ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

लुम्बिनी प्रदेश स्तरीय ललितकला प्रदर्शनी सुरु

१० फाल्गुन २०८१, शनिबार
१० फाल्गुन २०८१, शनिबार

बुटवल, १० फागुन ।

लुम्बिनी प्रदेश स्तरीय ललितकला प्रदर्शनी बुटवलमा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा आयोजित प्रदर्शनीको उद्घाटन गरेका छन । चित्र, मुर्ति, लाेक कला मार्फत लुम्बिनीलाई चिनाउन खाेजिएकाे छ । प्रदेशका १२ जिल्लाका कलाकारहरुले निर्माण गरेकाे आकृतिहरु राखिएका छन ।

१२३ जना कलाकारकाे १८० कलाकृति प्रदर्शनीमा राखिएको हाे । लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कला, संस्कृति, भाषा, साहित्य तथा सिर्जनाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए ।`लुम्बिनीको माटोबाट बुद्धको मूर्ति निर्माण गरी विश्व बजारसम्म पुर्याउन सकिन्छ। कलाकृति र सीपहरू नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी छ´उनले भने-` हाम्रो सम्पदाका चित्र बनाएर बजारमा पुर्याउँदा आम्दानी बढाउन सकिन्छ ।´

मुख्यमन्त्री आचार्यले प्रदर्शनीमार्फत ललितकला विधाका कलाकृतिहरूको संरक्षण र प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।`कला कुनै पनि राष्ट्रको पहिचान, संस्कार तथा सभ्यताको अमूल्य सम्पत्ति हो । यस्ता प्रदर्शनीहरूले नेपाली ललितकला क्षेत्रको प्रवर्द्धन गर्दै नवप्रतिभाहरूलाई उत्प्रेरित गर्नेछन्´उनले भने-`विविध सांस्कृतिक सम्पदाको अभिव्यक्तिसँगै समाजका विभिन्न पक्ष उजागर गर्ने माध्यमका रूपमा यस्ता गतिविधि फलदायी सावित हुनेछन् ।´ मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले साहित्यको संरक्षण तथा प्रवर्द्धन, भाषा विकास, संस्कृति र इतिहासको संरक्षण तथा कला प्रवर्द्धनका लागि प्रज्ञा-प्रतिष्ठान गठन प्रक्रिया अघि बढाइसकेको जानकारी गराए ।

उनका अनुसार विधेयक तर्जुमा प्रक्रिया जारी छ । ऐन सबै पक्षलाई समेटेर तयार पारिने बताए । प्रदेश सरकार ललितकला लगायत सम्पूर्ण कलाक्षेत्रको समग्र विकासका लागि सकारात्मक रहेको समेत उनले बताए । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा सुरु भएको यो प्रदर्शनी फागुन १४ गतेसम्म सञ्चालन हुनेछ । ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखिएको बताए ।

उनले ललितकला क्षेत्रमा नयाँ कलाकार उत्पादन हुनु सुखद पक्ष भएको उल्लेख गर्दै तीन तहका सरकारले कलाकार तथा सिर्जनाकर्ताहरूको पहिचान र प्रवर्द्धनमा योगदान गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । लुम्बिनी प्रदेश संयोजक दिनेश्वर महतोको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा प्रदर्शनी उद्घाटन गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बदलिँदो परिस्थितिमा आशाको किरणका रूपमा ललितकलालाई लिनुपर्ने विचार व्यक्त गरे । उनले ऐतिहासिक कलाकृतिको संरक्षणलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलेले बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका स्थानीय र ऐतिहाँसिक पहिचान झल्कने चित्रहरु सार्वजनिक स्थलमा आगामी दिनमा काेरिने बताए ।

त्यसैगरी, उद्घाटन कार्यक्रममा नेपाल व्यावसायिक कलाकार संघ, रुपन्देहीका अध्यक्ष दिलीप रसाइली, रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटा लगायतले सम्बोधन गरेका थिए । कलाकार नरबहादुर विकले कार्यक्रम स्थलमा २० मिनेटकाे अवधिमा काेरेकाे चित्र मुख्यमन्त्री आचार्यलाई समेत हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?