ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

महभित्र ‘बिचौलिया’ पस्दा किसानलाई कम मूल्य

मौरीपालक किसान महासंघ लुम्बिनीका अध्यक्ष रामहरी शर्मा भन्छन्–‘अन्य बस्तुमा १००, ५० रूपैयाँ मार्जिन राख्नु सामान्य हो तर हाम्रोमा त व्यवसायीहरूले किलोमा नै न्यूनतम ३ सयदेखि अधिकतम १००० सम्म मार्जिन राखेको पाएको छ ।’
१८ फाल्गुन २०८१, आइतबार
१८ फाल्गुन २०८१, आइतबार

बुटवल, १७ फागुन ।
दाङ जिल्लाको घोराही उपमहानगरपालिका सरुवनका किसान रामहरी शर्मा व्यवसायिक मौरीपालक किसान हुन् । १ सय ५० घार मौरी पाल्दै आएका उनले मौरीको गोला विभाजन गरी अहिले बिस्तारमा लागिरहेका छन् । किनकी अहिले मौरीको गोला विभाजन गर्ने र बिस्तार गर्ने सिजन समेत हो ।
प्रदेशको मौरीपालक किसान महासंघका अध्यक्ष समेत रहेका किसान शर्माले व्यवसायिक रूपमा मौरीपाल्न थालेको दशक बढि भएको छ । आफू मात्रै होईन् उनले अन्य किसानलाई समेत मौरीपालन व्यवसायमा जोड्दै गएका छन्, विस्तार समेत गर्दै आएका छन् । सिजन अनुसार मौरी पालेर मह उत्पादन बिक्री वितरण गर्दै आएका उनले धेरैजसो तोरीको मह बढि उत्पादन गर्दछन्, यसको साथै चिउरी, रुदिलो र अन्य मौरीको मह पनि उनको उत्पादनमा पर्दै आएको छ ।

व्यवसायीक किसानहरूको नेतृत्व गर्दै आएका उनले कच्चा मह बिक्री गर्दा व्यवसायीहरू (विचौलीया) लाई न्यूनतम ३ सय देखि ३ सय ५० रूपैयाँमा बिक्री गर्दै आएका छन् । जुन मह तोरीको फूलको मह हो । मौरीको प्रजाती र महको प्रकृति हेरेर किसानले कच्चा मह (प्रसोधन नगरएको) मह व्यवसायीहरू (व्यापारी)लाई न्यूनतम ३ सय रूपैयाँ देखि अधिकतम ५ सय रूपैयाँ प्रतिकिलोमा बिक्री गर्दै आएका छन् ।
यो रामहरीको मात्रै व्यथा होईन्, प्रदेशमा मौरीपालक किसान महासंघमा आवद्ध भएका ६ सय १५ जना किसान र महासंघमा आवद्ध नभएका अन्य ५ सय हाराहारीका किसानहरूको साझा समस्या हो । प्रदेशमा अहिले करिब १ हजार १ सय मौरीपालक किसान रहेका छन् । जसमा व्यसायीहरूपनि प्रत्येक जिल्लामा ५ देखि १० जना रहेका छन् ।

किसानबाट यसरी ३ सय देखि ५ सय रूपैयाँमा महको प्रजातीअनुसार कच्च मह उठाएर त्यसलाई प्रसोधन गरी, लेवलिङ्ग गरेर व्यवसायीहरूले न्यूनतम प्रतिकिलो ६ सय देखि अधिकतम २ हजार रूपैयाँ प्रतिकिलो सम्ममा मह बिक्री गर्दै आएका छन् ।
बजारमा अहिले आम उपभोक्ताहरूले तोरीको मह दाङ जिल्लामा ६ सय, रूपन्देही, नवलपरासी कपिलवस्तुमा ८ सय र अन्य स्थानमा पनि सोही मूल्यमा बजारमा बिक्री हुँदै आएको छ ।

मौरीपालक किसान महासंघ लुम्बिनीका अध्यक्ष रामहरी शर्मा भन्छन्–‘अन्य बस्तुमा १००, ५० रूपैयाँ मार्जिन राख्नु सामान्य हो तर हाम्रोमा त व्यवसायीहरूले किलोमा नै न्यूनतम ३ सयदेखि अधिकतम १००० सम्म मार्जिन राखेको पाएको छ ।’
प्रत्येक जिल्लामा यसरी नेपाल सरकारबाट खाद्यान्न अनुज्ञा पत्र लिएर, प्रयोगशाला परिक्षण पश्चात महको बिक्री वितरण गर्ने किसानसँगै व्यवसायीहरू न्यून मात्रामा छन् । किसानले मह उत्पादन गर्ने बजारीकरण गर्ने अन्य व्यवसायीहरूले भएको कारण अहिले बजार मूल्य पनि व्यवसायीहरूकै हातमा रहेको छ ।

प्रदेशमा अहिले बार्षिक २ सय ८५ मेट्रिक टन जती मह उत्पादन हुँदै आएको छ । प्रदेशका सबैभन्दा बढि दाङ, रूपन्देही, कपिलवस्तु, नवलपरासी जिल्लामा मह उत्पादन हुँदै आएको छ । एक बर्ष पहिला बाहिर देशबाट समेत मह आयात हुँदै आएको थियो । जसको कारण नेपाली मह उत्पादक किसान र व्यवसायी दुबै मर्कामा परेका थिए । तर पछिल्लो समयमा नेपाल सरकारले मह आयातमा रोक लगाएको कारण नेपाली मह उत्पादक किसानको बजार मूल्य केही भएपनि पाउन थालेका छन् । तर विचौलियाको कारण किसानले भने जस्तो मुल्य भने पाउन सकेका छैनन । लुम्बिनी प्रदेशमा किसानहरूको मह संकलन गरी बजारीकरण गर्नको लागि प्रत्येक जिल्लामा ३ देखि ५ जना व्यवसायी रहेका छन् । यसको साथै केही व्यवसायी सहकारीहरूले महको बजारीकरण गर्दै आएका छन् ।

अधिकांस मौरीपालक किसानहरूले आफैले अनुज्ञ पत्र नलिने, झन्झटिलो तथा प्याकिङ्ग र लेवलिङ्गको लागि महंगो पर्ने गरेको कारण विचौलिया व्यवसायीलाई आफूले उत्पादन गरेको मह सस्तो मूल्यमा नै बिक्री गर्न बाध्य छन् ।

किसानलाई प्रदेश सरकारको साथ
प्रदेशमा मह उत्पादक किसानहरूको समस्यालाई मध्यनजर गर्दै प्रदेशको कृषि विकास निर्देशनालयले बुटवलमा मह बिक्री केन्द्र स्थापना गरिए दिएको छ । मह उत्पादक किसान महासंघ लुम्बिनी प्रदेशको सहकार्यमा बुटवल ६ हाटबजारमा रहेको कान्ती माविको सटरमा सटर साझेदारीमा विक्री केन्द्र (आउटलेट) स्थापना गरिएको हो । गत माघ १० गते बाट सुरुवात गरिएको यो विक्रि केन्द्रमा किसानले उत्पादन गरेका अनुज्ञ पत्र, प्याकेजिङ्ग र लेवलिङ्गगरिएको विभिन्न पुष्परको मह विक्रि हुँदै आएको कृषि विकास निर्देशनालय बुटवलका बरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरे ले जानकारी दिए । गैरेका अनुसार सटरको भाडामा ५० प्रतिशत अनुदान निर्देशनालय उपलब्ध गराएको छ ।
यस्तै त्यहाँ प्रयोग गरिएको कम्युष्टर, सोकेस, प्रचार प्रसार सामग्री, ब्रोसर समेतनिर्देशनालयले पूर्णरूपमा उपलब्ध गराएको छ भने हाल ३० हजार १ सय रूपैयाँ रहेको सटर भाडा १५ हजार रूपैयाँ निर्देशनालयले उपलब्ध गराउने छ । यो आर्थिक बर्ष सम्मको लागि किसानको मह विक्रि सहजीकरणको लागि यो अभियान थालनी गरिएको कृषि विकास निर्देशनालय बुटवलका निमित्त निर्देशक राम प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार अन्य बजार मुल्य भन्दा विक्रि केन्द्रमा किसानले राखेको मह सस्तो समेत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?