत्वमा नारायण श्रेष्ठ, सुन्दर कुमार श्रेष्ठ, केशवराज पाण्डे र एकादेव पाण्डेको उपसमितिलाई जिम्मेवारी तोकिएको संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बताए । बैठकमा बुटवल खाना महोत्सव तथा माघे संक्रान्ती २०८१ को आम्दानी खर्च, बनभोज समिक्षा लगायत सम्पन्न भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?