ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

रिब्दीकोटमा फैलियो पिपीआर रोगः बाख्रापालक किसान विस्थापित हुने डर !

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

बुटवल, ०९ फागुन ।
पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ का किसानले पालेका बाख्रामा पिपीआर रोग देखिएपछि किसान चिन्तित देखिएका छन् । पालिकाको वडा नम्बर ६ मा व्यवसायिक रूपमा पालेका ३ सय ५० भन्दा बढि बाख्रामा एकैपटक महमारीको रूपमा यो रोग देखा परेको पालिकाको पशु शाखा प्रमुख गिता नेपालीले जानकारी दिईन् ।
उनका अनुसार गत माघ २५ गते मरेको बाख्राको नमूना संकलन गरी प्रदेशको पशुरोग अन्वेषण प्रयोगशाला नवलपरासीमा परिक्षणको लागि पठाइएकोमा पिपीआर रोग लागेको पुष्टी भएको हो । सोही पालिकाको वडा नम्बर ४ मा पनि सोही प्रकृतिको रोगको लक्षण देखिएको पाइएको पशुप्राविधिक नेपालीको भनाइ छ । तर यसको भने पुष्टी हुन बाँकी छ । पालिकामा भित्र हालसम्म १५ भन्दा बढि बाख्रा मरिसकेका छन् भने ३ सय ५० भन्दा बढि बाख्रा बिरामी भएका छन् । पशुशाखा प्राविधिक नेपाली भन्छिन्–‘रोग प्रमाणित भएपछि हामीले यो विषयमा रोग निधानको लागि उपचार अगाडि बढाएका छौं, बाख्रा मर्ने दर कमी भएको छ । हेरौ रोगथाम हुन्छ की थाहाँ छैन ।’

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गा प्रसाद खनालका अनुसार पशु अन्वेशष्ण प्रयोगशालाबाट पिपीआर रोग भेटिएको पुष्टी भएपछि विज्ञ केन्द्रको बजेटमा ५० हजार रूपैयाँ बराबारको औषधी खरिद गरी पालिकालाई हस्तान्तरण गरिएको जानकारी दिए । उनले वडा नम्बर ६ र ८ को ठीमुरे क्षेत्रमा देखिएको पिपीआर रोग को आवश्यक उपचारका लािग औषधी, थप रिक्षणको लागि किट समेत उपलब्ध गराइएको जानकारी दिए । उनले भने–‘यो विषयमा थप फिल्डमा समेत जाने योजना छ, हामी थप के के सहयोग गर्न सकिन्छ, पालिकाको संमन्वयमा हामी गर्ने छौं ।’ पालिकाको अन्य स्थानमा पनि सोही प्रकृतिको लक्षण देखिएको भन्दै उनले यो विषयमा परिक्षणको लागि पोखरा प्रयोगशालाबाट थप किट ल्याएर परिक्षण गर्ने गरी काम अगाडि बढेको जानकारी दिए ।

बाख्रामा लाग्ने रोगहरूमध्ये पि.पि.आर. रोग सूक्ष्म विषाणुबाट लाग्ने अत्यन्त सङ्क्रामक महामारी रोग हो । भेडाबाख्रामा लाग्ने तर बाख्रामा बढी असर गर्दछ । यस रोगका मुख्य लक्षणहरूमा बाख्रालाई ज्वरो आउने, छेर्ने, मुखभित्र घाउ हुने र अन्त्यमा निमोनिया भएर मर्ने हुन्छन । रोग नभित्रिएको क्षेत्रका बाख्रामा यो रोग फैलिएमा सबै भेडाबाख्रामा रोग लाग्ने र २० देखि ९० प्रतिशतसम्म बाख्राहरू मर्न सक्छन् ।

तीन महिनादेखि दुई वर्षको उमेरभित्रका बाख्रामा यो रोगले बढी असर गर्दछ । मानिसमा यस रोगको सङ्क्रमण नहुने पशु प्राविधिक बताउँछन् । रोग अति तीक्ष्ण र जटिल नभएको अवस्थामा लक्षण देखा परेको ८ देखि १० दिनपछि रोगी बाख्राहरू निको हुन सक्छन र यसरी निको भएपछि जीवनभरि यो रोग लाग्दैन । पि.पि.आर. एउटा महामारी रोग भएकोले चाँडै पैmलिने हुन्छ, यो रोग लागिसकेपछि कृषकले धेरै नोक्सानी ब्यहोर्नुपर्ने हुन्छ । बाख्रालाई रोगबाट बचाउन यस रोगविरुद्ध खोप लगाउनुपर्दछ ।

सुरुमा १०४ देखि १०६ डिग्री सेल्सियससम्म ज्वरो आउने, थुतुनो सुख्खा हुने, झोक्रिने, आहारा नखाने, आँखामा कचेरा लाग्ने, आँखा रातो हुने र आँसु बग्ने र ¥याल काढ्ने र छेर्ने हुन्छन । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख डा. प्रवेश सिंह कुँवरका अनुसार पाल्पा जिल्लामा पिपीआर समस्या देखिएको भए उक्त क्षेत्रको लागि खोप खरिद गरेर दिन सकिने बताए । यो बर्ष फागुनको अन्तीम हप्ता वा चैतको पहिलो हप्ता मात्रै प्रदेशमा खोप आउने र बल्ल खोप अभियान चलाउने भएको कारण केही ढिलाई भएको उनको भनाइ छ ।

तर प्रदेशको पशुरोग अन्वेषण प्रयोगशाला मार्फत खोप व्यवस्थापनको काम भैरहेको भने उनले बताए । आवश्यक स्थानमा खोप लगाउनको लागि तत्काल खरिद गरेर पनि गर्न सकिने अवस्था रहेको प्रमुख कुँवरको भनाइ छ । उनका अनुसार समस्यादेखिको स्थानमा खोप ल्याउनको लागि पोखरा क्षेत्रीय प्रयोगशालाबाट व्यवस्थापनको काम भैरहेको जानकारी दिए । थप अवश्यक भएमा संघीयस्तरबाट समेत खोप ल्याएर लगाउने काम गरिने प्रमुख कुँवरको भनाई छ ।
पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका बाट प्रत्येक बर्ष ८ हजार देखि ८५ सय भन्दा बढि खासी बोका विक्रि हुँदै आएका छन् ।

रेडा पाल्पाका प्राविधिक मिना खड्काका अनुसार अहिले पालिकामा व्यवसायिक रूपमा पशुपालन गर्दै आएका किसानहरू ३ हजार ५ सय भन्दा बढि छन् ।पालिकाले बिहीबार पनि उक्त प्रभावित क्षेत्रमा अनुगमन अध्ययन गरेको छ । पशुस्वाथ्य प्राविधिक सहित अवलोकन गरिएको पशुस्वास्थ्य शाखा प्रमुख गिता नेपालीको भनाई छ । नेपालीका अनुसार पिपीआर रोग लागेपछि ८० प्रतिशत भन्दा बढि बाख्रा मर्ने गर्दछन् । तर गत बर्ष, अघिल्ला बर्षहरूमा पनि पालिएका बाख्रामा नियमित खोप लगाएको कारण मर्ने क्रम भने कम रहेको प्राविधिक नेपालीको भनाइ छ । रोगका बृद्ध अवस्थामा रहेका बाख्रा मरेपनि अन्यको भने निको हुँदै जाने क्रम बढ्द गएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?